पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ। जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ। उक्त अवधिमा ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। देशभर हाल ८०९ जनाक्वारेन्टाइनमा छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.