अर्थ

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७०० रूपैयाँले घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।
Read More
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडाैं । स्थानीय बजारमा मंगलवार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमवार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमवार कारोबार भएको तेजाबी सुन मंगलवर भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा १ हजार २६० रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार…
Read More
नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर रु आठ अर्ब ९० करोड ३५…
Read More
लगानी मैत्री वातावरण निर्माण भए लगानी गर्न तयार छौं : अध्यक्ष श्रेष्ठ

लगानी मैत्री वातावरण निर्माण भए लगानी गर्न तयार छौं : अध्यक्ष श्रेष्ठ

मुरली गोडिया बर्दिया जिल्लामा उद्योग संचालन गर्न लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने देखिएको छ । बर्दिया एलपी ग्याँस विक्रेता संघ बर्दियाका अध्यक्ष इन्द्र कुमार श्रेष्ठले जिल्लामा लगानी लगाउन उद्योगीहरु तत्पर भए पनि उद्योगीहरुले लगानी मैत्री वातावरण नपाएका कारण हुन नसकेको बताए । उद्योगीहरुकोे सुरक्षा, लगानीको प्रतिफल लगायतका कुरामा ढुक्क बनाउने सके जिल्लामा व्यापारीहरु लगानी गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । रकम लगानी गर्न सक्ने व्यापारीहरु अन्य स्थानमा गइ आफनो व्यापार गर्ने गरेको उनले भने । स्थानीय सरकार तथा स्थानिय प्रशासनले लगानी मैत्री बाताबरण निर्माणमा चासो देखाए स्थानिय स्तरमा लगानी गर्ने व्यक्ति प्रशस्तै रहेको उनको भनाई थियो । जिल्लामा छरिएर…
Read More
सुन मूल्य घट्याे

सुन मूल्य घट्याे

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य २०० रूपैयाँले घटेकाे छ । आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १ हजार २६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेकाे छ ।
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल आइतवार ३०० रूपैयाँले घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
Read More
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Read More
उद्योगमन्त्री भट्टले भने- व्यापारकाे मामलामा चीन जिम्मेवार देखिएन

उद्योगमन्त्री भट्टले भने- व्यापारकाे मामलामा चीन जिम्मेवार देखिएन

काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनकाे पछिल्लाे रवैया प्रति असन्तुष्टि जनाएका छन् । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उनले चीनका चर्काे आलाेचना समेत गरे। नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मंगलबार मन्त्री भट्टले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए। मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको बताए। ‘हाम्रो पडोसीको व्याहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन्’ उनले भने, ‘यस्तै हो भने चीनसँग व्यापार गर्ने की नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसँग गम्भीर प्रश्न उठाएको छु, अब…
Read More
कोरोनाले थलिएको नेपालको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

कोरोनाले थलिएको नेपालको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

काठमाडौं । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो । आयोगले आर्थिक वर्ष २०७६ ७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव, यसले पुर्याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति तय गरेको छ । राहत तथा पुनरुत्थानका लागि अघि सारिएका पाँच रणनीतिमा सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्वि समेटेर पाँच प्रकारका रणनीति कार्यान्वयनका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खण्डमा विभाजन गरिएको आयोगका उपाध्यक्ष…
Read More
ताेलामा ४ सयले बढ्यो सुनको मूल्य

ताेलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाले बढेको छ । सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैंया रहेको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । हिजो नेपाली बजारका चाँदीको मुल्य प्रतितोला १२ सय ३० रुपैयाँ रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.