स्वास्थ्य

५,३१६ जना संक्रमित थपिँदा १०१ जनाको मृत्यु

५,३१६ जना संक्रमित थपिँदा १०१ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमितको संख्या ५,३१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको पौडेलले बताए । मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार आज कोरोना भाइरस संक्रमणका कारण १०१ जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ७,२१९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता पौडेलले बताए। हालसम्म ८०.८ प्रतिशतले कोरोना जितेका छन्।यसैगरी, आज काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् । यसअघि हिजो ६०८५ जनामा संक्रमण पुष्टि हुँदा ६८ जनाको मृत्यु भएको थियो ।...
कोरोना संक्रमणबाट एक प्रहरी हवल्दारको मृत्यु

कोरोना संक्रमणबाट एक प्रहरी हवल्दारको मृत्यु

स्वास्थ्य
विराटनगर। कोरोना भाइरस संक्रमणबाट एक जना प्रहरी हवल्दारको निधन भएको छ। निधन हुनेमा जिल्लाको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत विराटनगर महानगरपालिका ३ का ४० वर्षीय प्रहरी हवल्दार वेदराज भण्डारी रहेका छन्। पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका उनलाई जेठ ३ गते संक्रमणले च्यापेपछि विराटनगरको कोशी अस्पतालस्थित कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो, बीचमा केही समय रिपोर्ट नेगेटिभ आएको उनमा पुन: जेष्ठ १६ गते रिपोर्ट पोजिटिभ देखिएको थियो। स्वास्थमा थप समस्या देखिएपछि भेन्टिलेटरमा उपचारररत हवल्दार भण्डारीको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।...
चीनमा बर्डफ्लुको नयाँ भेरियन्ट मानिसमा सरेको पुष्टि, के भन्छ डब्ल्यूएचओ ?

चीनमा बर्डफ्लुको नयाँ भेरियन्ट मानिसमा सरेको पुष्टि, के भन्छ डब्ल्यूएचओ ?

Featured, स्वास्थ्य
एजेन्सी। चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ। अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको एच१०एन३ प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो। ‘विश्वमा कुनै मानिसमा पनि एच१०एन३ को सङ्क्रमण भेटिएको थिएन । यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो। यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ,’ एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ। एनएचसीका अनुस...
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद!

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद!

section, स्वास्थ्य
काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संधोन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। अध्यादेश मन्त्रिपरिषदमा पेस भइसकेको छ। अध्यादेशमा संशोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्यौदा तयार पारी मन्त्रिपरिषदमा समेत पठाइसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट स्वास्थ्यखबरलाई प्राप्त मस्यौदा अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई चार वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ। अध्यादेशमा कसुर र सजाय सम्बन्धी व्यवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउन गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउने कार्य गरेमा र स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई दुईलाख रुपैयाँसम्म जरिवार वा चारवर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ...
कोरोनाको महामारीसँगै कालो ढुसीको संक्रमणको त्रास : जान्नै पर्ने कुरा

कोरोनाको महामारीसँगै कालो ढुसीको संक्रमणको त्रास : जान्नै पर्ने कुरा

section, स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ। जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् । भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २०० जनाको मृत्यु भइसकेको छ । कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निदान के होला ? लगायतका बारेमा सर्वसाधारण नागरिकको चासो बढ्दो छ । नेपालमा कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्...
विरामीसँग चर्को शुल्क असुलेपछि स्वास्थ्य मन्त्रालयले लियो यस्तो एक्सन

विरामीसँग चर्को शुल्क असुलेपछि स्वास्थ्य मन्त्रालयले लियो यस्तो एक्सन

section, स्वास्थ्य
काठमाडौं । कोरोना महामारीको समयमा अस्पतालहरुले अत्याधिक शुल्क लिएको जनगुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको भन्दै मन्त्रालयले आज सूचना जारी गरी सबै अस्पतालहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले आज एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिकलगायत सबै अस्पताललाई निर्देशन दिएको छ। गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने से...
उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे

स्वास्थ्य
डोल्पा । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्लादेखि प्रदेश र सङ्घ सरकारलाई समेत जनकारी गराइएको थियो, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरुले सहयोग पाउन सकेनन् ।” उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्ति...
कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

स्वास्थ्य
कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ। सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । “पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा खड्काले भने, “कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।” मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक÷एक रहेको उनले बताए । उनका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३७० आइसोलेसन केन्द्रमा ...
पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४० हजार ९५५ संक्रमित निको भइसकेका छन्। त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा ४३६८ जना संक्रमित, १०९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३६८ जना संक्रमित, १०९ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार २०५ जना संक्रमित निको भएका छन्। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...