काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ कोरोना पुष्टि भएका मध्ये २ महिला र २ पुरुष छन्। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका १ र ललितपुरका १ पुरुष गरी उपत्याकाका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुषमा संक्रमण पुष्टि भएको छ।

योहित पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.