अर्थ

नापी सर्वेक्षक काफ्लेविरुद्ध आरोपत्र दायर

नापी सर्वेक्षक काफ्लेविरुद्ध आरोपत्र दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले पदको दुरुपायोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार काफ्ले गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको पाइएको छ । सर्वेक्षक काफ्ले २०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा रु एक करोड ७४ लाख १४ हजार ५० मात्रै वैद्य आय रहेको आयोगको अनुसन्धानबाट खुलेको छ । सो अवधिमा निज काफ्लेले रु सात करोड १७ लाख ४१ हजार १५०…
Read More
कुन बैंककाे सिइओ तलब कति ?

कुन बैंककाे सिइओ तलब कति ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सबै बैंकसँग उनीहरुका कर्मचारीले पाउने तलब भत्ताको विवरण मागेको छ । केही दिनअघि मात्रै राष्ट्र बैंकले यस्तो विवरण मागेको हो । राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सबै तहमा कार्यरत कर्मचारीले मासिक रुपमा पाउने तबल भत्ता तथा आर्थिक सुविधाको विवरण पठाउन परिपत्र जारी गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । कति कमाउँछन् सिइओ ? स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओले गत आर्थिक वर्षमा ३ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन् । उनले पाएको यो रकम तलब, भत्ता तथा बैंकको नाफाबाट पाएको बोनस समेत हो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओले ३ करोड…
Read More
भारतद्वारा नेपाललाई झन्डै तीन अर्बको आर्थिक सहयोग

भारतद्वारा नेपाललाई झन्डै तीन अर्बको आर्थिक सहयोग

काठमाडौं । भारत सरकार द्वारा नेपालका ५६ वटा विद्यालयका भवन पुनःनिर्माण गरिने भएको छ । नेपालमा भूकम्प गए पश्चातको पुनःनिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारद्वारा दुई अर्ब ९५ करोड रुपैयाँको आर्थिक सहयोगमा ५६ वटै विद्यालयहरुको पुनःनिर्माण गरिने बताइएको छ । पहाडी र हिमाली जिल्ला दोलखा , काभ्रेपलाञ्चोक , रामेछाप र सिन्धुपालचोक , गोरखा , नुवाकोट , धादिङ का ५६ वटा विद्यालय भवन पुनःनिर्माण हुने भएको छ । भारतीय राजदूतावास तथा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजनामा कार्यान्वयन एकाइ बनाइ सात वटा सम्झौता पत्रमा दुबै पक्षको हस्ताक्षर गरिएको छ । भारतीय दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै…
Read More
धुर्मुस-सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण

धुर्मुस-सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम आज हस्तान्तरण गरेका हुन । महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६ हजार ९१९ रकममध्ये नगद सङ्कलन भएको रु सात करोड १४ लाख ५६ हजार ६८४ को चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहले घोषणा गरेको रु ५१ करोड ९२ लाख ६५ हजार २६३…
Read More
एकैदिन १६ लाखको बोयर बोका बिक्री

एकैदिन १६ लाखको बोयर बोका बिक्री

दमौली । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन् । पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आबद्ध कृषकले २६ वटा बोयर बोका बिक्री गरेको अगुवा युवा कृषक शिवकुमार आलेले जानकारी दिए । पाथर्दीका १३ जना कृषकले पालेका बोयर बोका प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरिएको उहाँले बताए । उनका अनुसार बिक्री गरिएका बोका २६ किलोदेखि ४१ किलोसम्मका छन् । “बन्दाबन्दीकै बीचमा पनि बोयर बोका बिक्री गर्न सफल भएका छौँ”, उनले भने, “बाख्रापालन नै यहाँका कृषकको…
Read More
लकडाउनका कारण मुआब्जा वितरणमा समस्या

लकडाउनका कारण मुआब्जा वितरणमा समस्या

वीरगञ्ज । लामो समयदेखि जारी लकडाउनका कारण मुआब्जा वितरणमा समस्या देखिएपछि बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रभावित भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार लामो समयदेखि जारी लकडाउनका कारण मुआब्जा लिनेहरुले निवेदन दिएपनि जग्गासँग सम्बन्धित कार्यालय मालपोत, नापी तथा भूमिसुधार कार्यालय खुल्न नसक्दा विमानस्थलको काम अगाडि बढ्न नसकेको हो । मुआब्जाका लागि कतिपय जग्गाधनीको लकडाउनका कारण निवेदन आउन सकेको छैन । जम्मा मुआब्जा दिनुपर्ने ११० बिघा तीन कटठ चार धुर जग्गामध्ये १४४ जनालाई जम्मा ६५ बिघा १५ कट्ठा जग्गाको ४३ करोड ६४ लाख रुपैयाँ मुआब्जाबापत वितरण गरी सकिए पनि बाँकीलाई लकडाउनका कारण मुआब्जा…
Read More
इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्याे

इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्याे

काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो । हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोहीअनुरुप प्राधिकरणको मिति २०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी भनिएको छ । नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको रु ७५० घटाइ…
Read More
खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत

खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि एकमुष्ट छलफल जारी छ । ती मन्त्रालयसम्बन्धी विनियोजनको शीर्षकमाथि दुर्गा पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रेम सुवाल, रामबाबुकुमार यादव, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान र प्रकाशमान सिंहले एकल र संयुक्त रुपमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गरेका थिए।…
Read More
सुनचाँदीको कारोबार खुला, सुन तोलाकाे ८६ हजार ९६० रूपैयाँ

सुनचाँदीको कारोबार खुला, सुन तोलाकाे ८६ हजार ९६० रूपैयाँ

काठमाडौं । गत वर्ष चैत ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूलय तोतामाम करिब १० हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको…
Read More
एकै मन्त्रालयमा दुई सचिव हुँदा राज्यकाे कराेडाैं रूपैयाँ अनावश्यक खर्च हुँदै

एकै मन्त्रालयमा दुई सचिव हुँदा राज्यकाे कराेडाैं रूपैयाँ अनावश्यक खर्च हुँदै

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव राख्दा राज्यकोषमा वार्षिक ७० करोड रुपैयाँभन्दा बढी अनावश्यक खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि अनावश्यक सचिवको दरबन्दी रहेकाले केही दरबन्दी कटौती गर्ने तयारी भएको छ । यस्तै, काठमाडौं महानगरपालिका तथा महालेखा नियन्त्रकको कार्यालयमा समेत सचिव दरबन्दी कटौती गरी सहसचिव नै राख्दा फजुल खर्च कटौती हुने भन्दै सोहीअनुसार छलफल अघि बढाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.