समाज

मुम्बईबाट टेम्पोमै आए ४० नेपाली

मुम्बईबाट टेम्पोमै आए ४० नेपाली

मलंगवा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र भारत सरकारले लकडाउन थप्दै गएपछि दैनिक जीवन कष्टकर बनेका ४० नेपाली टेम्पोमै चढेर भारतको मुम्बईबाट नेपाल आइपुगेका छन् । टेम्पो चलाएर गुजारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् । उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका थिए । शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरे र गाउँ आइपुगे। उनीहरु अहिले आ–आफ्नो स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आएर बसेका छन् । ११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए…
Read More
कन्टेनरमा लुकेर काभ्रे आएका ५० भारतीय पक्राउ

कन्टेनरमा लुकेर काभ्रे आएका ५० भारतीय पक्राउ

काठमाडौं । कन्टेनरमा लुकेर आएका ५० भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज (आइतबार)बिहान उनीहरुलाई नियन्त्रणमा लिएको हो । ती भारतीय नागरिक सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आइपुगेका थिए। सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। प्रजिअ तिमल्सिनाका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो। ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी…
Read More
लकडाउन थप कडा बनाउने निर्णय झापामा लगाइयाे नयाँ नियम

लकडाउन थप कडा बनाउने निर्णय झापामा लगाइयाे नयाँ नियम

भद्रपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ। सरकारले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्द गरेसँगै उच्चस्तरीय समितिले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। सोहीबमोजिम अनुगमन समितिले झापामा लकडाउन थप कडाइ गर्न शनिबार विभिन्न बुँदामा निर्णय गरेको छ। जिल्ला समन्वय समिति झापामा शनिबार बसेको समितिसहित सर्वपक्षीय बैठकले लकडाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकाल्दै अब खाद्यान्न पसल नियमित खोल्न नपाउने निर्णय गरेको छ। बैठकले जिल्लामा पसल सञ्चालनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको समितिका संयोजक तथा समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले…
Read More
पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ।गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो। बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो। खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। तर गृहले सो निवेदन पनि खारेज गरेको हो। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन गरेका थिए। गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन…
Read More
दोलखा केन्द्रबिन्दु बनाइ शक्तिशाली भूकम्प, काठमाडाैँमा धक्का महसुस

दोलखा केन्द्रबिन्दु बनाइ शक्तिशाली भूकम्प, काठमाडाैँमा धक्का महसुस

काठमाडौं । दोलखा केन्द्रबिन्दु बनाइ शक्तिशाली भूकम्प गएकाे छ। उक्त क्षेत्रमा ५ दशमलव ३ म्याग्‍निच्युडको भूकम्प गएको हाे । मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिष भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो जनधनको क्षति भएको थियो । आजको भूकम्पका कारण अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्‍ने जनाइएको छ । काठमाडौंलगायतका आसपासका क्षेत्रमा यसको धक्का महसुस भएको छ ।
Read More
बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

बैतडी । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (रु तीन हजार २००) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ”, उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको…
Read More
बजार क्षेत्रमा पैसा फालेर झापातर्फ लाग्यो बोलेरो

बजार क्षेत्रमा पैसा फालेर झापातर्फ लाग्यो बोलेरो

मोरङ - मोरङको विराटचोकमा शुक्रबार दिउँसो एक बोलेरो जीपमा आएका व्यक्तिले विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर भागेका छन । कोरोना संक्रमणको महामारीमा पैसाबाट पनि भाइरस सर्ने चर्चा चलिरहेको समयमा यसरी सडकमानै बोलेरोका झ्यालबाट पैसा फाल्दै गएपछि स्थानीय त्रसित समेत बनेका छन । सडकमा पैसा फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोलेरोमा रहेका व्यक्तिले सडकमा पैसा फालेर बोलेरो झापातर्फ हुइकिएको बताइएको छ । बोलेरो कहाँ बाट आएको थियो किन सडकमा पैसा फालियो भन्ने बारे हाल सम्म केहि खुलेको छैन ।
Read More
पाेखरामा तिम्ल्याहा बच्चाकाे जन्म

पाेखरामा तिम्ल्याहा बच्चाकाे जन्म

कास्की । पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएकी हुन् । बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गरेर बच्चहरु निकालेका हुन् । ७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाए । सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौलका भएको अस्पतालले जनाएको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र…
Read More
लकडाउन आजबाट केही खुकुलो भए पनि यी सेवा क्षेत्र खोल्न नपाइने

लकडाउन आजबाट केही खुकुलो भए पनि यी सेवा क्षेत्र खोल्न नपाइने

काठमाडौं । सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रतिष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ । सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु रहेका छन । त्यस्तै होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । त्यस्तै, १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने…
Read More
झोलुङ्गे पुलमा ताला लगाइएपछि…

झोलुङ्गे पुलमा ताला लगाइएपछि…

बर्दिया । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ । याममा बजारसम्म तरकारी पु¥याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताए। एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.