स्वास्थ्य

आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ

आमाको कोभिड नतिजा नेगेटिभ, नवजात शिशुको पोजेटिभ

स्वास्थ्य
भारत । बनारसमा कोभिड संक्रमण नभएकी महिलाबाट जन्मिएका शिशुमा संक्रमण देखिएको छ । जन्मनासाथ शिशुमा कोरोनाको संक्रमण देखिएको हो । २६ वर्षीय आमाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । महिलालाई २४ मेइमा बनारस हिन्दू विश्वविद्यालयको एसएसएल अस्पतालमा भर्ती गरिएको थियो । २५ मेइमा महिलाले एक बालिकालाई जन्माइन् । लगत्तै ती शिशुको कोरोना परीक्षण गरियो । आमा नेगेटिभ भएपनि नवजातको परीक्षण रिपोर्ट पोजेटिभ देखियो । यस घटनाले चिकित्सक र परिवारलाई स्तब्ध भएको छ । अस्पतालले केही दिनभित्र फेरि दुबैको कोभिड परीक्षण गर्ने जनाएको छ । एसएसएल अस्पतालका चिकित्सा अधिक्षक केके गुप्ताका अनुसार यो कुनै असामान्य घटना भने होइन । उनले भने, ‘आरटी पिसिआर परीक्षणको एक्युरेसी ७० प्रतिशतसम्म थियो । महिलाको नमूना त्यस संवेदनशीलताभन्दा माथि हुनसक्छ । त्यसैकारण महिलाको कोभिड परीक्षण फेरि गरिनेछ ।’ अहिले आमा ...
पत्रकारलाई पीसीआरमा ५० प्रतिशत छुट

पत्रकारलाई पीसीआरमा ५० प्रतिशत छुट

स्वास्थ्य
काठमाडौं । बसुन्धारा स्थित केडीसी (कान्तिपुर डेन्टल कलेज) ल्याबले पत्रकारहरुलाई ५० प्रतिशत छुटमा पीसीआर गर्ने भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा केडीसीले पत्रकारलाई परिचय पत्रको आधारमा ५० प्रतिशत छुट दिने भएको हो । महामारीको समयमा अग्र भागमा रहेर नागरिकलाई सुसूचित गराउन तल्लिन पत्रकारहरूका लागि यो छुटको व्यवस्था मिलाएको ल्याब प्रशासन प्रमुख अनिल सापकोटाले बताए। कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याबले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सँग सम्झौता गरेको हो । दिनको करिब ७ सय जनाको पीसीआर रिपोर्ट दिन सक्ने उक्त ल्याबले करिब ६ देखि ८ घण्टामा पीसीआर रिपोर्ट दिन सक्ने ल्याब ब्यबस्थापनले बताएको छ। २ हजार ५ सयमा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म संक्रमीत वा संक्रमणको आसंका भएका भएका नागरिकहरुको घरमै गएर दक्ष स्वास्थ्य जनशक्तिले सुरक्षित रुपम...
कोरोना सङ्क्रमणको दर घट्दै

कोरोना सङ्क्रमणको दर घट्दै

स्वास्थ्य
डडेल्धुरा । डडेल्धुरामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक साता यतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्ने समेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताए । यसैगरी यहाँ अस्पताल आउने बिरामीको पनि सङ्ख्यामा कमी आएको छ । करीब एक साता यतादेखि अस्पतालमा ज्वरोका बिरामीको ५० प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा भने कोरोना सङ्क्रमण बढेकाले स...
कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

Featured, स्वास्थ्य
काठमाडौं । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड(१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हाइब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ । नयाँ भेयिन्ट हावाबाटै फैलिनै भएकाले बढी जोखिमपूर्ण र...
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

section, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ९ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, ओखलढुंगामा १७०, खोटाङमा ३, झापामा २२६, ताप्लेजुङमा ३, धनकुटामा ४२, पाँचथरमा ९, भोजपुरमा ४, मोरङमा १६६, संखुवासभामा २९, सुनसरीमा १७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ९७, पर्सा २८, बारामा ४३, महोत्तरीमा १३७, रौतहटमा ४८, सप्तरीमा ४३, सर्लाहीमा ३० र सिरहामा ३४ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ९६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ३९२, चितवनमा १५१, दोलखामा १०१, धादिङमा ९८, नुवाकोटमा ८९, भक्तपुरमा २१३, मकवानपुरमा ११८, रसुवामा १२, रामेछापमा १७, ललितपुरमा ३१५, ...
पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ। जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ। उक्त अवधिमा ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। देशभर हाल ८०९ जनाक्वारेन्टाइनमा छन्।...
कोरोना भाइसबाट ८१३ पत्रकार सङ्क्रमित

कोरोना भाइसबाट ८१३ पत्रकार सङ्क्रमित

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ । महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी ती सङ्घसङ्गठनले विज्ञप्ति निकालेर पत्रकारलाई कारवाही गर्ने र सामाजिक बहिष्कार गर्न...
सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते

सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते

Featured, स्वास्थ्य
बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा। चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान ...
काठमाडौँमा फेरि बढ्यो संक्रमितको संख्या

काठमाडौँमा फेरि बढ्यो संक्रमितको संख्या

section, स्वास्थ्य
काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः बृद्धि भएको छ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् । बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए । लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी पछिल्लो २४ घण्टामा देशभर ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ७ हजार २२६ जना न...
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

section, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ९ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुममा ३१, धनकुटामा २२, पाँचथरमा २१, भोजपुरमा ६, मोरङमा ४१०, संखुवासभामा ३७, सुनसरीमा १८६ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ९५, पर्सा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिरहामा ८३ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवामा ५, रामेछापमा ४४, ललि...