सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग
काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरि सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी सांसद गिरीले बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नुले तरुण दललाई असहिए बताए ।
सांसद गिरीले आफनो पदीय मर्यादा विपरीत नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख ।
संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा सांसद गिरीले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन...








