स्वास्थ्य

वीरगन्जको नारायणी अस्पतालमा एकै दिन थपिए १०४ जना संक्रमित 

वीरगन्जको नारायणी अस्पतालमा एकै दिन थपिए १०४ जना संक्रमित 

प्रदेश-२, समाज, स्वास्थ्य
वीरगन्ज । वीरगन्जमा थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासलका अनुसार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति १ सय ९२ वटा स्वाब नमूनाको परीक्षण गर्दा १०४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । डाक्टर दासले दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका १०४ मध्ये पर्सा जिल्लाका ८८ जना र वीरगन्ज महानगरपालिकाका मात्रै ७९ जना रहेका छन् । यस्तै बारा जिल्लाका ११, रौतहटका ४ र सर्लाहीका १ जनामा पनि आइतवार राति संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए । नारायणी अस्पतालको प्रयोगशालामा वैशाख १ देखि १९ गतेसम्म २ हजार ९ सय ७५ जनाको कोरोना जाँच गर्दा १ हजार ७ सय ९७ जनामा संक्रमण भेटिएको डाक्टर सरोज रोशन दासले जानकारी दिए ।...
काठमाडाैं उपत्यकामा थपिए ३ हजार ५९५ कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ५९५ कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडाैं । काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ५९५ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका हुन्। याे संख्या अहिलेसम्म कै उच्च हाे। शनिबार काठमाडाैं उपत्यकामा २ हजार ४९५ काेराेना संक्रमित थपिएका थिए। हिजाे काठमाडाैंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ काेराेना संक्रमित थपिएका हुन्। यस्तै, शुक्रबार काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार शुक्रबार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्। आज देशभर थप ७ हजार १३७ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला पर...
पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो। आज देशभर ७ हजार २ सय ११ जना संक्रमित थपिएका छन्। १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।...
नेपालमा एकै दिन हालसम्मकै बढी संक्रमित थपिए

नेपालमा एकै दिन हालसम्मकै बढी संक्रमित थपिए

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।...
कोरोना सङ्क्रमण भयाभह बन्दै

कोरोना सङ्क्रमण भयाभह बन्दै

स्वास्थ्य
कैलाली । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । यस्तै कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृत्यु भएको छ भने बझाङका एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोरोना सङ्क्रमित सयौँ थपिन थालेका छन् । सुदूरपश्चिममा शनिबार थप २४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११३ जना रहेका छन् । यस्तै धनगढीबाहेक...
देशमा थप ५ हजार ७०६ जनामा देखियो कोरोना सङ्क्रमण

देशमा थप ५ हजार ७०६ जनामा देखियो कोरोना सङ्क्रमण

Featured, स्वास्थ्य
सप्तरी । देशमा थप पाँच हजार ७०६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप पाँच हजार ७०६ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ जना पुगेको छ । आज १२ सय ८७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । आज १२ सय ८७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८२ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
भारतबाट फर्कने अस्ट्रेलियाली नागरिकलाई पाँच वर्षसम्म जेल हुन सक्ने

भारतबाट फर्कने अस्ट्रेलियाली नागरिकलाई पाँच वर्षसम्म जेल हुन सक्ने

अन्तराष्ट्रिय, स्वास्थ्य
भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ। भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमाू पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो। भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ। सरकारी चेतावनी भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भने। ‘हाम्रा परिवारहरू भारतमा मरिरहेका छन्। त्यहाँबाट निस्कनुको विकल्प नै छैन। यो सरकारी कदम त उनीहरूलाई परित्याग गर्न बनाएको जस्तो छ’ जीपी तथा स्वास्थ्य टिप्पणीकार व्यो...
तपाईँको प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था के छ ?

तपाईँको प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था के छ ?

Featured, प्रदेश, स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमणको अवस्था झल्काउन तयार पारेको नेपालको नक्शा, गाढा रातो रङले ४०० भन्दा बढी बिरामी रहेको, हल्का रातो रङले २००-४००, सुन्तला रङले २०० सम्म बिरामी रहेको जनाउँछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको हिसाबले नेपालका २२ जिल्ला अति प्रभावित रहेको जनाउँदै मानिसहरूलाई संवेदनशील हुन शुक्रवार सार्वजनिक अपिल गरेको थियो। मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डू, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई अति प्रभावित जिल्लामा राखेको छ। ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइरहेको छ’ मन्त्रालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ। जुनसुकै मार्गबा...
बैतडीका थप २४ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना सङ्क्रमण

बैतडीका थप २४ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना सङ्क्रमण

स्वास्थ्य
बैतडी । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि त्यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका हुन् । प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ । सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइस...
पछिल्लो २४ घण्टा ३३ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टा ३३ संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा  पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३  हजार १८७  पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३  पुगेको छ।आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन्। देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार  प्रदेश १ को मोरङ, प्रदेश २ क...