राजनीति

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ’

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ’

राजनीति
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने ठुलाे कसरत गरिरहेकाे बताए। संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोल्दै प्रचण्डले भने,'राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन संविधान संसोधन गर्न लागेको भन्दै गर्व महशुष गरिरहेकाे छु।' प्रचण्डले नेपालको संविधान संसोधनका लागि सबै दलको सहमति भएको भदै खुसी व्यक्त गरे । उनले लोकतन्त्र, संघीयतालाई मजबुत बनाउन सबै दल मिल्नुको विकल्प नभएको उनले बताए । प्रचण्डले भने, ‘कसैले जश लिने र अपजश लिने भन्दा पनि नेपाली जनताले गर्दै आएको केन्द्रिकरणको रुपमा देशको गमेको भूभाग फिर्ता लिन नयाँ चरणमा आइपुगेका हौं । यति गम्भिर राष्ट्रिय विषयलाई सर्वदलीय सहमति बनाउँदै अहिले सरकारले संविधान संसोधनद्वारा संविधानमा रहेको नक्सा सच्याउने पहलकदमीलाइए धन्य...
प्रधानमन्त्रीज्यू कति दिनमा त्यो भूमि हामी भाेगचलन गर्न पाउँछाै?

प्रधानमन्त्रीज्यू कति दिनमा त्यो भूमि हामी भाेगचलन गर्न पाउँछाै?

राजनीति
काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले नक्सामात्र जारी गरेर नभई भूमि आफ्नो बनाउन ठोस पहल गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त भूमि कहिले नेपालको हुन्छ भनी प्रश्न सोधे। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेर हामीले पढ्दै आएका हौं, हाम्रो दल नेपाली कांग्रेसले सरकारलाई पूर्ण सर्मथन गरेको छ’ सिंहले भने‚ ‘तर त्यहाँका गाउँहरू हाम्रो अधीनमा आएको दिन दिपावली गरौंला, प्रधानमन्त्रीज्यू हाम्रो साथ छ सार्थक वार्ता गर्नुस्।’ त्यहाँ रहेका तीन गाउँ कहिले हाम्रो क्षेत्रमा आउँछन् भन्दै उनले छिटो वार्ता गर्नका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग गर्ने जानकारी दिए। राष्ट्रियतामा कांग्रेसले कहिल्यै सम्झौता नगरेको भन्दै उनले विपी कोइरालाले सधैं भूगोल र जनता मिलेपछि मात्र राष्ट्रियता बन्ने भन्दै आएको कुरा ध्यान दिन आग्रह गरे। अहिलेको राजनीतिक व्यवस्...
लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

पत्रपत्रिका, राजनीति
काठमाडौं । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार व्यक्तिहरुका हकमा भएको निर्णय सबैभन्दा अव्यावहारिक देखिएको बताए । उनीहरुले सरकारी निर्णय आएलगत्तै प्रहरीले सडकमा हैरानी व्यहोर्नुपरेको, कतिपय स्थानमा प्रहरी र मोटरसाइकल चालकका बीचमा भनाभनको स्थितीसमेत देखिएको गृहमन्त्री थापासँग गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।...
सरकारको बिरोध र सरिता गिरीको समर्थनमा प्रदर्शन(फाेटाेफिचर)

सरकारको बिरोध र सरिता गिरीको समर्थनमा प्रदर्शन(फाेटाेफिचर)

राजनीति
काठमाडाैँ । मधेसका युवाहरुले सरकारको विरोधमा रौतहटको गौरमा प्रदर्शन गरेका छन् । त्यस्तै भने जनता समाजबादी पार्टीकी नेतृ तथा संघीय सांसद सरिता गिरिको घरमा तोडफोड गरेको बिरोधमा गौरका युवाहरुले सडकमा उत्रेका हुन् । गौरको मधेश क्रान्ति चौक विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । आन्दोलनमा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै उभिएर केही बेर विरोधका नारा लगाएका थिए । ओली र देउवा राष्ट्रिय घाती हुन, गिरी होइनन् लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा जुलुसमा सहभागी भएका थिए। कोरोना र गिरीको बिबाद्लाइ लिएर सरकारको चौतर्फी विरोध सुरु भएको छ । गौरका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।...
राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

section, राजनीति
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन । सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए । रासस...
संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सबेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।’ नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागेको छ । शनिबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।...
शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो : जनता समाजवादी पार्टी

शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो : जनता समाजवादी पार्टी

section, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेको छ । ‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्दी गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गरिनु पर्छ ।’...
विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न संसदीय समितिको निर्देशन

विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न संसदीय समितिको निर्देशन

राजनीति
काठमाडाैं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले अतिविपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर उनीहरूको सिकाइको निरन्तरता सुनिश्चित गर्न तथा फरक क्षमताका विद्यार्थीका लािग विशेष व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयललाई निर्देशन दिएको छ । समितिले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमनको व्यवस्था मिलाउन तथा सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्तिलाई तालिमको व्यवस्था गर्न आर्थिक स्रोतको सुनिश्चितताका निम्ति आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ । सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था, पठनपाठन सिकाइमा सामुदायिक र निजी विद्यालयबीच एकरुपता कायम गर्न सुझाउँदै बाल विकासमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन मन्त्...
स्वास्थ्यमन्त्री ढकाल भन्छन : कोरोना महामारीमा राजनीति मिसियाे

स्वास्थ्यमन्त्री ढकाल भन्छन : कोरोना महामारीमा राजनीति मिसियाे

section, राजनीति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसमा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा भएकाे एक कार्यक्रममा मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको टिप्पणी गरेका हुन् ।...
वीरगञ्जमा युवाको नारा : “जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ”(फाेटाेफिचर)

वीरगञ्जमा युवाको नारा : “जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ”(फाेटाेफिचर)

राजनीति
वीरगञ्ज। वीरगञ्जमा सङ्घीय सरकारविरूद्द प्रदर्शन भएकाे छ। बिहीबार आयोजना भएको प्रदर्शनमा सरकार कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा गर्न असफल भएकाे पदर्शनमा सहभागी युवाहरुले  अाराेप लगाएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन वीरगञ्जका युवाहरु प्रदर्शनका लागि सडकमा उत्रेका हुन् । वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो । युवाहरुलाई घण्टाघर जम्म हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शन गर्दै महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरु सडकमै बसेर केही बेर विरोधका नारा लगाएका थिए । 'जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ', 'हन्ड्रेड पर्सेन्ट पिसीआर, करेक्ट द क्वारेन्टिन पोलिसी', 'मिनिङलेस लकडाउन इज ...