अर्थ

खोटाङका १० स्थानीय तहका लागि ३ अर्ब छ करोड

खोटाङका १० स्थानीय तहका लागि ३ अर्ब छ करोड

खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गरेको बजेट भाषणअनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको हो । दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि रु ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि रु २९ करोड १५ लाख,…
Read More
बजेटका लक्ष्य पूरा हुन मुस्किल : कांग्रेस नेता सिंह

बजेटका लक्ष्य पूरा हुन मुस्किल : कांग्रेस नेता सिंह

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रकाशमान सिंहले कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए। सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई बजेटले कार्यान्वयन नगरेको, अनुत्पादक खर्च घटाउनेतर्फ ध्यान नदिएको र ठूला तथा राष्ट्रिय गौरवका आयोजना पूरा गर्नेतर्फ ठोस व्यवस्था नभएको उन्को भनाइ छ । उन्ले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति हेर्ने जिम्मा प्रधानमन्त्रीले नै लिए पनि परियोजनाको हालत दुरुहपूर्ण रहेको तथा मेलम्ची…
Read More
डिजेल र मट्टीतेलको भन्सार कर ह्वात्तै बढ्याे

डिजेल र मट्टीतेलको भन्सार कर ह्वात्तै बढ्याे

काठमाडाैँ । बजेटले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ । यसअघि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार लाग्दै आएकोमा अब २५ रुपैयाँ २० पैसा लाग्नेछ । सार्वजनिक गाडी प्रयोग गर्ने डिजेल र विपन्नले खाना पकाउने मट्टीतेलमा पनि भन्सार दुई रुपैयाँबाट एकैपटक १२ रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थमा भन्सारबाहेक पनि थुप्रै कर छन् । सरकारले इन्धनबाट मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर, सडक कर, प्रदूषण कर र मूल्य स्थिरीकरण कोषका लागि कर जम्मा गर्दै आएको छ । यी सबै शीर्षकबाट सरकारले एक लिटर पेट्रोलमा कर मात्र ५२।७३ रुपैयाँ लिने भएको छ ।…
Read More
कुन स्थानीय तहलाई कति बजेट, हेर्नुहोस् देशभरको सूचीसहित

कुन स्थानीय तहलाई कति बजेट, हेर्नुहोस् देशभरको सूचीसहित

काठमाडौँ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार बजेट प्रस्तुत गरेको छ। सरकारले आगामी वर्ष कोरोनाका कारण बजेटका स्रोतहरुमा संकुचन आउने बताउँदै चालू आर्थिक वर्षमा भन्द ५८ अर्ब कम बजेट प्रस्तुत गरेको छ। हेर्नुहोस सूची
Read More
चितवनका किसानले लाखाैकाे तरकारी फलेकै बारीमै लगाए ट्याक्टर

चितवनका किसानले लाखाैकाे तरकारी फलेकै बारीमै लगाए ट्याक्टर

चितवन । तरकारीले बजार नपाएपछि पूर्वी चितवनका तरकारी किसानले तरकारीसहित खेत जोत्न सुरु गरेका छन् । खैरहनी नगरपालिका १ वहेराका किसान बासुदेव सापकोटाले १२ वर्षपछि तरकारी खेतीमा ट्याक्टर लगाएर जोताउन बाध्य भएको बताए । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि किसान सापकोटाले भिण्डीबारीमा ट्याक्टर लगाएका छन् । उनले सात कठ्ठा जग्गामा भिण्डी लगाएका थिए । वैशाख महिनामा उनले १२ हजार रुपैयाँको मात्र भिण्डी बिक्री गरे । त्यसपछि उनले भिण्डी बिक्री गर्न सकेका थिएनन् । सापकोटाले आफ्नो परिश्रमबाहेक ७ कठ्ठामा ६५ हजार रुपैया खर्च गरेर भिण्डी लगाएको बताए । ‘सुरु सुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजान समेत मान्दैनन्’ किसान सापकोटाले…
Read More
बजेट प्रतिक्रिया : आशालाग्दो भएन

बजेट प्रतिक्रिया : आशालाग्दो भएन

<strong>धेरै विषय समेट्न खोजिएको छ</strong> <strong>राजेशकाजी श्रेष्ठ</strong> <strong>अध्यक्षः नेपाल चेम्बर अफ कमर्स</strong> बजेटले धेरै विषय समेट्न खोजेको छ। नेपाल चेम्बर अफ कमर्सले दिएको धेरै सुझाव परेका छन्। कोरोना सुरु भएदेखि नै मेहनत गरेर चेम्बरले दिएका अधिकांश सुझाव बजेटमा समावेश गरिएको छ। सीपमूलक, पर्यटन, वैदेशिक रोजगारीको विषय सकारात्मक छ। बिजुली र डिमान्ड शुल्क छुट दिइएको छ। ५० अर्ब पर्पटनलाई क्यियर भएन। यो अपुग छ। कृषिको आन्तरिक खरिददेखि भण्डारणसम्मका विषय सकारात्मक छन्। गाउँसम्म खरिद गर्ने कुरा प्रोत्साहन हुने गरी आएको छ। ग्राउन्ड ह्यान्डिल, आन्तररिक पर्यटन बढाउने कुरा राम्रो छ। १४ खर्ब ७५ अर्बको बजेटमा आन्तरिक ऋण त्यत्रो लिदाँ समस्या हुन्छ कि लगानीको…
Read More
आर्थिक वर्ष २०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (भिडियाे/पूर्णपाठ)

आर्थिक वर्ष २०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (भिडियाे/पूर्णपाठ)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब…
Read More
सरकारले श्रम बैंक गठन गर्ने, २० लाखलाई रोजगारी दिने बारे छलफल

सरकारले श्रम बैंक गठन गर्ने, २० लाखलाई रोजगारी दिने बारे छलफल

काठमाडौं । सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको छ । कोरोना महामारीले सिर्जना हुने बेरोजगारी दर उद्योगमार्फत व्यवस्थापन गर्न सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको हाे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले श्रम बैंकको गठनबारे छलफल अघि बढाएको हो । सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा करिब २० लाख श्रमिकलाई रोजगार बनाउने गरी मन्त्रालयले श्रम बैंकको गठनबारे छलफल अघि बढाएको हो। नेपालको श्रम बजारमा हरेक वर्ष थपिने ६ लाख तथा कोरोनाका कारण जागिर गुमाएर विदेशबाट फर्किने समेतलाई व्यवस्थापन गर्नेगरी कम्तीमा १५ र बढीमा २० लाखलाई रोजगारी दिलाउन गहन छलफल थालिएको मन्त्रालयका उप–सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । सरकारले स्थापना गर्ने श्रम…
Read More
कोरोना कोषमा सवा २ अर्ब जम्मा, अहिलेसम्म खर्च नै गरिएन

कोरोना कोषमा सवा २ अर्ब जम्मा, अहिलेसम्म खर्च नै गरिएन

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारपूत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवा देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन । नागरिक दैनिकमा अर्जुन सुवेदीले खबर लेखेका छन् ।
Read More
राष्ट्र बैंकले किन दियाे राजा भएकाे नाेट प्रचलनमा नल्याउन निर्देशन?

राष्ट्र बैंकले किन दियाे राजा भएकाे नाेट प्रचलनमा नल्याउन निर्देशन?

काठमाडौं । अब राजाको तस्वीर भएको नोट चलनचल्तीमा ल्याउन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको हो। बैंकले राजाहरुको तस्वीर अंकित नोटलाई झूत्रे, मक्किएको, कुहिएको नोटको श्रेणीमा राख्दै (अर्थात् खोटा सिक्कासरह) प्रयोगमा नल्याउन निर्देशन दिएको हो । त्यस्ता नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन सक्ने पनि राष्ट्र बैंकले जनाएको छ । बैंकमा आएका त्यस्ता नोटहरु सबै बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्ने निर्देशनमा उल्लेख छ । सफा नोट नीति कार्यान्वयन भन्दै जारी निर्देशिकामा राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.