राजनीति

प्रधानमन्‍त्रीलाई पाँच करोडको गाडी किन्‍न लागेको साँचो हो?

प्रधानमन्‍त्रीलाई पाँच करोडको गाडी किन्‍न लागेको साँचो हो?

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि खरिद गर्न लागिएको गाडिबारे प्रश्न उठाइएकाे छ। कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीका लागि खरिद गर्न लागिएको गाडिबारे संसदमा प्रश्न उठाउँदै गृहमन्त्रीसँग जवाफ मागेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा नेता रिजालले उक्त विषयमा जिज्ञासा राख्दै गृहमन्त्रीसँग जवाफ मागेका हुन्। सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढाएको बारे चर्चा चालेपछि यसकाे सबैतिर अालाेचना भइरहेकाे छ। गाडी खरिद प्रक्रिया कोरोना महामारीका कारण फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको भन्दै सांसद रिजालले आपत्ति जनाएका हुन्। ‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?’ सांसद रिजालको प...
नेकपा स्थायी कमिटी बैठक बुधबार

नेकपा स्थायी कमिटी बैठक बुधबार

राजनीति
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने जानकारी दिए । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संय...
नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?

नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?

राजनीति
काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरेकामा नेकपाका वेदुराम भुसालले आपत्ति प्रकट गरे । अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेकामा उनले गुनासो गरे । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकत...
अब भ्रष्टाचारमा सहयाेग गर्ने प्रस्तावकलाई पनि जेल

अब भ्रष्टाचारमा सहयाेग गर्ने प्रस्तावकलाई पनि जेल

Uncategorized, राजनीति
काठमाडौं । घुस लिने-दिनेसहित प्रस्तावकलाई पनि कैद सजाय हुने गरी भ्रष्टाचार निवारण ऐनमा संशोधन गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले घुस दिन प्रस्ताव गर्नेलाई पनि सजायको भागिदार बनाउने गरी भ्रष्टाचार निवारण ऐनमा संशोधन गरेको हाे। विधेयकमा सरकारले 'प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रिसवत दिएमा वा दिन मञ्जुर गरेमा' जेल सजायको प्रस्ताव गरेको थियो। तर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले रिसवत दिन प्रस्ताव गर्नेलाई समेत सजायको प्रावधान गरेको हो। यसअघि भ्रष्टाचार गर्न प्रस्ताव गर्नेलाई कारबाही गर्ने कुनै कानुनी व्यवस्था थिएन। राष्ट्रिय सभाको समितिले तयार पारेको कानुन पारित भए घुस प्रस्ताव गर्नेलाई समेत पचास हजारदेखि दश करोडभन्दा माथि जति घुस प्रस्ताव गरेको छ त्यति नै जरिवाना हुनेछ। सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो। यसैगरी ...
के विदेशी ज्वाइँले पाउँछन् नेपाली नागरिकता?

के विदेशी ज्वाइँले पाउँछन् नेपाली नागरिकता?

राजनीति
काठमाडौं । सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निचोडमा पुगेको छ। नेकपा सचिवालयको शनिबार बसेको बैठकले विदेशी ज्वाइँलाई भने नागरिकता दिने प्रस्ताव अस्वीकृत गरेको छ। संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन नागरिकता संशोधन विधेयकमाथि दलीय सहमति नजुटेपछि नेकपाले सचिवालय बैठक बोलाएको थियो। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता दिने कि समयसीमा राख्ने भन्नेमा समितिमा विवाद छ। ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकाल्यौं’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, विदेशको नागरिकता परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले अंगीकृत नागरिकता ...
सरकारविरुद्ध मधेशी युवाद्वारा भैरवामा प्रदर्शन

सरकारविरुद्ध मधेशी युवाद्वारा भैरवामा प्रदर्शन

राजनीति
काठमाण्डौं –नेपाली नागरिकसँग विवाह गर्ने महिलाको हकमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधान र सरकारको कार्यशैली विरुद्ध भैरवामा विरोध प्रदर्शन गरेका छन् । मधेशवादी युवाहरुले एक कार्यक्रमको आयोजना गरी विरोध प्रदर्शन गरेको छ । मधेशी युवाहरुले सरकार तथा सत्ताधारी दल नेकपा बिरुद्ध चर्को नाराबाजी गर्दै भैरवामा विरोध प्रदर्शन गरेका हुन । मधेशी युवाहरुले नेकपा सरकार दुई तिहाईको दम्भमा १० अर्ब भ्रष्टाचार , भाषामा रोक विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिइने जस्ता निर्णय मधेशी जनभावन विपरित गतिविधी गरिरहेको आरोप लगाए । उनिहरुले यस्ता गतिधिी अविलम्ब सच्याउन माग गरेको छ । उनीहरुले निर्णय नसच्याईए सशक्त आन्दोलन गर्ने चेतवानी समेत दिए । यसैगरी नेपाली काग्रेस , जनता समाजवादी पार्टी र जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत नागरिकता सम्वन्धी प्रावधान विभेदकारी रहेक...
विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध विरोध प्रदर्शन

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध विरोध प्रदर्शन

Uncategorized, राजनीति
काठमाडौं- विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेसँगै प्रदेश २ को विभिन्न स्थानमा त्यसको विरोध सुरु भएको छ। आज नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरधाम सहित विभिन्न स्थानमा प्रदर्शन भएको छ। नेकपाको यस निर्णयलाई सत्तपक्षका नेताहरुले समेत अस्वीकार गरेका छन्। यस्तै नेकपाको निर्णयविरुद्ध पर्सामा पनि विभिन्‍न पार्टीले विरोध प्रदर्शन गरेको छ। पर्सा कांग्रेसले बिरगञ्ज र बाराको कलैयामा आइतबार प्रदर्शन गरेको छ। बिरगञ्जको घण्टाघरमा काँग्रेसका नेता कार्यकर्ताहरुले नागरिकता विधेयक संशोधनलाई सच्याउन माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरुले महिलाको अधिकार खोस्न पाईदैन, कम्युनिष्ट सरकार चाहिदैन, जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभुमिको रक्षा गर्न सक्दैन, महिलालाई हेप्न पाईदैन, हत्यारा सरकार चाँहिदैन, जहा नारीको सम्मान हुन्छ त्यहा ईशवरको बास हुन्छ, महिला एकता जिन्दाबा...
विदेशी बुहारीलाई ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिबाट पारित

विदेशी बुहारीलाई ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिबाट पारित

राजनीति
काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको हो। आइतबार सिंहदरबारमा बसेको समितिको बैठक उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको हो। समितिले पारित गरेको उक्त प्रस्तावसहितको विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने फरक मत राखेका छन्। कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले अरु बुँदामा आफ्नो सहमति रहेको तर वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने व्यवस्थामा सहमत हुन नसकेको बताए । कांग्रेसले समितिमा यसबारे आफ्नो फरक मत पनि दर्ता गरा...
नेकपा र सीसीपीबीचको भिडियो कन्फ्रेन्सप्रति काँग्रेसकाे आपत्ति

नेकपा र सीसीपीबीचको भिडियो कन्फ्रेन्सप्रति काँग्रेसकाे आपत्ति

राजनीति
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी) बीचको भिडियो कन्फ्रेन्स भएको विषयप्रति आपत्ति जनाएकाे छन। काँग्रेसका युवा नेता रामहरि खतिवडाले उक्त भिडियो कन्फ्रेन्स भएको विषयप्रति आपत्ति जनाएका हुन्। उनले कम्युनिस्टहरूबाट राष्ट्रियता र लोकतन्त्रमाथि नै खतरा बढेको टिप्पणी गरेका हुन्। नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स मार्फत ‘पार्टी र देशलाई परचालन गर्ने अनुभव आदान–प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठि उद्घाटन समारोह’को आलोचना गरेका हुन्। खतिवडाले यस्ता गतिविधी गरेर नेकपाले मुलुकमा चिनियाँ हस्तक्षेप बढाएको आरोप लगाए । उनले नेकपाले संविधानको प्रस्तावना र जनताले लेखेको संविधानको भावना विपरित चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिहरूमा संलग्न भएको बताए । खतिवडाले कम्युनिस्टहरूको गलत न...
नेकपाको निर्णयले कांग्रेस र जसपामा तरङ

नेकपाको निर्णयले कांग्रेस र जसपामा तरङ

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने दिर्णय गरेपछि प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । दुई बर्षदेखि विवादित बन्दै आएको नागरिकता विधेयकको बारेमा नेकपाले विवाह गरेर आउने बुहारीलाई सात बर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले नागरिकता विधेयक टुंगो लगाउने गरी निर्णय गरेसँगै कांग्रेस र जसपाले कडा आपत्ति जनाएका छन् । जसपाले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताउदै नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको आरोप लगाएको छ । राज्य व्यवस्था समितिले यही मंगलवार पाँच दिनभित्र सहमति जुटाउन राजनीति दलहरुलाई आग्रह गरेको थियो । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राज्य ...