स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७२२६ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ७२२६ संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । नेपालमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको दर बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। यस्तै थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ। देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण, १०६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण, १०६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ। देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन्।...
पाँचथरमा कोरोनाको संक्रमणदर ३७, मृत्युदर ०.६ प्रतिशत

पाँचथरमा कोरोनाको संक्रमणदर ३७, मृत्युदर ०.६ प्रतिशत

स्वास्थ्य
पाँचथर । यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो । यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए। यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको ह...
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भए

पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्। हालसम्म ५ लाख ३५ हजार ५६४ जना निकाे भइसकेका छन्। साे अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्। देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।...
पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्। देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।...
चीनबाट ल्याइएको सिलिण्डरमा अक्सिजन भर्न मिलेन

चीनबाट ल्याइएको सिलिण्डरमा अक्सिजन भर्न मिलेन

स्वास्थ्य
काठमाडौं । नेपालका निजी कम्पनीले चीनबाट खरिद गरेर ल्याएको अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न नै नमिल्ने समस्या पाइएको छ। व्यवसायीले ल्याएका सिलिन्डरको नोजलमा नमिल्दा अक्सिजन भर्न नमिल्ने समस्या देखिएको छ। लुम्बिनी अक्सिजन प्रालिमा अक्सिजन भर्न ल्याइएका ९० वटा अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न नमिलेको संचालक रमेश खनालले जानकारी दिए। गुल्मीमा अक्सिजन पठाउने भनेर चीनबाट ल्याइएको सिलिण्डरमा अक्सिजन भर्न खोज्दा नोजल (सिलिण्डरको टुटी) मा समस्या देखिएको हो। अक्सिजन प्लान्टमा ती नोजलबाट अक्सिजन भर्न नमिलेपछि सिलिण्डर अहिले थन्काइएको छ। सिलिण्डरको नोजल नमिलेकाले अक्सिजन भर्न नमिलेको खनालले जानकारी दिए। उनका अनुसार नोजल नमिलेपछि भारतबाट नयाँ नोजल ल्याएर अक्सिजन भर्ने तयारी भएको छ। ‘चीनबाट व्यवसायीले ल्याएको सिलिण्डरमा नोजलमा समस्या भएर अक्सिजन भर्न मिलेन,’ उनले भने, ‘उहाँहरुले नोजल फेर्नुस् भनेर पैस...
दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

स्वास्थ्य
काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो । एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध समेत गरेका थिए । उक्त अनुरो...
काठमाडौंमा १८६३ संक्रमित थपिए

काठमाडौंमा १८६३ संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर भने ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ । हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।...
थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ को मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।...
म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

स्वास्थ्य
म्याग्दी । सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउँछन् । सदरमुकाममा सङ्क्रमणदर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरुको विश्लेषण छ । “बेनी बजारमा नयाँ सङ्क्रमित थपिने क्रम घटेको छ तर ग्रामीण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ”, डाक्टर कडेलले भने, “ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश सङ्क्...