अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो । सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए । उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।
Read More
राष्ट्र बैंकसँग उद्योग वाणिज्य महासंघको ७ बुँदे माग

राष्ट्र बैंकसँग उद्योग वाणिज्य महासंघको ७ बुँदे माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकसँग ७ बुँदे माग राखेको छ । सोमबार महासंघका प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिको कार्यान्वयन लगायतका विषयमा माग राखेका हुन् । भेटका क्रममा कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरु रहेकोतर्फ ध्यानाकर्षण गराउँदै देहायका विषयहरुलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको महासंघले जनाएको छ । महासंघले राखेका मागहरु यस्ता छन् १. पुष मसान्तसम्म दिइएको कर्जाको सावाँ ब्याज बुझाउने अवधि तीन महिना थप गरी चैत्र मसान्तसम्म पुर्याउनुपर्ने । २. ५० अर्बको छुटै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जा बिना कुनै…
Read More
सुनको मूल्य घट्याे

सुनको मूल्य घट्याे

काठमाडौं । सोमबार सुनको मूल्य ताेलामा २०० रूपैयाले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ ।
Read More
नेप्से दोहोरो अङ्कले बढ्यो

नेप्से दोहोरो अङ्कले बढ्यो

काठमाडौं । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २८.४६ विन्दुले वृद्धि भई नेप्से दुई हजार ३१५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.१७ विन्दुले वृद्धि भई ४४३.४२ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर रु छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ मूल्यमा खरीदबिक्री भए । आजको…
Read More
ह्वात्तै घट्याे सुनचाँदीको मूल्य

ह्वात्तै घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । त्यसैगरी आइतबार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।
Read More
धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

धमाधम ब्याजदर सार्वजनिक गर्दै बैंकहरु, कुनको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जाको ब्याजदर धमाधम सार्वजनिक गरेका छन् । बुधबारमात्रै एक दर्जन हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिने तथा आफूले दिने दुबै प्रकारका ब्याजदरहरु सार्वजनिक गरेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको कारण कर्जा तथा निक्षेपको ब्याजदर घटेको छ । कर्जाको ब्याजदर घटेका कारण बैंकहरुले निक्षेपको ब्याजदर पनि अत्यन्तै कम दिन थालेका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार साधारण निक्षेपमा २ प्रतिशतभन्दा तलसम्म ब्याजदर देखिएको छ । कल निक्षेपमा भने १ प्रतिशत हाराहारीमा ब्याजदर बैंकहरुले तोकेका छन् । मुद्धति निक्षेपमा अत्यन्तै कम ब्याजदर देखिएको छ । कर्जाको ब्याजदर पनि…
Read More
अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि शुल्क लाग्ने

अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि शुल्क लाग्ने

काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ । राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।
Read More
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्यमा पनि तोलामा १५  रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे

काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रूपैयाँ बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.