राजनीति

‘फागुनसम्म कोरोना नियन्त्रणमा आउँछ’

‘फागुनसम्म कोरोना नियन्त्रणमा आउँछ’

राजनीति
कामठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन्। राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताए। उनले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताए। उनले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिना पछि फेरी संक्रमणको दर बढ्ने भएकाले पूर्ण नियन्त्रणमा आउन फागुनसम्म लाग्ने बताए। उनले भने “श्रावणको अन्त्यसम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ। अथवा भदौको सुरु तिर। यो त्यसपछि आरालो लाग्छ। र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौ। अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो। दशै तिहार र छठ जस्...
अब वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान पाइने

अब वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान पाइने

राजनीति
कामठमाडाैँ । सरकारले वैदेशिक रोजगारीलाई खुला गर्ने भनएको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले वैदेशिक रोजगारीमा रहेर विदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको हो। अध्ययनका लागि जानेहरुको हकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले सिफारिस गर्नेछ। यस्तै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक 'प्रोटोकल’ सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागु गर्न श्रम मन्त्रालयलाई निर्देशन दिइएको छ। संक्रमणको जोखिमम...
सिंहदरबारभित्रै किन भएन ‘हेल्थ प्रोटोकल’ पालना?

सिंहदरबारभित्रै किन भएन ‘हेल्थ प्रोटोकल’ पालना?

राजनीति
काठमाडौँ । सरकारले जारी गरेको ‘हेल्थ प्रोटोकल’ मा सरकारी कार्यालयहरूमा अग्रपंक्तिका कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र पञ्जा लगाएर सेवा दिनुपर्ने व्यवस्था छ । तर, कुनै पनि सरकारी कार्यालयमा यो व्यवस्था लागू भएको छैन । सिंहदरबार एवं बढी जनसम्पर्क हुने सेवाग्राही कार्यालयहरूमा समेत पीपीई लगाएका कर्मचारी नै देखिँदैनन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन आइतबार जारी हेल्थ प्रोटोकलमा कार्यालय, कर्मचारी र सेवाग्राहीले पालना गर्नुपर्ने छुट्टाछुट्टै मापदण्ड तोकिएको छ । प्रोटोकलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड न त सरकारी कार्यालयहरूले नै पालना गरेका छन्, न त कर्मचारी र सेवाग्राहीले नै । सरकारले उपलब्ध नगराएका कारण अग्रपंक्तिमा खटिएका कर्मचारीले पीपीई र पञ्जा लगाएर सेवा दिने व्यवस्था लागू नभएको दाबी सरकारी कार्यालयहरूको छ । ‘फ्रन्ट डेस्क’मा कार्यरत कर्मचारीहरू नै भन्छन्, ...
मन्त्रिपरिषदका यस्ता छन् पछिल्ला १५ निर्णय

मन्त्रिपरिषदका यस्ता छन् पछिल्ला १५ निर्णय

राजनीति
काठमाडौं । सरकारले गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मंगलबारको बैठकले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । यी हुन् सरकारका १५ निर्णय...
नेकपा र सीपीसीबीच भएकाे भिडियो कन्फ्रेन्सले नेकपामा विवाद

नेकपा र सीपीसीबीच भएकाे भिडियो कन्फ्रेन्सले नेकपामा विवाद

राजनीति
काठमाडाैँ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भएकाे भिडियो कन्फ्रेन्सले नेकपामा विवाद चुलिएको छ। विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै पार्टी भित्र बबण्डर सुरु भएको हो। नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ । नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ । शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समार्फत दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्न भिडियो कन्फरेन्स भएकाे हाे। तर यस्तो महत्त्वपूर्ण विषयमा समेत सो पार्टीका विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले कुनै जानकारी नभएको भन्दै केही नसोध्न आग्रह गरेका छन् । ने...
नेकपा र कांग्रेसबीच नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास

नेकपा र कांग्रेसबीच नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा कांग्रेससँग छलफल गर्न बैठक बोलाएका र आजको बैठक विशेष गरी नागरिकता विधेयकमा केन्द्रित रहेको बैठकमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्को बैठक बोलाउने र आफूहरुलाई तयार भएर आउनुहोला भनेका उनले बताए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले उक्त विधेयकका सम्बन्धमा समित...
‘कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ’

‘कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ’

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रूघाखोकीजस्तै भएको जनाउँदै उच्च मनोबलले जितिने बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोच राख्न नहुने बताएका हुन् । कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’ प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध बच्नको लागि औषधीजन्य सन्तुलित आहारको पनि उचित ध्यान दिनुपर्ने बताएका छन् । उनले नियमित व्यायाम गर्न पनि सुझाएका छन् ।...
राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

राजनीति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् । यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग अब नेपालको निशानाछापमा समावेश हुनेछ विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए । राष्ट्रपति कार्यालयले विहीबार नै विधेयक प्रमाणीकरण गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् । ‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट प...
प्रधानमन्त्रीकाे दाबी : दुई/तीन जनाको मात्र कोरोनाले ज्यान गएको हो

प्रधानमन्त्रीकाे दाबी : दुई/तीन जनाको मात्र कोरोनाले ज्यान गएको हो

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए। 'कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ। बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,' उनले भने। प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे। उनले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको जनाए। 'प्रति १० लाखमा मृत्युदर ०.७ प्रतिशत छ। यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो,' उनले भने।...
नेकपा स्थायी कमिटी बैठक आगामी साता बोलाइयो

नेकपा स्थायी कमिटी बैठक आगामी साता बोलाइयो

राजनीति
काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो । असार १० गते बस्ने बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाइएको छ । यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि वैशाख २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो । एमसीसीलाई लिएर नेकपामा विवाद छ । स्थायी कमिटीको चौथो बैठकमा एमसीसीबारे विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो । झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली ...