दोलखा केन्द्रबिन्दु बनाइ शक्तिशाली भूकम्प, काठमाडाैँमा धक्का महसुस

काठमाडौं । दोलखा केन्द्रबिन्दु बनाइ शक्तिशाली भूकम्प गएकाे छ। उक्त क्षेत्रमा ५ दशमलव ३ म्याग्‍निच्युडको भूकम्प गएको हाे ।

मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिष भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ र २९ गते भूकम्प गएको थियो । जसका कारण ठूलो जनधनको क्षति भएको थियो । आजको भूकम्पका कारण अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रबिन्दुको गहिराई १०० किमी भएकोले लामो समय र धेरै टाढा सम्म सामान्य धक्का महसुस भएको हुनसक्‍ने जनाइएको छ । काठमाडौंलगायतका आसपासका क्षेत्रमा यसको धक्का महसुस भएको छ ।

Facebook Comments