अर्थ

वातावरण पत्रकारिता पुरस्कार बमलाई

वातावरण पत्रकारिता पुरस्कार बमलाई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समूहले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यस वर्ष नेपाल साप्ताहिकका संवाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारस्वरुप उनलाई रु २५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ । समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसका अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी सो पुरस्कार प्रदान गर्ने निर्णय भएको आज जनाएको छ । समूहका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनोट समितिले सो…
Read More
अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ । विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए। विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित…
Read More
अनलाइन गेम खेलेर पैसा भुक्तानी गरे कारबाही हुने

अनलाइन गेम खेलेर पैसा भुक्तानी गरे कारबाही हुने

काठमाण्डाै । अनलाइन गेम खेलेर ई-सेवामार्फत भुक्तानी भइरहेकोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनमा गेम, बाजी, बेटिङ खेल्ने र ई सेवा तथा फोन पे बाट भुक्तानी भइरहेको सूचना आएकाले कम्पनीको गम्भीर ध्यानाकर्षण भएको ई सेवाले जनाएको छ । अबदेखि यस्तो भएकाे पाइएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने र ई सेवाको खाता निलम्बन हुने पनि कम्पनीले चेतावनी दिएको छ ।
Read More
सरकारले कोरोना रोकथामका लागि गरेको अर्बौं खर्चको पारदर्शिता खोइ ?

सरकारले कोरोना रोकथामका लागि गरेको अर्बौं खर्चको पारदर्शिता खोइ ?

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च गरेअनुसार कोरोना नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणका नाममा त्यति धेरै खर्च भए पनि कोरोना संक्रमण दर उल्टो वृद्धि हुँदै जान थालेपछि सरकारी खर्चको पारदर्शितामा प्रश्न चिन्ह सिर्जना भएको छ । सरकारले क्वारेन्टिन निर्माणदेखि परीक्षण, औषधि तथा राहतका लागि सो रकम खर्च भएको बताएको छ तर सरकारद्वारा निर्माण गरिएको अधिकांश क्वारेन्टिनको अवस्था दयनीय छ । न्यूनतम मापदण्डसमेत पुरा हुन नसकेपछि क्वारेन्टिनबाटै संक्रमण बढ्न सक्ने खतरासमेत देखिएको छ । हालसम्म कोरोना नियन्त्रणका लागि केन्द्रीय सरकारले ६ अर्ब…
Read More
राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने घोषणा गरेका छन् । एक विज्ञप्तिमार्फत उनले मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि २०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने घोषणा गरेका हु्न् । उनले उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन पनि संसद सचिवालयलाई अनुरोध गरेका छन् ।
Read More
अभिभावकसँग पैसा उठाउन कम्मर कसेर लागे निजी विद्यालय

अभिभावकसँग पैसा उठाउन कम्मर कसेर लागे निजी विद्यालय

काठमाडाैं । निजी विद्यालय सञ्चालकहरूले विद्यार्थी भर्ना लिएर शुल्क उठाउन पाउने व्यवस्था गर्न सरकारलाई दबाब दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिन वैकल्पिक माध्यमबाट पठनपाठन गराउने जनाएको थियो । विद्यालय नखुले पनि घरैमा रहेका विद्यार्थीलाई प्रिन्ट, रेडियो, टेलिभिजन र अनलाइनका माध्यमबाट कक्षा सुरु गर्ने भनिएको छ । निजी विद्यालय सञ्चालकले भने वैकल्पिक तरिकाले कक्षा सुरु गर्नुभन्दा पहिले विद्यार्थी भर्ना लिएर शुल्क उठाउन पाउनुपर्ने माग अघि सारेका हुन् । उनीहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सत्तारूढ नेकपाका नेताहरूलाई समेत भेटेर शुल्क लिन पाउने व्यवस्था सुनिश्चित गर्न दबाब दिइरहेका छन् । प्याब्सन र एनप्याब्सनले यसअघि बुधबारबाट विद्यार्थी भर्ना र अनलाइन…
Read More
आर्थिक संकटमा उत्तर कोरिया

आर्थिक संकटमा उत्तर कोरिया

काठमाडौं । उत्तर कोरिया आर्थिक संकटमा फसेको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र नै अधोगतिमा गइरहेका बेला आर्थिक प्रतिबन्धको पनि सामना खेपिरहेको उत्तर कोरिया अझ बढी मारमा परेको हो । कोरोना भाइरसको समेत महामारी खेपिरहेको उत्तर कोरिया सन् १९९७ पछिकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिएको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेपछि उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी मुद्रा हासिल गर्न धनी व्यक्तिहरुसँग पैसा मागिरहेको टाइम्सले दाबी गरेको छ । यसको लागि सरकारले रेयर बोन्ड पनि बिक्री गरिरहेको छ । रिपोर्टमा दावी गरिएअनुसार किमले रेयर बोन्ड स्किमको माध्यमले देशका धनी व्यक्तिहरुबाट…
Read More
ज्येष्ठ नागरिकलाई घरमै भत्ता

ज्येष्ठ नागरिकलाई घरमै भत्ता

काठमाडाैं । लकडाउनका कारण काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमानै पुगी भत्ता वितरणको व्यवस्था गरेको छ । धेरैलाई वडा कार्यालय बोलाएर भत्ता वितरण गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सुरक्षा अपनाएर जनप्रतिनिधिले घरमानै भत्ता दिने व्यवस्था गरेका हुन । कामपाको ३२ वडामा स्थायी बसोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई घरमै भत्ता प्रदान गरिँदै आएको छ । यस्ता वरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् । महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि अहिले विशेष भत्ता घरमै पु¥याउने र र त्यसका लागि वडालाई रकम निकासा गरिएको छ ।…
Read More
सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ । विश्वव्यापी महामारीका रुपमाफैलिको कोभिड–१९ का कारण सिथिल बनेको मुलुकको हवाई उद्योगको पुनरुत्थानका लागि बजेटमा भएको व्यवस्थाप्रति सङ्घले विज्ञप्ति निकालेर सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आवको बजेट र नीति तथा कार्यक्रममा नेपाली वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने गरेको पूर्वाधार कर छुट दिने घोषणा गरेको थियो । यस्तै कोभिडका कारण विगत दुई महिनादेखि बन्द भएको आन्तरिक…
Read More
एमसीसी संसदबाट अनुमोदन भए मात्रै रकम निकासा : अर्थमन्त्री खतिवडा

एमसीसी संसदबाट अनुमोदन भए मात्रै रकम निकासा : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै रकम निकासा हुने स्पष्टीकरण दिएका छन् । सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो । बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.