राजनीति

हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल

हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल

राजनीति
काठमाडौं । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए । कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट पारे । रासस...
जेठ २५ भित्र कर तिर्ने ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प छैन : काँग्रेस सभापति देउवा

जेठ २५ भित्र कर तिर्ने ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प छैन : काँग्रेस सभापति देउवा

राजनीति
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले लकडाउन कायमै रहेका बेला सरकारले जेठ २५ भित्र व्यवसायीलाई कर तिर्न गरेको निर्देशनको भद्र अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले कर तिर्न गरेको ताकेता फिर्ता लिन सुझाव दिदै बजारको स्थिति बुझेर पनि बुझपचाएको र नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् । उनले करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको भएपनि जिम्मेवारी पुरा नगरेर अनुदार भएको टिप्पणी पनि गरेका छन् ।...
छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने : प्रधानमन्त्री ओली

छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने बताएका हुन। अहिले पनि कथित दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरे । प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं ।’ हेर्नुहोस् प्रधानमन्त्री ओलीको शुभकामना सन्देश...
वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

बाग्मती प्रदेश, राजनीति
काठमाडाैं । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए। त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । रासस...
सांसद विकास कोषको पैसाले कोरोना किट किनौं  : साझा पार्टी

सांसद विकास कोषको पैसाले कोरोना किट किनौं : साझा पार्टी

राजनीति
बुटवल । सांसद विकास कोषका नाममा सांसदहरुलाई बाँडिने रकमले कोरोना परीक्षण किट खरिद गर्न साझा पार्टी प्रदेश ५ समितिले माग गरेको छ । प्रदेश ५ मा कोरोना संक्रमणको दर देशभरमै उच्च रहेको र अझै थपिने अवस्था रहेकाले परीक्षणको दायरा बढाउनका लागि कोषको रकम किट खरिदमा खर्च गर्न साझा पार्टीले माग गरेको हो । पार्टीका प्रदेश संयोजक अनुपमान सैंजुले मंगलबार विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश सांसदहरूलाई बर्सेनि करिब २० अर्ब रकम बाँड्नु चरम नीतिगत भ्रष्टाचारको नमूना भनेका छन् । उनले उक्त कोष खारेज गर्न माग गरेका छन् । सांसद बिकास कोषको रकम कोभिड १९ परीक्षण सामग्री खरिद र क्वारेन्टाइन बनाउन लगानी गर्न साझा पार्टीले प्रदेश सांसदहरुहरुलाई आग्रह गरेको छ ।...
मन्त्री निवासमा ८२ लाखको जिमखाना बनाउन ठेक्का

मन्त्री निवासमा ८२ लाखको जिमखाना बनाउन ठेक्का

राजनीति
काठमाडाैं । कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो-याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैँचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यु केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ।...
राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता

राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता

Featured, राजनीति
काठमाडौं । राष्ट्रिय जनता पार्टीका र समाजवादी समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् । सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको संविधानका विभिन्न २३ वटा धारा संसोधनको माग गर्दै संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गरेका हुन् । संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए । उनीहरुले संविधानमा रहेका नागरिकता, भाषाका विषय लगायतमा संसोधन प्रस्ताव गरेका हुन् ।...
चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह

चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने बताए । ‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनको भाषामा माउन्ट कोमालाङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् । ‘त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? २७ मेमा देखाएको छ चाइना सिन्ह्वा न्युजले देखाउँछ त्यहाँ चिनियाँहरू गएर फाइभ जी टावर पनि लगाएका छन्’, सांसद शाहले भने, ‘नेपाल–चीनबीच सहमति भएर मात्रै त्यहाँ सर्वे टिम पठाउनुपर्ने थियो ।’...
विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

राजनीति
काठमाडौँ । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाको सिडिओ रहेका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पा सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्याल्य डोटीका सिडिओ रहेका टेकनारायाण पौडेललाई अध्यागम विभागमा सरुवा गरिएको छ । डिल्लीबजार कारागारका जेलर अरुण पोखरेललाई सहायक सिडिओको जिम्मेवारी दिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पठाइएको छ ।  ...
सांसद चौधरी भन्छिन् : भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो

सांसद चौधरी भन्छिन् : भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो

राजनीति
काठमाडौं । सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताइन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताइन् । अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गर्दै उनले भनिन्, ‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नमिचिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’...