स्वास्थ्य

कोरोनाको तेस्रो र चौथो लहरको खतरा, अब बालबालिकालाई बढी जोखिम

कोरोनाको तेस्रो र चौथो लहरको खतरा, अब बालबालिकालाई बढी जोखिम

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खतराबाट जोगिन अहिलेदेखि नै रोकथाम र नियन्त्रणको तयारी थाल्न तथा सबै सरकारी अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन मन्त्रालयले निर्देशन दिएको छ। शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणको दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई शय्या छुट्याउन भनेको हो। मन्त्रालयले कोरोनाको पहिलो लहर नियन्त्रणउन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको पनि उल्लेख गरेको छ। दोस्रो लहर पनि नियन्त्रणमै रहेको दाबी मन्त्रालयको छ। तर अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो। ‘पहिलो र दोस्रो लहरले अत्याधिक मात्रामा बृद्धबृद्धा र युवाहर...
पछिल्लो २४ घण्टामा ८६६३ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ८६६३ जना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ दशमलब ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नेपालमा हालसम्म ४ लाख ७६ हजार १३० जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्। देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा ६६५३ जना संक्रमित, १०१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६६५३ जना संक्रमित, १०१ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्। देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
कोरोनाबाट दुई वडा अध्यक्षको निधन

कोरोनाबाट दुई वडा अध्यक्षको निधन

स्वास्थ्य
रौतहट । रौतहटमा कोरोना संक्रमणका कारण एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घरमै रहेका बेला संक्रमित भएका उनलाई उपचारका लागि सिभिल अस्पताल भर्ना गरिएको उनकाआफन्त रामगीर मुखियाले जानकारी दिए । उपचारकै क्रममा उनको निधन भएको मुखियाले बताए । त्यस्तै सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो । गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवीले एक शोक वक्तव्य जारी गर्दै सहनी र यादवको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन् । रौतहटमा अहिलेसम्म १०५ जनाले कोरोनाका कारण ज्यान ग...
पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका छन्। देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ। देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ...
के नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखा परेको छ?

के नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखा परेको छ?

स्वास्थ्य
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । आज डब्ल्यूएचओको नेपालस्थित कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’ डब्ल्यूएचओका अनुसार हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्र हो । केही दिनअघि बेलायती सञ्चारमध्यमले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । आज डब्ल्यूएचओको नेपालस्थित कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुराम...
थप तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राखियो

थप तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राखियो

Featured, स्वास्थ्य
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यीनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए । यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो । भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा. पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा...
कोरोना महामारी जस्तै आयो अर्को भाइरस, स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सुचना

कोरोना महामारी जस्तै आयो अर्को भाइरस, स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो सुचना

स्वास्थ्य
काठमाडौं - नेपालमा कोरोना संक्रमण भएका दश जनालाई म्यकुरमाइकोसिस अर्थात कालो ढुसीको संक्रमण भएको पाइएको छ। कोरोनाको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कोलो ढुसीको संक्रमण भएको बताए। यो संक्रमण कमै मात्र देखिने बताउँदै उनले संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने जानकारी दिए। कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ। ४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु यसको जोखिममा हुने प्रवक्ता पौडेलले बताए। एन्टीबायोटिक र स्टेरोइड औषधि चिकित्सकको...
काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित?

काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित?

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएकाे हाे। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण...