राजनीति

अन्तत: विदेशमा अलपत्र परेका नेपालीकाे विषयमा सरकारले गर्याे अहिले सम्मकै ठूलाे निर्णय

अन्तत: विदेशमा अलपत्र परेका नेपालीकाे विषयमा सरकारले गर्याे अहिले सम्मकै ठूलाे निर्णय

Featured, राजनीति
काठमाडौं । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत भएको थियो । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्नेछ । सोही सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ । तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने एक मन्त्रीले बताए । शुक्रबार पेश भएको कार्ययोजनामा म...
छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न जसपाका नेता ठाकुर संसद सचिवालयमा

छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न जसपाका नेता ठाकुर संसद सचिवालयमा

राजनीति
काठमाडाैँ । जनता समाज पार्टी नेपालका नेता महन्थ ठाकुरले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्। उनले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेका हुन्। संघीय सचिवालयका सचिव भरत गौतमले आफूहरूले फरमेट हेरिरहेको बताएका छन्। ‘उहाँहरूको फरमेट हेरिरेहका छौं। संशोधन प्रस्ताव दर्ता गर्ने नमिल्ने हैन। के रहेछ हेर्छौं,’ उनले भने। यसअघि सरकारले संविधानको अनुसूचीमा रहेको निशान छापको नेपालको नक्सा परिवर्तन गर्न छुट्टै संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। भारतले अतिक्रम गरेको कालापानी क्षेत्रको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको सरकारले उक्त नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो।...
सीमा अतिक्रमण: चीनकाे दाबी झुठाे, आयोगले बुझायाे स्थलगत प्रतिवेदन

सीमा अतिक्रमण: चीनकाे दाबी झुठाे, आयोगले बुझायाे स्थलगत प्रतिवेदन

Featured, राजनीति
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेकाे जनाएकाे छ।आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म भारत र चीनसित सीमा जोडिएका २८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन्। आयोगले प्रतिवेदनमा दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको समेत जनाएको छ । दोलखाको कोर्लाङ क्षेत्रमा पर्ने ५७ नंं सीमास्तम्भ कोर्लाङको क्षेत्रको टुप्पोबाट करिब १५ सय मिटर दक्षिणमा सार्दा नेपालको ९९ रोपनी नेपाली जमिन चीनतर्फ पर्न गएको र त्यही विवादका कारण दुई देशबीच चौथो प्रोटोकलमा हस्ताक्षर हुन नसकेको समेत प्रतिवेदनमा जनाइएको छ । आयोगले दुवै देशसित सीमा विवाद टुुंग्याई दार्चुला र ताप्लेजुङमा नेपाल–भारत–चीनको त्रिदेशीय सीमाबिन्दु कायम गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले सुझावसहितको प्रतिवेदनलाई पारित गरी सरक...
प्रधानमन्त्री ओलीको सम्बोधन : कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)

प्रधानमन्त्री ओलीको सम्बोधन : कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो’ सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले भने । ओलीले कोरोनाबाट बच्ने हालसम्मको भनेकै भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्ने नै भएको बताएका छन् । ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न पनि आग्रह गरेका छन् । उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाउन, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गर्न, शारीरिक र स्वास प्रश्वासको चुस्तताको लागि घ...
प्रधानमन्त्री ओलीका ५ टिप्स, जुन पुरा गरे कोरोनाबाट बच्न मद्त पुग्छ

प्रधानमन्त्री ओलीका ५ टिप्स, जुन पुरा गरे कोरोनाबाट बच्न मद्त पुग्छ

राजनीति, स्वास्थ्य
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्न आमनागरिकलाई ५ उपाय सुझाएका छन् । सोमबार  राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्ने ५ उपाय सुझाएका हुन् । प्रधानमन्त्रीले सुझाएका ५ टिप्स यस्ता छन् । १. आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ, २.घरभित्रै बसौं, ब्यायाम गरौँ, ३. भाइरस फोहोरमा रमाउँछ । त्यसलाई परास्त गर्न सरसफाइमा ध्यान दिऔँ, ४. स्वास्थ्यलाई आरामको जरुरी हुन्छ । त्यसैले पर्याप्त आराम गरौँ, ५. कोरोनालाई जित्न सकिन्छ, उच्च मनोवलका साथ रहौँ ।...
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक सकिएलगतै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।...
राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आर्थिक वर्ष  २०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन ।...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

राजनीति
काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गर्ने थप कार्यहरु लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ६३ दिन पुगेको छ । सरकारले आउँदो जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ।...
ईद पर्व सम्पूर्ण नेपालीको मौलिक पुँजी हाे  : प्रधानमन्त्री ओली

ईद पर्व सम्पूर्ण नेपालीको मौलिक पुँजी हाे : प्रधानमन्त्री ओली

धर्म/संस्कृति, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्व सम्पूर्ण नेपालीको मौलिक पुँजी भएकाे बताएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन प्रधानमन्त्री ओलीले आग्रह पनि गरेका छन् । रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको उल्लेख गरेका छन् ।...
प्रदेशसभा बैठक स्थगित

प्रदेशसभा बैठक स्थगित

प्रदेश-५, राजनीति
रूपन्देही । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेको जानकारी गराएका छन् । आज इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । रासस...