स्वास्थ्य

प्रेस युनियनका अध्यक्ष भण्डारीको सहयोगमा पत्रकारलाई मास्क र सेनिटाइजर

प्रेस युनियनका अध्यक्ष भण्डारीको सहयोगमा पत्रकारलाई मास्क र सेनिटाइजर

स्वास्थ्य
मुरली गोडिया बर्दिया/ नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीको सहयोगमा बर्दियाका पत्रकारलाई स्वास्थ्य समाग्री प्रदान गरिएको छ । अग्रपन्तिमा रहि नागरिकलाई जोखिम मोलेर सुचना प्रवाहमा खट्ने संचारकर्मीको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका ३० सकृय पत्रकारहरुलाई मास्क, सेनिटाइजार वितरण गरिएको अध्यक्ष विनयराज भण्डारीले बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीका कोषाध्यक्ष यमनाथ घिमिरेको प्रमुख आतिथ्यतामा वितरण गरिएको स्वास्थ्य समाग्री नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा भएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीका कोषाध्यक्ष यमनाथ घिमिरे कोभिड महामारीकै कारण देशभरमा ८ जना संचारकर्मीले ज्यान गुमाउनु परेको जानकारी दिए। पत्रकार लगायत सम्पुर्ण नागरिकको भौतिक तथा पेशागत सुरक्षाको जिम्मेवारी सरकारले लिनु पर्ने बताए । नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज ...
नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु

नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। १६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो। यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।...
सांसदहरुको पीसीआर परीक्षण गरिने

सांसदहरुको पीसीआर परीक्षण गरिने

स्वास्थ्य
काठमाडौँ । संघीय संसद सचिवालयले बुधबार र बिहीबार संघीय संसद अन्तर्गत रहेका राष्ट्रिय सभा र प्रतिनिधि सभाका अध्यक्ष, सभामुखसहित सम्पूर्ण सदस्य, कर्मचारी, मर्यादापालकको पीसिआर परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेका दिन राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा वैशाख २२ गते बुधबार र २३ गते बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसीआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ । बुधबार सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरु, संघीय संसदका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र संसद सुविधा व्यवस्थापन शाखाका कर्मचारीहरु, संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु र सभामुख, अध्यक्ष ...
चितवन अस्पतालका अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक

चितवन अस्पतालका अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक

स्वास्थ्य
चितवन । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भएपनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो । भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा.भोजराज अधिकारीले पहिलो लहरमा ११० जना बिरामी भर्ना हुँदा २० जनालाई अक्सिजन लगाउनुपरेको तर अहिले भर्ना हुने सबैलाई अक्सिजन दिनु परेको बताए । गत वर्ष उमेर बढी र दीर्घरोगीमा सङ्क्रमण बढी देखिएको भएपनि अहिले सबै उमेर समूह प्रभावित छन् । सामान्य अवस्थाका सङ्क्रमित घरमै बसेका छन् भने जटिल अवस्था आउनासाथ अस्पताल आउने गरेका छन् । उनका अनुसार पहिलो लहरमा ‘माइल्ड’, ‘मोडरेट’ र ‘सिभर’ वर्गीकरण गरेर उपचार गरिएकामा अहिले एउटै बिरामी ४८ घण्टामा माइल्डबाट मोडरेट अनि सिभर भएर घरको आइसोलेसनबाट एचडियु हुँदै सघन उपचार कक्षमा सार्नुपरेको छ । जु...
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

स्वास्थ्य
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो । यसअघि अछाममा २,बैतडीमा ४, बझाङ्गमा ३, बाजुरामा २ , डडेल्धुरामा ४, दार्चुलामा २, डोटीमा १, कैलालीमा ४९, कञ्चनपुरमा २० र अन्य जिल्ला ३९ जना मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप २०१ जनामा कोरोना संक्रमण पुस्टि भएपछि सकृय संक्रमितको संख्या १६ हजार ६९० पुगेको छ । कैलालीका १ हजार २४६,कन्चनपुरका ३८१ , अछामका ३९, बैतडीका १९७, बझाङ्गमा ४४, बाजुराका २, डडेल्धुराका १३८, डोटीका १८३ र अन्य जिल्लाका ९ जनामा संक्रमण पुस्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको हो । यो संगै प...
देशमा थप ७ हजार ४४८जनामा देखियो सङ्क्रमण

देशमा थप ७ हजार ४४८जनामा देखियो सङ्क्रमण

Featured, स्वास्थ्य
सप्तरी । देशमा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ । छिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ । आजसम्म २५ लाख ६० हजार ७३४ जनाको पिसीआर परिक्षण भएको छ । हाल तीन हजार ८६९ आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।...
आज देशभर ७४४८ जनामा कोरोना संक्रमण

आज देशभर ७४४८ जनामा कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। १६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। हाल २१२ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्।...
‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’

‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’

स्वास्थ्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आँफै आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरु गरिसकेको जनाए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरे । गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उनले अनुरोध गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि ...
मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँको ३१ जनामा सङ्क्रमण

मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँको ३१ जनामा सङ्क्रमण

समाज, स्वास्थ्य
जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका हन् । गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना सङ्क्रमणबाट दुईको मृत्यु जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारक...
कैलालीको धनगढीमा कोरोना सक्रमणबाट थप ४ को मृत्यु

कैलालीको धनगढीमा कोरोना सक्रमणबाट थप ४ को मृत्यु

समाज, स्वास्थ्य
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१० की ३५ वर्षीया महिला छन् । ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका हुन् । त्यस्तै धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ ।-रासस...