राजनीति

‘एकताअघिकाे सम्झौता पालना भएन’

‘एकताअघिकाे सम्झौता पालना भएन’

राजनीति
काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्डले एकताअघिकाे सम्झौता पालना नभएको गुनासो गरेका छन् । उनल तत्कालीन माओवादी र एमालेवीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएकोमा घुमाउराे शैलीमा अापत्ति समेत जनाए। बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उदघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन नहुँदा दुवै अध्यक्षवीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् । बुधबारको बैठकमा प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने कुरा शब्दमा उल्लेख नगरेता पनि जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए । ‘यसले गर्दा प्रधानमन्त्रीज्यूलाई पनि पार्टीले सरकारलाई सहयोग नगरेजस्तो लाग्ने, मलाई पनि उहाँ आफ्नै किसिमले चलेजस्तो लाग्ने ।’ प्रचण्डले बैठकमा भने । तत्कालीन एमाले र माओवादीवीच ०७५ जेठ ३ गते औ...
‘सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्न थालियो’

‘सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्न थालियो’

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्ने प्रवृत्ति मौलाउँदै गएको बताएका छन्। बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विषयवस्तुको तथ्यमा नगएर हरेक निर्णयमा भ्रष्टाचार देख्न थालिएको भन्दै गुनासो गरेका हुन्। कोरोना नियन्त्रणका लागि ल्याउने हरेक मेडिकल सामग्रीमा भ्रष्टाचार देख्न थालिएको भन्दै प्रधानमन्त्रीले आक्रोस पोखे। मेडिकल सामग्री खरिद गर्न नपाउने व्यापारीले नै अर्कोले ल्याउँदा भ्रष्टाचार भएको भन्दै बदनाम गर्ने गरेको ओलीको भनाइ छ। सरकारले कोरोना नियन्त्रणमा कतिपय काम राम्रा काम गरे पनि पार्टीका नेताहरुले प्रतिरक्षा नगरेकोमा प्रधानमन्त्रीले आक्रोस। ‘सरकारले कोरोना नियन्त्रणमा राम्रा काम गरे पनि नेताहरुबाट प्रतिरक्षा नै भएन,’ उनले भने, ‘सडकमा आउने भीडले जे भन्छ त्यसैका पछाडि हाम्रा पार्टीका नेताहरु कुद्...
नेपालमा यी ११ क्षेत्रमा चिनियाँ अतिक्रमण, किन बोल्दैन सरकार ?

नेपालमा यी ११ क्षेत्रमा चिनियाँ अतिक्रमण, किन बोल्दैन सरकार ?

राजनीति
काठमाडाैँ । भारत-चीनबीच पूर्वी लद्दाखको गलवान भ्यालीमा आमनेसामने भएका समयमा नेपाल-भारतबीच पनि सीमा विवाद सुरु भएको छ । भारत-चीन दुबै मुलुकले नेपालको सीमा अतिक्रमण गरेका छन् । भारतले अतिक्रमण गरेका भूमिमाथिको अतिक्रमण रोक्‍न भन्दै नेपालले विरोध पत्र पठाउनुका साथै भारतले अतिक्रमण गरेका लिम्पियाधुर, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । वर्षौंदेखि भारतले पनि नेपाली भूमि अतिक्रमण गरेको छ भने चीनलेसमेत नेपालका विभिन्‍न ११ ठाउँहरुमा अतिक्रमण गरेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका असफलता र चिनियाँ अतिक्रमणलाई ढाकछोप गर्न भारतविरुद्ध नेपाल उभ्याएको भारतीय मिडियाहरुको आरोप छ । भारतीय सञ्‍चारमाध्यम जीन्युजले सार्वजनिक गरेको एक प्रमाण अनुसार चीनले नेपालका विभिन्‍न ११ स्थानहरुमा अतिक्रमण गरेको छ । तर, प्रधानमन्...
चीनले तिब्बतलाई स्वशासित क्षेत्र बनाउँदा नेपालकाे गाउँ नै हत्यायाे

चीनले तिब्बतलाई स्वशासित क्षेत्र बनाउँदा नेपालकाे गाउँ नै हत्यायाे

राजनीति
गोरखा — हाल तिब्बतमा परेको रुई गाउँ नेपालकै भएको प्रमाण स्थानीयसँग अझै पनि सुरक्षित रहेको स्थानीय अगुवाहरुले दाबी गरेका छन् । ‘त्यो हाम्रै देश हो, यसको प्रमाण नै छ,’ तत्कालीन ल्हो गाविसका पूर्वअध्यक्ष तेन्जेन लामा भन्छन्, ‘रुई गाउँ एकचोटि पुगेको पनि छु म ।’ रुई गाउँ नेपालकै भएको प्रमाणका रूपमा ताम्रपत्र अझै पनि साम्दोमा सुरक्षित रहेको उनको दाबी छ । उनले भने, ‘त्यहाँ हामीलाई यताउता डुल्न दिँदैन, जुन घरमा गएको हो त्यहीँ बसेर फर्कनुपर्छ ।’ नेपाल र तिब्बतको सीमा सुक्चे खोला रहेको उनले बताए । ‘अहिले साम्दो र रुईबीचको ठाउँमा सिमेन्टको मन्दिरजस्तो बनाएर स्तम्भ गाडेका छन्,’ उनले भने । २०१८र०१९ सालको नापी र मालपोतको अभिलेखमा पनि रुई गाउँ नेपालको भएको प्रमाण पाउन सकिने उनको भनाइ छ । ‘पहिले–पहिले बर्खामा रुईका मान्छे साम्दो आउँथे, हिउँदमा रुई गाउँ उक्लन्थे,’ उनले भने, ‘पहिले त नुन, उनको व्यापारिक क...
प्रचण्डले ओलीको राजीनामा मागेपछि नेकपामा हलचल

प्रचण्डले ओलीको राजीनामा मागेपछि नेकपामा हलचल

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । पटक पटक टार्न खोजिएको स्थायी कमिटि बैठक आजबाट शुरु हुने भएको छ । बैठक अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा केन्द्रित हुने भनिएपछि चुरो कुरा सत्तासंघर्षमै केन्द्रित हुने देखिएको छ । यो बैठकले नेकपाको भावी दिशा र ओली सरकारको भविष्यको समेत टुंगो लगाउने स्पष्ट संकेत देखिएको छ । एमसीसीलाई नेकपाभित्र अस्त्रका रुपमा नेताहरुले प्रयोग गर्न थालेका छन् । यसैलाई असफल बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मका रणनीति चालिएका छन् । एमसीसीका सवालमा नेकपाभित्र ओलीको विपक्षमा हेभिवेटहरु एकजुट भएका छन् । सचिवालय देखि केन्द्रीय समितिसम्म ओली अल्पमतमा देखिएका छन् । उनको भर संसदीय दल छ जहाँ बहुमत रहेको दाबी उनी निकटस्थले गर्दै आएका छन् । एमसीसीको सवालमा हि...
नेपाल-चीन सीमा विवाद: सीमास्तम्भ नै गायब

नेपाल-चीन सीमा विवाद: सीमास्तम्भ नै गायब

राजनीति
दोलखा । नेपाल–चीन सीमास्तम्भमध्ये दोलखाको उत्तरी भूभागको कोर्लाङपारि पर्ने पिलर नम्बर ५७ गायब छ। नापी विभागले सन् १९९२ मा प्रकाशन गरी सन् १९९६ मा फिल्ड प्रमाणीकरण गरेको स्थलरुप नक्सा (ट्रोपोम्याप)मा उक्त पिलर गायब पाइएको हो। बिगु गाउँपालिका–१ लामाबगर उता कोर्लाङपारिमा रहेको यो पिलरको अवस्थितिबारे नेपाल र चीनको धारणा बाझिएपछि नक्साबाट हटाइएको हुन सक्ने जानकार बताउँछन्। नेपाल–चीन सीमामध्ये दोलखामा पाँच सीमास्तम्भ छन्। समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइको कोर्लाङपारिमा पिलर नम्बर ५५ र ५६ छन्। यी दुई पिलर तामाकोसी नदी वारि र पारि पाइएको छ। करिब ४ हजार ४ सय मिटर उचाइको उवाबारीनजिक पिलर नम्बर ५८ र ५९ छन्। यी पिलर लप्चे खोला किनाराको वारि र पारि पाइएको छ। बिगु–१ लामाबगरको उपल्लो गाउँ लप्चीका बासिन्दा भन्छन्, ‘सीमास्तम्भ नेपालतिर सार्न चीनका सेनाले बेला–बेला दु:ख दिने गरेका छन्।’ विभागका सूचन...
चीनले कति मिच्याे नेपालकाे सीमा?

चीनले कति मिच्याे नेपालकाे सीमा?

राजनीति
काठमाडौँ — नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ । संवैधानिक तथा सरकारी निकायका प्रतिवेदनले दोलखाको उत्तरी भेगको ९९ रोपनी तथा हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा र रसुवाको ६४ हेक्टर (१२५७.६० रोपनी) नेपाली भूभाग वर्षौंदेखि चिनियाँ अतिक्रमणमा रहेको उल्लेख गरेका छन् । चीनपट्टि पारिएका गोरखा र दार्चुलाका नेपाली गाउँको भने मापन नभएकाले कति क्षेत्रफल अतिक्रमणमा परेको भनेर प्रतिवेदनमा खुलाइएको छैन । चीनसित सन् २००५ पछि सीमावार्ता भएको छैन । सन् २०१२ मा हुन लागेको वार्ता अचानक स्थगित गरेको नेपालले त्यसपछि कुनै पहल नगर्दा सीमा विवाद यथावत् रहेको नापी विभागका अधिकारीहरूले बताएका छन् । नापी विभागका अधिकारीका अनुसार...
धनुषा र सप्तरीमा प्रधानमन्त्रीको पुत्ला दहन

धनुषा र सप्तरीमा प्रधानमन्त्रीको पुत्ला दहन

राजनीति
जनकपुरधाम । प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएका छन् । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विरोधमा मंगलबार प्रदेश २ का विभिन्न जिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्दै प्रदर्शनहरू भएकाे हाे। प्रदेशको अस्थायी राजधानी जनकपुरधामसहित प्रायः सबै जिल्लामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, १० अर्बबाट ध्यान हटाउन पाइँदैन, महिलामाथि विभेद, अत्याचार गर्न पाइँदैन जस्ता नारा लगाएका छन् । जिल्लाहरुमा मंगलबार जनता समाजवादी पार्टीको अगुवाईमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । यहाँ प्रदेश सांसद रामाशिष यादव समेतको सहभागितामा निकालिएको विरोध जुलुसपछि स्थानीय जनक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । ...
नागरिकताको विषयमा पूर्व राजाले भने- जनमतकाे कदर गराैँ

नागरिकताको विषयमा पूर्व राजाले भने- जनमतकाे कदर गराैँ

राजनीति
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत राखेपनि समितिले बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । यस विषयमा तराइका कतिपय स्थानमा विरोध भइरहेका छन् भने कतिपयले राम्रो पनि भनेका छन् । तराइका जिल्लाहरुमा नेपाल तरुण दल, जनता समाजावदी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले नागरिकता ऐन संशोधन विधेकको विरुद्धमा प्रदर्शनमा समेत उत्रिएका थिए । नागरिकताको विषयमा कतै समर्थन त कतै विरोध भइरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले पनि मुख खोलेका छन् । आज (मंगलबार) साँझ एक ट्वीट गर्दै पूर्वराजा शाहले देशको नियम कानून समयानुसार फेरबदल हुनु आवश्यक रहेको बताउँदै जनमतको कदर गर्नु सबै राजनैत...
नेकपा स्थायी कमिटी बैठक बस्दै

नेकपा स्थायी कमिटी बैठक बस्दै

राजनीति
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने जानकारी दिए । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थ...