कोरोना र जीनः कसैमा देखिँदैन लक्षण, कोही किन पुग्छन् भेन्टिलेटरसम्म?

एजेन्सी । अनुसन्धानकर्ताले कोरोनाभाइरस र मानिसको जीन बीच सम्बन्ध भएको दाबी गरेका छन् । उनीहरुका अनुसार कोरोनाको संक्रमण धेरैजसो एकै प्रकारको हुने तर केही मानिसहरुमा यसको हल्का लक्षण हुन्छ भने कतिलाई त लक्षण नै देखिँदैन । यस्तै, केही कोरोना पीडितको स्थिती यतिसम्म बिग्रन्छ कि उनीहरुलाई भेन्टिलेटरमा समेत राख्नुपर्छ ।

यसबारे अनुसन्धान गर्ने अमेरिकाको ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका अनुसन्धानकर्ताले मानिसहरुबीच जीनमा भिन्नता भएका कारण यस्तो हुने र यो विषयमा लगभग सबै रोगका लागि लागू हुने बताएका छन् ।

अनुसन्धानका चार मुख्य कुराः

–डीएनएमा अन्तरले संक्रमणलाई बढाउन सक्छ

अनुसन्धानकर्ताले जीनको यो अन्तरलाई बुझाउनका लागि कम्प्युटर मोडलको प्रयोग गरे । शरीरको इम्युन सिस्टममा जीनको परिवर्तनलाई बुझाए । अनुसन्धानमा मानिसहरुबीच डीएनएमा अन्तर पाइयो । कोरोनाभाइरसको संक्रमण कति गम्भीर हुन्छ भन्ने विषय यसैमा निर्भर हुने दाबी गरिएको छ ।

यसरी बुझ्नुहोस् बचाउको कहानीः

अनुसन्धानकर्ताका अनुसार जब भाइरस मानिसको कोसिकालाई संक्रमित गर्छ तब शरीरमा भएको एन्टिभाइरस अलार्म सिस्टम अलर्ट हुन्छ । यो अलार्मले इम्युन सिस्टमलाई भाइरससँग जुध्नका लागि सायटो–टक्सिक टी सेललाई रिलिज गर्न र संक्रमित कोसिकालाई नष्ट गर्न आदेश दिन्छ । यही टी–सेलले भाइरसको पहिचान गरेर संक्रमणलाई हटाउने गर्छ ।

– सबैको एन्टीभाइरस अलार्म एउटै हुँदैन

अनुसन्धानकर्ताका अनुसार हरेक व्यक्तिको शरीरमा एन्टिभाइरस अलार्म सिस्टम एकैप्रकारको हुँदैन किनभने यसमा भएको जीनमा भिन्नता हुन्छ । यो जीनको नाम हो एलिल्स । केही एलिल्स कोरोनाका लागि निकै संवेदनशील हुन्छन् । यो बुझ्नका लागि कोरोनाभाइरसमा भएको प्रोटिनको अनुसन्धान गरियो । कम्प्युटरको मद्दतले एन्टिभाइरस अलार्म सिस्टमको भिन्न भिन्न अल्गोरिदममा अनुसन्धान गरियो ।

– इम्युन सिस्टम (प्रतिरोधी क्षमता) मा जीनको महत्वपूर्ण भूमिका

अनुसन्धानमा पाइए अनुसार शरीरको एन्टिभाइरस अलार्म सिस्टममा ह्यूमन ल्यकोसाइट एन्टिन सिस्टम एचएलए हुन्छ । यसलाई एलिल्स जीनले नै बनाउँछ । हरेक जीनमा भिन्न–भिन्न प्रोटिन हुन्छ । यसले भिन्न भिन्न तरिकाले शरिरमा पुग्ने फरेन बडी ९भाइरस–ब्याक्टेरिया०सँग लड्छ । यदि एचएलएले प्रोटिन भाइरसलाई पहिचान गर्न सफल हुन्छ भने इम्युन सिस्टमले संक्रमित कोसिकालाई नष्ट गर्न सफल हुन्छ । स्रोतः दैनिक भास्कर

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित