स्वास्थ्य

देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।...
‘काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ’

‘काेराेना भाइरस हावाबाट फैलने जोखिम हुन्छ’

स्वास्थ्य
काठमाडौं । कोभिड-१९ महामारी शुरु भएको एक वर्षभन्दा पछि विश्व स्वास्थ्य संगठनले उक्त भाइरस हावाबाट सर्ने स्वीकार गरेको छ। अनुसन्धानकर्ताहरुले २०२० को अप्रिलमा नै ‘विश्वले यो चुनौती सामना गर्नुपर्ने’ चेतावनी दिएका थिए। तर, २०२० जुनमा केही अनुसन्धानकर्ताहरुले कोभिड-१९ सर्नका लागि माध्यम चाहिने दावी गरेका थिए। जुलाईमा विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनमा हावाको स–साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको थियो। सोही महिना विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बारे एक वैज्ञानिक रिपोर्ट सार्वजनिक गरेको थियो जसमा जनाइएको थियो, ‘भीडभाड र हावा पास नहुने र बन्द कोठामा संक्रमितसँग लामो समय बस्दा कोभिड-१९ एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाका माध्यमबाट सर्ने कुरालाई नकार्न सकिँदैन।’ तर, यसबारे थप अध्ययन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको थियो। ब्यक्तिबीच दूरी...
बाँकेमा ९२७ जनाको पिसिआर परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि

बाँकेमा ९२७ जनाको पिसिआर परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि

स्वास्थ्य
बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा सात सय जनामा कोरोना संक्रमण् पुष्टि भएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) का फोकल पसर्न तेजबहादुर वलीका अनुसार ९२७ जनाको पिसिआर परीक्षण गर्दा सात सय जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ३०१ महिला र ३९९ पुरुषमा संक्रमण देखिएको छ। योसँगै बाँकेमा ४ हजार ७ सक्रिय संक्रमित पुगेका छन्। तीमध्ये होम आइसोलेसनमा ३ हजार ५५९ जना, अस्पताल र संस्थागत आइसोलेसनमा ५७६ जना रहेका छन्। आज बाँकेमा ४ महिला सहित १४ जनाको मृत्यु भएको छ। भने बाँकेमा उपचार उपचार गराइरहेका थप २ संक्रमितको पनि आज मृत्यु भएको छ। बाँकेमा हालसम्म २८८ संक्रमितको मृत्यु भइसकेको छ। जसमा बाँके जिल्लाका माब १६० जना रहेका छन्। बाँकेको भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा पिसिआर परीक्षण गरिन्छ। हालसम्म बाँकेमा ६२ हजार ३५७ जनाको पिसिआर परीक्षण गरिसकिएको छ। जसमा ११ हजार...
एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

Featured, स्वास्थ्य
दार्चुला । जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ। पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो। कोभिड-१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन। स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजेन किट्सका माध्यमबाट परीक्षण गरिएको छ। अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन्। रूघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन। िमार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ। स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ। ज्वरो तथा रूघाखोकीका बिरामीहरू उपचारका लागि स्वास्थ्य ...
पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
कास्की। पोखरा विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् । उनीहरुको बुधबार राति र बिहीबार बिहान गरी मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए। मृत्यु हुनेहरुमा पोखराको चरक अस्पतालमा उपचारत पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुष,मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिला रहेको प्रवक्ता शर्माले बताए। डा. शर्माका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान, पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति,म्याग्दीकी ७२ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो।...
प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।...
उपत्यकामा मात्रै एकैदिन ३ हजार ८३५ जनामा संक्रमण पुष्टि

उपत्यकामा मात्रै एकैदिन ३ हजार ८३५ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा २ हजार ८५९ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैबीच, पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा ५४ जानमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजार ३५१ पुगेको छ। यस्तै, मन्त्रालयका अनुसार एकैदिन ५८ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।...
देशभर एकैदिन थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु

देशभर एकैदिन थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो। मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।...
चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

स्वास्थ्य
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो । यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो । यसैगरी अर्घाखाँचीक...
सिरहामा आज देखि आंशिक निषेधाज्ञा

सिरहामा आज देखि आंशिक निषेधाज्ञा

समाज, स्वास्थ्य
लहान । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ । सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ भने पूर्वनिर्धारित विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको डिसीसीएमसी सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए । यस्तै भारतसँग जोडिएका जिल्लाका...