राजनीति

जनकपुरमा मेयरविरूद्ध कार्यालय अगाडि नै वडाध्यक्षको नाराबाजी

जनकपुरमा मेयरविरूद्ध कार्यालय अगाडि नै वडाध्यक्षको नाराबाजी

राजनीति
जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा जनतामुखी काम हुन नसकेको भन्दै वडाध्यक्षहरु पछिल्ला दिनमा उपमहानगरपालिका प्रमुख लालकिशोर साहविरुद्ध खनिदै आइरहेका छन्। वडाध्यक्षहरु कहिले बोर्ड बैठकमा त कहिले अलग्गै बैठक गरेर प्रमुख लालकिशोर साहलाई वडाको विकासका लागि दबाब बनाउँदै आएपनि बेवास्ता गरेकाले वडाध्यक्षहरुसँग उनको तिक्तता बढ्दै गइरहेको वडाध्यक्षहरुको भनाइ छ। यसै क्रममा जनकपुरधामका एक वडाध्यक्ष वडावासीसँगै उपमहानगरको कार्यालय अगाडि पुगेर प्रमुख साहविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन समेत गरेका छन्। आफ्नो वडाको विकासका लागि पटकपटक दबाब बनाउँदै आएपनि कुनै सुनुवाई नभएकोले मेयरविरुद्ध आफू वडावासी सहित प्रदर्शन गर्न बाध्य भएको वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साहले बताए। जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले वडा विकासका लागि आवश्यक रकम नछुट्याएको भन्दै वडाध्यक्ष साहको नेतृत्वमा स्थानीयहरुले बुधवार वि...
फेरि स्थगित भयाे सचिवालय बैठक

फेरि स्थगित भयाे सचिवालय बैठक

राजनीति
काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएकाे छ। आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ। यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियाे।...
भारतीय मिडियाले भन्याे: ओलीले भारतसँग कुटनैतिक सम्वाद गर्न चाहेनन्

भारतीय मिडियाले भन्याे: ओलीले भारतसँग कुटनैतिक सम्वाद गर्न चाहेनन्

राजनीति
काठमाडौं । भारतीय पक्षले सीमा विवादमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भारतीय पक्षद्वारा लिपुलेक, कालापानी र लिम्पियाधुराको विवादका विषयमा सम्वाद गर्न नेपाल सरकारसँग संविधान संशोधन प्रस्ताव दर्ता गर्नु अगावै प्रस्ताव गरेकाे दाबी गरेको हाे । नेपालका प्रधानमन्त्री केपी ओलीले भारतसँग कुटनैतिक सम्वाद गर्न नचाहेको आरोप हिन्दुस्तान टाइम्सले लगाएको छ । प्रतिनिधि सभाले शनिबार संविधान संशोधनको प्रस्ताव पारित गरेसँगै भारतीय सञ्चारमाध्यमले ओलीले वार्ताको प्रस्ताव अस्वीकार गरेको भनेर समाचार लेखेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद बाहिर आएपछि भारतले नेपाललाई वार्ताको प्रस्ताव गरिएको दाबी समाचारमा छ । प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टर...
सरकारविरूद्द बौद्ध र जोरपाटीमा व्यापक प्रदर्शन

सरकारविरूद्द बौद्ध र जोरपाटीमा व्यापक प्रदर्शन

राजनीति
काठमाडौं : काठमाडौंका बौद्ध र जोरपाटीमा संविधान संशोधनको स्वागतसँगै सरकारविरुद्ध प्रदर्शन भएको छ। कोरोनाको संक्रमणमा सरकार जनताको पक्षमा काम गर्न असफल रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् । जोरपाटीमा युवाहरुले नेपालको पछिल्लो समय जारी भएको नक्सा बनाएर संव...
प्रधानमन्त्रीलाई हावादारी गफ कन्ट्रोल गर्न कांग्रेस सांसदकाे सुझाव

प्रधानमन्त्रीलाई हावादारी गफ कन्ट्रोल गर्न कांग्रेस सांसदकाे सुझाव

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मूलुक संकटमा गएको आरोप लगाएका छन्। उनले आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै 'इनफ इज इनफ' अब त अत्ति भो खति हुने भो भन्दै सडकमा दन्किएको आवाज कांग्रेसकोमात्र नभएको बताए। उनले प्रतिपक्षीले सहयोग नगरेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ती प्रकट गरे। उनले सडकबाट जनताले सरकार फाल्ने अवस्था आएको समेत बताए। 'जनता सडकमा आइसके। इनफ इज इनफ। सरकारको अझै होस् खुलेको छैन्। कहाँ भष्टाचार गर्न पाइन्छ, कहाँ पैसा असुल्न पाइन्छ भनेर बसिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्रीका अंरिगालहरु राम्रो काम भएको छ भनिरहेका छन्। प्रधानमन्त्री त्यसैको भुल भुलैयामा हुनुहुन्छ। प्रधानमन्त्रीज्यू राम्रो काम भएको छैन। तपाईँले केही पनि काम गर्नुभएको छैन। भष्टाचारमात्रै भएको छ।' उनले प्रधानमन्त्रीले भोकभोकै मर्नुपर्दैन भने प...
‘भारतसँग तत्काल वार्ता हुन्छ’

‘भारतसँग तत्काल वार्ता हुन्छ’

पत्रपत्रिका, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको विषयमा एउटा अध्याय पूरा भएको र अर्को अध्यायका लागि भारतसँग वार्ता हुने बताएका छन्। नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएलगत्तै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले तत्काल भारतसँग दुईपक्षीय वार्ता सुरु गरिने र त्यसबाट आफ्नो भूमि पूर्णरूपमा फिर्ता लिने बचन दिएका हुन्। प्रधानमन्त्री ओलीले संसद्बाट फर्कने क्रममा भने, ‘राष्ट्रियताको पक्षमा मुलुक एकजुट हुनु राम्रो र सुखद सन्देश हो। भारतसँग तत्काल वार्ता हुन्छ।’ ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो एकता देखिएको छ। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ’, प्रधानमन्त्रीले भने, ‘अब छिट्टै वार्ता हुनेछ। वार्ता प्रक्रिया अगाडि बढ्छ।’  अन्नपुर्ण पाेष्टबाट...
संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

संविधान संशाेधनपछि भारतले निकाल्याे यस्ताे विज्ञप्ति

पत्रपत्रिका, राजनीति
काठमाडाैँ । नयाँ नक्सालाई निसान छापमा समेट्न नेपालको संसद्ले शनिबार गरेको संविधान संशोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ। नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने आपसी समझदारीको उल्लघंन गरेको दाबी भारतको छ। उक्त घटनालाई निकै गम्भीर र चासोको रूपमा लिएको भारतले जनाएको छ। संविधान संशोधन भएको केही बेरमा नै भारतीय विदेश मन्त्रालयले यस्तो धारणा बाहिर ल्याएको हो। ‘भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक नेपालको संसद्ले पारित गरेको घटनालाई हामीले चासोका साथ हेरेका छौं’, विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले दुई मुलुकबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ।’ नेपालले कृत्रिम तरिकाले भूभागको विस्तारको नक्सा जारी गर...
संसद्को ऐतिहासिक निर्णय : लिम्पियाधुरासहितको नक्सा सर्वसम्मत

संसद्को ऐतिहासिक निर्णय : लिम्पियाधुरासहितको नक्सा सर्वसम्मत

राजनीति
काठमाडौं । भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। यससँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। प्रतिनिधिसभामा उपस्थित सबै सांसदले नयाँ नक्साको पक्षमा मत दिएका थिए। नयाँ नक्सा अद्यावधिसम्बन्धी संविधान संशोधन विधेयक पारित गर्न दुईतिहाइ मत चाहिन्छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८३ मत आवश्यक पथ्र्यो। तर, नयाँ नक्साका पक्षमा बैठकमा उपस्थित २ सय ५८ जनै सांसदले मत दिएका थिए। सभामुख अग्नि सापकोटाले दुई तिहाइ बढी मतले संशोधन विधेयक पारित भएको घोषणा गर्नासाथ सांसदहरूले टेबुल ठोकेर ताली बजाएका थिए। संशोधन...
वीरगञ्जमा सरकार विरुद्ध नेविसंघको प्रर्दशन: ६ जना पक्राउ, दर्जनौ घाइते (फाेटाे फिचर)

वीरगञ्जमा सरकार विरुद्ध नेविसंघको प्रर्दशन: ६ जना पक्राउ, दर्जनौ घाइते (फाेटाे फिचर)

राजनीति
वीरगञ्ज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकार विरूद्ध गरेकाे प्रदर्शनका क्रममा ६ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । नेविसंघ पर्सा र इकाइ कमिटीकाे संयुक्त नेतृत्वमा भएकाे प्रदर्शनका क्रममा नेविसंघका जिल्ला सभापती विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनाेज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव श्याम रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्ता पक्राउ परेका हुन् । काेराेनाभाइरस महामारी नियन्त्रणमा सरकारकाे प्रभावकारी काम गर्न नसकेकाे भन्दै तीनै तहकाे सरकारकाे विरूद्धमा प्रदर्शन गरिएकाे हाे । वीरगञ्जकाे महाबिर स्थान चाेकबाट सुरू भएकाे प्रदर्शन घण्टाघर चाेकमा आएर टुंगिएकाे थियाे । प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली र प्रदेश २ का मुख्यमन्त्रीकाे पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । हस्तक्षेप गर्ने क्रममा प्रहरीले गरेका...
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट पारित

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट पारित

राजनीति
काठमाडौं । संसदबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई सर्वसम्मत अनुमोदन गरेको हाे। संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो । जसअनुसार संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेको थियो । खसेका सबै मत पक्षमा थिए । सभामुख अग्नि सापकोटाले २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको घोषणा गरे । नेपाल सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।...