सुनको मूल्य सामान्य बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेकाे छ ।

सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २०० रूपैयाँले बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार निर्धारण गरिएकाे छ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.