स्वास्थ्य

रेडक्रस डडेल्धुराको भवनमा १६ शय्याको आइसोलेशन बनाइने

रेडक्रस डडेल्धुराको भवनमा १६ शय्याको आइसोलेशन बनाइने

स्वास्थ्य
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ । डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा तत्काल १६ शय्याको आइसोलेशन व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक पहल गर्न गृहजिल्ला पुगेका सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरा अस्पतालमा आइसोलेशन शय्या कम हुँदा जटिल किसिमको लक्षण देखिएका बिरामीलाई अक्सिजन दिएर उपचार गर्न समस्या भएकाले तत्काल आइसोलेशन निर्माणका लागि जिल्लास्थित सरोकारवालासँग छलफल गरेका थिए। शनिबार कोरोना महामारीको सङ्क्रमणका साथै महामारीबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि डडेल्धुरास्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर र घटालबाबा मन्दिरमा पुगेर सङ्कल्प पूजा गरेका...
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ६, ओखलढुंगामा ९, खोटाङमा ७, झापामा २१६, ताप्लेजुङमा ४९, तेह्रथुममा ७, धनकुटामा १५, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा २७३, संखुवासभामा १५, सुनसरीमा ९८ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा १०६, पर्सा १३०, बारामा ३६, महोत्तरीमा ४०, रौतहटमा ५४, सप्तरीमा १६, सर्लाहीमा २६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १८०, चितवनमा ३४३, दोलखामा ५१, धादिङमा ५९, नुवाकोटमा ७९, भक्तपुरमा ३७४, मकवानपुरमा ६३, रसुवामा २८, रामेछापमा ४१, ललितपुरमा ६४३, सि...
पछिल्लो २४ घण्टामा ५० जना काेराेना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ५० जना काेराेना संक्रमितको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५७९  पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो। १९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्।...
नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण

नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो। १९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ।...
अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु

अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु

स्वास्थ्य
भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए। भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो। उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको जानकारी दिए। एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन्। रासस...
१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

१४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो । वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।...
संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमण

संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पर्वत जिल्लाको कुश्मा नगरपालिका–९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । यस्तै पर्वतकै जलजला गाँउपालिका–३ का ६३ वर्षीय ...
चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

स्वास्थ्य
चितवन । चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो । यस्तै, नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ...
कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

Featured, स्वास्थ्य
ओखलढुंगा । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो । सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् । शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाह...