एमसीसी पारित नगर्न विप्लवले दिए ओली र देउवालाई चेतावनी
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित नगर्न प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् ।
व्यपाक जनमत एमसीसीको बिरुद्ध हुँदा हुदै पनि काँग्रेसको समर्थनमा एमसीसी पास गर्न सत्तारुढ पार्टी लागि परेको भन्दै यसलाई कुनै पनि हालतमा अनुमोदन नगर्न विप्लपले चेतावनी दिएका हुन। महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरी एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा सहीछाप नगर्न सत्तारुढ नेकपालाई चेतावनी दिएका छन् ।
‘एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकप...







