अर्थ

पीडितले क्षतिपूर्ति पाउने

पीडितले क्षतिपूर्ति पाउने

दाङ । दाङका गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष गरिमा धान रोगले सखाप भएपछि किसानले पटकपटक क्षतिपूर्तिको माग गर्दै आएका थिए । सोहीअनुसार दाङ देउखुरीका २७७ किसानले क्षतिपूर्ति पाउने भएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको क्षतिपूर्तिका लागि १५ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र गरेको छ । अबको केही दिनभित्र उनीहरुलाई वितरण गरिने नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताए । गरिमा धान लगाउने किसानलाई प्रतिकिलो एक हजार ३१५ रुपैयाँका दरले क्षतिपूर्ति प्रदान गरिने उनको भनाइ छ । पीडितका लागि पठाइएको रकम सम्बन्धित वडा कार्यालय मार्फत वितरण गरिनेछ…
Read More
नेशनल अस्पताल कलङ्कीले गर्याे चिकित्सक र कर्मचारीको बीमा

नेशनल अस्पताल कलङ्कीले गर्याे चिकित्सक र कर्मचारीको बीमा

काठमाडाैं । नेपाल नेशनल अस्पताल कलङ्कीले आफ्नो अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बीमा गर्ने भएको छ । नेशनल अस्पतालले विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबरको बीमा गर्न लागेको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको मनोबल उच्च राख्न बीमा गर्न लागेको जानकारी दिए। अस्पतालमा १०० भन्दा बढी चिकत्सक, नर्स तथा कर्मचारी कार्यरत छन् । उक्त अस्पतालले कोरोना सङ्क्रमणको उपचारका लागि तीन श्ययाको आइसोलेसन कक्षर्डसमेत निर्माण गर्न लागेको छ । रासस
Read More
राष्ट्र बैंकले नोटलाई प्रचलनमा ल्याउनु पुर्व यस्ताे सावधान अपनाउन दियाे  निर्देशन

राष्ट्र बैंकले नोटलाई प्रचलनमा ल्याउनु पुर्व यस्ताे सावधान अपनाउन दियाे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आइतबार एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको हो । सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’ त्यस्तै नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ,‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्नेछ ।’ केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक…
Read More
अमेरिकाले दियाे चीनलाई गहिराे झट्का, ८ सय चिनियाँ कम्पनी बन्द हुँदै

अमेरिकाले दियाे चीनलाई गहिराे झट्का, ८ सय चिनियाँ कम्पनी बन्द हुँदै

एजेन्सी । अमेरिकाले कोरोना भाइरसको कारण देखाउदै चीनलाई चारैतिरबाट घेराबन्दीमा पर्ने योजना बनाइरहेको छ । आर्थिक मोर्चामा अमेरिकाले एकपछि अर्को झट्का चीनलाई दिइरहेको छ । अब अमेरिकी शयेर बजारमा सूचीकृत चिनियाँ कम्पनीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छड्के नजर लगाइरहेका छन् । अमेरिकाको सेनेटमा उक्त सूचिकृत चिनियाँ कम्पनीलाई हटाउन एक विधेयक पारित नै भइसकेको छ । अमेरिकाको चीनप्रति आक्रोस कुन हदसम्म छ भन्ने यसले पनि पुष्टि गरिहेको छ ।अमेरिकी सेनेटले अमेरिकी शेयर बजारबाट चिनियाँ कम्पनीहरूको नाम हटाउने बिल पारित गरिसकेको छ। यद्यपि यसको कार्यान्वयनमा अझै केही कानुनी अडचन रहेको बताइएको छ । यस विधेयकलाई अमेरिकाका सबै दलले सेनेटमा समर्थन गरेको छन…
Read More
रोजगारी गुमाएकालाई महिनाको ५ हजार दिन प्रस्ताव

रोजगारी गुमाएकालाई महिनाको ५ हजार दिन प्रस्ताव

काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यून आय भएका, किसान र रोजगारी गुमाएकालाई महिनाको ५ हजार नगद रकम उपलब्ध गराउन सरकारसामू प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले तीन महिनाका लागि रोजगारी गुमाएका, श्रमिक र किसानलाई रकम उपलब्ध गराउन सरकारसँग प्रस्ताव गरेका हुन् । 'मुलुकलाई रोग र भोकबाट जोगाउनुपर्छ । जनताका लागि रोग र भोकबाट जोगाउनका लागि काम गुमाएका मजदुर, श्रमिक र समाजको तल्लो तहमा रहेका विपन्न किसानलाई तीन महिना महिनाका लागि ५ हजारको दरले १५ हजार रुपैयाँ देओस् र उनीहरूलाई जीवन सहज पार्न भूमिका खेलोस्,' कार्कीले भने । बजेट ल्याउने क्रममा वर्तमान नेपालको यथार्थलाई…
Read More
इन्धनको मूल्य नघटाउन मन्त्रीलाई चिठी

इन्धनको मूल्य नघटाउन मन्त्रीलाई चिठी

काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो । आजको नयाँ पत्रिका दैनिक लेख्छ–एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् । बाँसबारीको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका वेला इन्धनमा कालोबजारी गरेको र डेढ वर्षअघि पनि चालकको हडतालमा तेल लुकाएको आरोपमा कारबाही गरेको थियो । अध्यक्ष खड्काले मन्त्रालयमा सचिव वैकुण्ठ अर्याल र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार…
Read More
२ घण्टा ३५ मिनेट लामो वाचन, के छ त सरकारको नीति तथा कार्यक्रममा?(हेर्नुहोस् पूर्णपाठ)

२ घण्टा ३५ मिनेट लामो वाचन, के छ त सरकारको नीति तथा कार्यक्रममा?(हेर्नुहोस् पूर्णपाठ)

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने बताएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा शुरू भएको नीति तथा कार्यक्रम वाचन साँझ ६ बजेर ५० मिनेटमा सकिएको थियो । संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले २ घण्टा ३५ मिनेट लगाएर वाचन गरेको कार्यक्रममा कोभिड– १९ ले पारेको असर र यसका लागि सरकारले चाल्ने नीति समेटिएको छ । हेर्नुहोस् पूर्णपाठ
Read More
सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

काठमाडौं – सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३:४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले कतिपय…
Read More
बजेटको लक्ष्य, २० लाख रोजगारी सिर्जना

बजेटको लक्ष्य, २० लाख रोजगारी सिर्जना

काठमाडौं - कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ। दुई सातापछि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरुले २० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने जानकारी गराएका हुन्। यो संख्या चालु आर्थिक वर्षको भन्दा ६ लाखले बढी हो। सरकारले आगामी वर्षको बजेट बनाइरहेको छ। आगामी दिनमा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेका ११ मन्त्रालय (राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमेत) ले आगामी बजेटका लागि सरकारलाई गरेको प्रस्तावमा अधिकांशले हालको भन्दा थोरै संख्याले मात्र बढी रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरेका छन्। यद्यपि…
Read More
काेराेना संक्रमणकाे बीमा गरे कति पाइन्छ?

काेराेना संक्रमणकाे बीमा गरे कति पाइन्छ?

काठमाडौं। नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । एक हजार रुपैयाँमा बिमा गरेपछि एक लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.