राजनीति

सर्वोच्चको आदेश : ‘लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने समय दिनू’

सर्वोच्चको आदेश : ‘लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने समय दिनू’

section, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने समय दिन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले चैत ११ गतेदेखि अनवरत रुपमा रहेको बन्दाबन्दी जेठ ३२ पछि फुकुवा हुने विश्वासमा कर तिर्ने सूचना जारी भएको अनुमान भए पनि लामो बन्दाबन्दीपछि असार ७ र १५ भित्र सबै करदाताले कर तिर्न सक्ने आधार नभएको ठहर गरेको छ। लकडाउन खुल्नेबित्तिकै कर तिर्नुपर्ने दबाबमा रहेका जनतालाई सर्वोच्चको आदेशबाट केही राहत मिल्नेछ । सरकारले गत जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेको थियो। त्यसलगत्तै करदाताको चर्को विरोध सुरु भएको थियो । पछि सरकार यो निर्णयबाट ‘ब्याक’ भएर असार ७ र १५ गते भुक्तानी गर्न अर्को समय तोकेको थियो । अब सर्वोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने आदेश जारी गरेसँगै तत्काललाई जनताको एउटा समस्या केही पर धकेलिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आगामी असार १ गते...
प्रतिलिपि अधिकार विधेयक स्वीकृत

प्रतिलिपि अधिकार विधेयक स्वीकृत

राजनीति
काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गरे । उनले स्रष्टाको सिर्जना आफैँमा महत्वपूर्ण हुने भएकाले उनीहरुको अधिकार संरक्षण गर्नु र सम्मान प्रदान गर्न जरुरी रहेकामा जोड दिँदै भने, “नाम चलेका वा नचलेका स्रष्टा सबैलाई यो संशोधनले समेट्ने प्रयास गरेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनलाई समेत ऐनमा समेट्ने प्रयास गरिएको छ ।” सांसद रामनारायण बिडा...
काँग्रेसले सरकारलाई कोरोनाविरुद्धको संघर्ष केन्द्रित ज्ञापनपत्र बुझाउने

काँग्रेसले सरकारलाई कोरोनाविरुद्धको संघर्ष केन्द्रित ज्ञापनपत्र बुझाउने

राजनीति
काठमाडौं । नेपाली काँग्रेसले देश तथा विदेशबाट सरकारलाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाइने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शमाले भौतिक दुरि कायम गर्दै असार २ गते देश तथा विदेशबाट सरकारलाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाइने जानकारी दिए । जेठ २६ गते बसको पार्टीको केन्द्रीय समिति बैठकमा कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको काँग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराउन लागेको हो । सोही दिन ७ प्रदेश मुख्यमन्त्रीलाई संसदीय दल र विदेशी नियोगमा जनसम्पर्क समिति मार्फत ज्ञापनपत्र बुझाउने शर्माले जानकारी दिए । जेठ २६ मा बसेको केन्द्रीय समिति बैठकको निर्णय अनुसार बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएको थियो। उक्त बैठकले पार्टी पंक्त...
सरकारविरुद्ध प्रदर्शन

सरकारविरुद्ध प्रदर्शन

Featured, राजनीति
काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।...
विद्युत र टेलिकम महसुल छुट कार्यान्वयन गर्न सांसदहरूकाे माग

विद्युत र टेलिकम महसुल छुट कार्यान्वयन गर्न सांसदहरूकाे माग

section, राजनीति
काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सरकारले लकडाउनकाे अवधिमा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको भए पनि कार्यान्वयनमा नआएको भन्दै गुनासो गरेका छन । शून्य समयमा नेपाली कांग्रेसकी तारादेवी भट्टले गत चैत र वैशाखको कूल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने निर्णय कार्यान्वयन नभएकामा आपत्ति जनाइन । “आफैँले गरेको निर्णय कार्यान्वयन नहुने यो सरकारको कस्तो निर्णय हो”, उनले भनिन । यस्तै नेपाल टेलिकमले ग्राहकलाई विभिन्न सेवामा छुट दिने भनेर गरिएको निर्णयसमेत कार्यान्वयन नभएकामा उनले रोष प्रकट गरिन । यस्तै कांग्रेसकै अनिता देवकोटाले यही जेठ १० गते रुकुम –पश्चिम)को चौरजहारी, सोतीमा भएको घटना सेलाउन नपाउँदै सप्तरीमा एक महिलालाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको जनाउँदै दोषीमाथि कडा सजायको माग गरिन । नेकपाकी उदया शर्मा पौडलले कोभिड–१९ कारण धेरैको रोजीरोटी गुमेकाले ठाउँठाउँमा आत्महत्याक...
सरकारकाे निर्णय: पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर लागू

सरकारकाे निर्णय: पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर लागू

राजनीति
काठमाडौं- मन्त्रिपरिषद्को वुधबार बसेको बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । मन्त्रिहरुको सुझावलाईसमेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान अन्तिम रुप दिएपछि दिउँसो ३ बजे पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामार्फत विस्तृतमा सार्बजनिक गरेर जानकारी दिइने एक मन्त्रीले बताए । उनका अनुसार बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागू गरिने छ । बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साध...
सरिता गिरीको घरमा कालोझण्डा

सरिता गिरीको घरमा कालोझण्डा

section, राजनीति
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ । कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ । काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । सत्तारु...
सांसद सरिता गिरीको घरमा कालोझण्डा, बढ्याे सुरक्षा खतरा !

सांसद सरिता गिरीको घरमा कालोझण्डा, बढ्याे सुरक्षा खतरा !

राजनीति
काठमाडौं । नवगठित जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा बुधबार साँझ कालोझण्डा राखिएकाे छ । विशालनगरस्थित घरमा युवाहरुको एक समूहले कालोझण्डा राखेको स्थानीयहरूले बताएका छन्। कालोझण्डा राखिए लगत्तै उनको घरमा प्रहरी पुगेर हटाएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ । उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।...
सरिता गिरीलाई विधेयक फिर्ता लिन पार्टीकाे निर्देशन

सरिता गिरीलाई विधेयक फिर्ता लिन पार्टीकाे निर्देशन

section, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन विधेयक दर्ता गराएपछि पार्टीले उनलाई सो विधेयक फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो । उनले आज विधेयक दर्ता गराएपछि उनको चौतर्फी आलोचना भएपछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो । उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशेधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।...
मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

कर्णाली प्रदेश, राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित टिपर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै ‘कोभिड–१९’ ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा आज बिहान लालीघाटको दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई समेत उनले धन्यवाद दिएका छन् । हेलिकप्टर लिएर मुख्यमन्त्री घटनास्थलतर्फ अकल्पनीय...