अर्थ

सरकारले बजेटमा कोरोना महामारीलाई नजरअन्दाज गर्दैछ : पूर्वअर्थमन्त्री कार्की

सरकारले बजेटमा कोरोना महामारीलाई नजरअन्दाज गर्दैछ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोना महामारीलाई नजरअन्दाज गर्दै बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कोरोनालाई नजरअन्दाज गरेर सरकारले परम्परागत ढंगबाट बजेट ल्याउने तयारी गरेको बताए । नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा सरकारले त्यसो गर्न नसकेको नेता कार्कीले बताए । सरकारले अघि सारेको बजेटको सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने उनले चेतावनी दिए । सरकारी खर्चमा शिथिलता, निजी क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र शिथिल हुँदै…
Read More
आगामी बजेटमा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने [सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठ]

आगामी बजेटमा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने [सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठ]

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्तहरु प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन्। आइतबार आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री खतिवडाले प्राथमिकता प्रस्तुत गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्धान्तकाे बारेमा बताउँदै अर्थमन्त्री खतिवडाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन बजेटको सिद्धान्त र प्राथमिकतामा रहेको बताए। उनले कोरोनाको महामारीबाट नागरिकको जीवन रक्षा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरिने बताए। ‘गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यसेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने छ,’ खतिवडाले भने। उनले विकास र सुशासनमा बजेटले जोड…
Read More
पेट्रोलियम पदार्थ खपत दोब्बर

पेट्रोलियम पदार्थ खपत दोब्बर

काठमाडौँ । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिलेज खपत हुँदै आएको थियो । टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए। उहाँका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५,…
Read More
आगामी वर्षको बजेटमा यस्ता छन् योजना

आगामी वर्षको बजेटमा यस्ता छन् योजना

काठमाडाैँ। आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको छ । विशेषगरी खानीसँग जोडिएका उद्योगलाई विशेषरूपमा अगाडि बढाउने तयारी गरिएको छ । यस्तै उत्पादित वस्तुको भण्डारण वितरण प्रणाली, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउने, खर्च घटाउने, लघु तथा घरेल साना उद्योगको विकासको कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारीमा आफूहरु जुटेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । यस्तै आगामी आवमा रोजगारी बढाउने, औद्योगिक पूर्वाधार बढाउने तथा खानीको अनुसन्धानलाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ । यस्तै धौवादी फलाम खानीको उत्खनन र उद्योग सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्कनेलाई…
Read More
संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । संसदको वजेट अधिवेशन बोलाउन सिफारिस गरिएको छ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे। आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ ।
Read More
मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो । बालुवाटार स्राेतका अनुसार सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा…
Read More
बजेट निर्माणमा फेरिएको दृश्य

बजेट निर्माणमा फेरिएको दृश्य

काठमाडौँ । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो ‘बजेट कस्तो ल्याउने’ भन्ने आशयका औपचारिक कार्यक्रम हुन्थे । प्रदेशपिच्छे बजेटका लागि सुझाव सङ्कलनको कार्यक्रमले एउटा तरङ्ग नै पैदा गथ्र्यो । यस वर्ष भने परिस्थिति बदलिएको छ । कोरोना भाइरस नियन्त्रणस्वरूप जारी बन्दाबन्दीका कारण सुझाव सकेसम्म इमेलबाट लिने गरिएको छ । मन्त्रालयगत छलफलमा पनि सानो र आवश्यक सङ्ख्यामा मात्र अधिकारीको सहभागिता हुने गर्छ । यद्यपि अर्थ मन्त्रालय फुर्सदमा भने छैन । आर्थिक सर्वेक्षण, मन्त्रालयगत प्रगति प्रतिवेदन, संस्थान प्रतिवेदन, रातो किताबजस्तै बजेटसँगै सार्वजनिक गर्नुपर्ने करिब डेढ दर्जन…
Read More
एनआईसी एशियाले सुरु गर्‍यो कोभिड १९ सम्बन्धी बीमालेखको अनलाइन पोर्टल

एनआईसी एशियाले सुरु गर्‍यो कोभिड १९ सम्बन्धी बीमालेखको अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसीबसी कोभिड १९ नामको बीमालेख खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नयाँ अनलाइनपोर्टलको शुभारम्भ गरेको छ । बैंकले कोरोना महामारीका कारण बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सहज बनाउन डिजिटल पोर्टल सञ्चालनमा ल्याएको हो । बीमा खरिदका लागि अनलाइनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा एनआईसी एशिया बैंकले डिजिटल पोर्टल https://covid19.nicasiabank.com मार्फत नवीनतम प्रयोग थालेको हो। यो डिजिटल पोर्टलमार्फत बैंकको मोबाइल बैंकिङ एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङबाट भुक्तानी गरी सहज किसिमले घरमै बसेर बीमालेख खरिद गर्न सक्नेछन्…
Read More
अब सरकारको काम गर्नेले मात्र पाउछन् राहत

अब सरकारको काम गर्नेले मात्र पाउछन् राहत

काठमाडौं ।  अब सरकारको काम गर्नेले मात्र राहत पाउने भएका छन्। लकडाउनका कारण प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र सरकारले राहत दिने भएको हाे । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् । सरकारले भनेअनुसार काममा नआउने र काम गर्न नचाहनेलाई काममा आउनेहरुले पाउने ज्याला वा खाद्यान्नको २५ प्रतिशत मात्रै उपलब्ध गराइनेछ ।साथै राहत दावी गर्नेले आफ्नो परिवारमा कोही पनि स्वरोजगार नरहेको, औपचारिक रोजगारीमा नरहेको र आयआर्जजनको वैकल्पिक स्रोत नभएको स्वघोषणा गर्नुपर्नेछ । गलत घोषणा गरेर राहत लिएको पाइए सरकारी बाँकी सरह असुलउपर गर्ने र राहत दिन योग्य भनेर सिफारिस गर्ने वडाध्यक्ष र वडा सदस्यलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.