चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं । चलचित्र निर्देशक, निर्माता एवं गीतकार दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्।

तत्कालीन अध्यक्ष केशव भट्टराईको अचानक निधन भएपछि रिक्त रहेको पदमा सरकारले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो।

बोर्ड अध्यक्षका लागि १० जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए। तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो।

तीमध्ये बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.