अर्थ

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने

काठमाडाैं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताउनुभयो । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयो, “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ…
Read More
२०० रूपैयाँले घट्याे सुनको मूल्य

२०० रूपैयाँले घट्याे सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार ९० हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ८९ हजार ९५० कायम भएको छ । चाँदीको मूल्य भने आज बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३१५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
Read More
सुनको मूल्य ६०० ले बढ्याे

सुनको मूल्य ६०० ले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। महासंघका अनुसार तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँ रहेकाे छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
Read More
सेयर बजारमा गैरकानुनी कारोबार,भएन कारबाही

सेयर बजारमा गैरकानुनी कारोबार,भएन कारबाही

काठमाडौं । कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्। ‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’ धितोपत्र कारोबारसम्बन्धी कानुनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा सेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन्।…
Read More
बीमालाई थप परिस्कृत र मर्यादित बनाउँछुः निवनियुक्त अध्यक्ष सिलवाल

बीमालाई थप परिस्कृत र मर्यादित बनाउँछुः निवनियुक्त अध्यक्ष सिलवाल

काठमाडौं । बीमा व्यवसायलाई थप परिस्कृत, मर्यादित र आम नागरिककोबीचमा पुर्याउने प्रतिवद्धता व्यक्त भएको छ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले उच्च प्राथमिकताका साथ काम गर्र्ने जानकारी दिए । समितिको कार्यालयमा आज पदवबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निमूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे । समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र विधिको परिधिमा रहेर आफनो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । यस क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्नको लागि काम…
Read More
बीमाका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

बीमाका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बीमा समितिको नवनियुक्त अध्यक्षको आज मन्त्रालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बताए । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा…
Read More
आयोगद्वारा निर्वाचनका लागि सात अर्ब निकासा माग

आयोगद्वारा निर्वाचनका लागि सात अर्ब निकासा माग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कोभिड–१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुनेगरी अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिइ निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ । विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात…
Read More
अविवाहित महिला र एकल पुरुषलाई गाउँपालिकाले भत्ता दिने

अविवाहित महिला र एकल पुरुषलाई गाउँपालिकाले भत्ता दिने

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । “भत्ता ६/६ महिनामा वितरण गरिनेछ”, अध्यक्षले भन्नुभयो । त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय…
Read More
अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

काठमाडौं । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ । गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलपूmलहरू चीन निर्यातका लागि सम्झौता भएको थियो । पछिल्लो समय विश्वका अन्य विभिन्न देशसँगै चीनमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि सावधानीका लागि चीन सरकार उक्त सम्झौता कार्यान्वयनबाट पछि हटेको बताइएको छ। यसअघि मन्त्रालयले सुन्तलालगायत फलफूल निर्यातको तयारी तीव्र रूपमा भइरहेकाले माघको दोस्रो सातातिर निर्यात थाल्ने बताएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रम…
Read More
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.