राजनीति

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

राजनीति
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने छ । छानबिनका क्रममा आवश्यक देखे समितले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ ।...
द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री

द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री

राजनीति
काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन बजेटको अभाव हुन नदिने बताएकी छिन । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कानून मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दशवर्षे सशस्त्र द्वन्द्वका समयकाका पीडितलाई न्याय दिने कामलाई टुङ्गोमा पु-याएर छाडिने बताइन । शान्ति प्रक्रियाअन्तर्गत पीडितलाई न्याय तथा परिपूरणको काम बाँकी छ । सरकारले विसं २०७१ मा गठन गरेको निरुपण तथा मेलमिलाप अयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले छ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेपछि अहिले नयाँ पदाधिकारी आएका छन् । सो ऐन संशोधन भने हुन सकेको छैन । मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँगै जोडिएका ३१ मध्ये १७ ऐन बनाउँदा बनाए पनि कार्यान्वयनका लागि १४ नियमावली बनाउनुपर्ने जानकारी दिइन । उनका अनुसार जातीय भेदभाव तथा छ...
सबै किसिमका हिंसा अन्त्य गर्न सरकार प्रयासरत छः मन्त्री पार्वत गुरुङ

सबै किसिमका हिंसा अन्त्य गर्न सरकार प्रयासरत छः मन्त्री पार्वत गुरुङ

राजनीति
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले समाजमा रहको कूसंस्कार, कूरिती र अन्धविश्वास अन्त्य गर्नका लागि मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए । उनले महिला, बालबालिका र जेष्ठ नागरिक माथि हुँदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमहरु तय भएको बताए ।मन्त्री गुरुङ बालबालिकाको राष्ट्रिय रणनीति तयार गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यको लागि महिला आर्थिक सशक्तिकरणमा जोड दिने र जेष्ठ नागरिकलाई सक्रिय बनाई पुस्तान्तरणको रुपमा विकास गर्ने कार्यक्रमहरु आएको बताए ।...
अन्तिम चरणमा पुग्याे मौलिक हक अन्तर्गतका ऐनको नियमावली निर्माण कार्य

अन्तिम चरणमा पुग्याे मौलिक हक अन्तर्गतका ऐनको नियमावली निर्माण कार्य

राजनीति
काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्हाङ्फेले मौलिक हक अन्तर्गत बनेका १६ वटा ऐनको नियमावली निर्माणको काम सकिएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङ्फेले केही नियमावली लकडाउनका कारण अघि बढ्न नसकेको बताइन् । गत वर्ष मौलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण भएको र त्यसअन्र्तगतका १४ वटा ऐनको नियमावली बनाउनुपर्नेमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन पहिलो संसोधन २०७५, सार्वजनिक सुरक्षा ऐन २०७५ यी दुई ऐनको आवश्यक नरहेको जानकारी गराइन् । अपराध पीडित संरक्षण ऐन २०७५ को नियमावली महान्यायाधिवक्ताको कार्यालयमा गएको भन्दै लकडाउनका कारण छलफल हुन नसकेकोले रोकिएको उनले बताइन् । उनले भनिन्, ‘ नियमावली बनेको छ, अब कार्यान्वयमा जानेछ ।...
आज सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिँदै

आज सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिँदै

राजनीति
काठमाडौं, जेठ २६ संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएकाे छ। बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । बैठकमा सांसदहरुले पेश गरेको २४ भन्दाबढी खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् । यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची तय भएको छ । मन्त्रीहरूले जवाफ दिएपछि आजै विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने कार्यसूची छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएल...
बाबुरामकाे पद टिपेक्सले मेटेर किन गरियो घटुवा ?

बाबुरामकाे पद टिपेक्सले मेटेर किन गरियो घटुवा ?

Featured, राजनीति
काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् । स्रोतका अनुसार निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको थियो। तर निर्वाचन आयोगमा पुग्दा भने बाबुरामको नाम ‘टिपेक्स’ले मेटेर अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ। डा. भट्टराईको नाम २ नम्बरमा लेखिएको देखिएपनि पछि टिपेक्स लगाएर हटाइएको प्रस्ट देखिन्छ । यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरुको कार्यविभाजन भएको थियो । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राज...
कांग्रेस केन्द्रीय समिति बैठक साेमबार २ बजे बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक साेमबार २ बजे बस्ने

Featured, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा काेराेना भाइरस (कोभिड–१९) को महामारीका सम्बन्धमा छलफल हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न माग

पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न माग

राजनीति
काठमाडौं । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोनाको महामारीबाट चेपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेको हुन् । सञ्चारकर्मी आफ्नाे पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमा समेत युनियनको जोड छ ।...
पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगे जसपाका नेताहरु

पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगे जसपाका नेताहरु

राजनीति
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपाका नेताहरु आयोग पुगेका हुन् ।...
बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं: सांसद यादव

बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं: सांसद यादव

राजनीति
काठमाडाैँ । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीय सरकारले प्रदेशहरूलाई संतुलित ढंगले बजेट नदिएको बताएका छन्। शनिबार प्रतिनिधिसभा संसदमा खर्च कटौती प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद यादवले यस्ताे बताएका हुन्। प्रदेश २ मा गरिबी दर बढी भए पनि बजेट बाँडफाँडमा विभेद गरिएको उनले बताए। ‘प्रदेश २ ले जम्मा दुई करोड पाउने कर्णाली, गण्डकी, सुदुरपश्चिम लगायतले अरबभन्दा धेरै पाउने?,’ उनले प्रश्न गरे। उनले प्रदेश २ मा संघले बजेट दिन नखोजेको कि बाँडफाडमा फर्मुला नमिलेको भन्ने प्रश्न अर्थमन्त्रीलाई राखेका छन्। ‘प्रदेश २ लाई भिकारीजस्तो खोजेको हो कि मधेशी भएर हेप्न खोजेको अर्थमन्त्रीजीले?,’ उनले प्रश्न गरे। ‘संघीयता फेल गराउने बजेट ल्याएको महशुस भएको छ,’ उनले भने, ‘प्रदेश २ का नागरिक यो देशका हुन् कि होइनन्। मधेशीसँग किन सौतेनी व्यवहार?’ ‘बजेट बाँडफाँडमा संतुलन भएन भने सर्वोच्च अदा...