अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमको मंगलबार बसेको बैठकले राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको खुद्रा बिकि मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो । यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो । मूल्य बढेपछि काठमाडाैंमा निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।
Read More
नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजार काराेबार नेप्से परिसूचकले मंगलबार २६०० बिन्दु पार गरेको छ । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार कोरोबार भएका सबै सूचक हरियाली भएर ९२.४२ अंकले बढेको थियो । आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि दैनिक सेयर बजारमा उछाल आउन थालेको छ । मंगलबार सेयर कारोबार सुरु भए लगतै उकालो लाग्न थालेको सेयर केही समय ओरालो लागेको बजार याे समाचार तयार पार्दासम्म २६०८.६९ अंक पुगेको छ ।
Read More
सुनको मूल्य सामान्य बढ्याे

सुनको मूल्य सामान्य बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेकाे छ । सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २०० रूपैयाँले बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। महासंघका अनुसार तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार निर्धारण गरिएकाे छ। यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
Read More
अण्डाको मूल्य घट्यो

अण्डाको मूल्य घट्यो

चितवन । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उनको भनाइ छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उनको…
Read More
असार मसान्तसम्म बैंकहरुले ऋणीको धितो लिलाम  गर्न नपाउने

असार मसान्तसम्म बैंकहरुले ऋणीको धितो लिलाम गर्न नपाउने

काठमाडौं । बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीको सूचना प्रकाशन गरेको भन्दै व्यापक विरोध भएकोमा खबदेखि ६ महिनासम्म यस्तो कार्य गर्न नपाइने भएको छ । आर्थिक वर्ष २०७७।०७८ को मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिको समिक्षामा कोरोना प्रभावित ऋणीको छ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्मका लागि स्थगन गरेको उल्लेख छ । यस्तै व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर…
Read More
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य बिहीबार ९१ हजार रूपैयाँ निर्धारण गरिएकाे छ । यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेकाे थियाे ।
Read More
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ बढ्यो

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था…
Read More
नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित, संचालक समितिमा थपिए विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने

नेपाल लाइफको ५१ प्रतिशत लाभांश पारित, संचालक समितिमा थपिए विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाद्वारा सेयरधनीहरुलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस सेयर तथा प्रति शेयर २० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६ सय ६१ हुनेछ । अध्यक्ष गोविन्दलाल संघईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । अध्यक्ष संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच…
Read More
नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने विश्वस व्यक्त गरेको छ । विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि प्रसाईले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालिसकेका छन्…
Read More
बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा संशोधन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । चालू आवमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ । यो कूल विनियोजनको करिब ९१.१९ प्रतिशत हो । गत जेठमा सरकारले तत्कालीन सङ्घीय संसद्मा पेश गरेको बजेट भने रु १४ खर्ब ४६ अर्ब रहेको थियो । यो अनुमान गर्दा प्रतिनिधिसभा निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सम्भावित दायित्वलाई मध्यनजर गरिएको मन्त्री…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.