राजनीति

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई शपथ गराइयो

संवैधानिक निकायमा सिफारिस गरिएकाहरूलाई शपथ गराइयो

राजनीति
काठमाडाैं । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुले शपथ ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएकी हुन् । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका थिए । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए ।...
नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की

Featured, राजनीति
कर्णाली । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताएका छन् । न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत आइपुग्नुभएका न्यायाधीश कार्कीले आज सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा व्यक्त गरे । “पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेको छ, यसले न्यायाधीशमा त्रासको वातावरण सिर्जना गर्छ”, उनले भने, “अदालतले सडक बाहिर नभई प्राप्त मिसिल र कानून हेरेर फैसला गर्नुपर्ने हुन्छ ।” न्यायाधीश कार्कीले मुद्दा परिसकेपछि सडकमा नारा जुलुस गर्नुभन्दा अनुसन्धान प्रक्रियामा राज्यका निकायलाई सहयोग गर्न सरोकारवालालाई सुझाव दिए । “न्यायाधीशले मिसिलमा प्रमाण के छ? त्यो हेरेर आदेश–फैसला दिनुप...
‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग अचम्मको अधिकार हुन्छ’

‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग अचम्मको अधिकार हुन्छ’

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्माका कानुन व्यवसायीहरूले संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग संसद विघटन गर्न पाउने विशेष अधिकार हुने दाबी गरेका छन् । संसद विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधिनक इजलासमा भइरहेको सुनुवाइका क्रममा प्रधानमन्त्रीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्रीसँग संसदमा अनुशासन कायम गर्नका लागि अचम्मको अधिकार भएको बताए । नेपालमा संसदीय व्यवस्था रहेको र त्यस अन्तर्गतको प्रधानमन्त्रीलाई संसद र मन्त्रिपरिषद्‍मा अनुशासन कायम गर्नका लागि प्रधानमन्त्रीका लागि 'अचम्मको अधिकार' हुने वरिष्ठ अधिवक्ता पन्तको भनाइ थियो । प्रधानमन्त्रीले त्यस्तो अधिकार प्रयोग गर्न नपाउने हो भने संविधान, ऐन वा कानुनमा स्पष्टसँग लेख्नुपर्ने उनको तर्क थियो ।...
निर्वाचनका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल

निर्वाचनका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताए । उनले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने, बजेटको कुनै अभाव नहुने तथा सरकारको नीतिअनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुनेछ ।” साथै कोभिड–१९ को महामारीको समयमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्नुपरेकाले सबै प्रकारका...
डा. बाबुराम भट्टराई भन्छन् – अदालतको भर नपरौं, सडकमा जाऔं

डा. बाबुराम भट्टराई भन्छन् – अदालतको भर नपरौं, सडकमा जाऔं

Featured, राजनीति
अर्घाखाँची ।  पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अदालतले जनताको पक्षमा फैसला गर्छ भनेर सोचेर बस्न नहुने बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले अदालत छ भनेर ढुक्क हुन सकिने अवस्था नरहको बताए । यद्यपी संसद पुनर्स्थापनाको विकल्प नभएको उनको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देश डरलाग्दो अवस्थामा जाने खतरा रहेको भन्दै यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको सडक आन्दोलनबाट सच्चाउनुको विकल्प नभएको बताए। ‘संसद पुनर्स्थापना हुन्छ भन्ने मलाई लाग्दैन, बैशाखमा चुनाव पनि हुँदैन, डा. भट्टराईले भने,‘नेपाली जनताका लागि सहज अवस्था आउँदैन।’ प्रधानमन्त्री र राष्ट्रपति मिलेर संकटकाल लगाउन सक्ने पनि उनले बताए।...
कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको होः महान्यायाधिवक्ता

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको होः महान्यायाधिवक्ता

राजनीति
काठमाडाैं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राख्नुभयो । महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट गर्नुभयो । सरकारका प्रमुख कानूनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको जनाउनुभयो । पहिलो र दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उहाँले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताउनुभयो । “रिट न...
सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने

राजनीति
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधताको संरक्षणका लागि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउनुपर्नेमा जोड दिनुभयो । सिमसार क्षेत्र संँगसँंगै चुरे संरक्षण क्षेत्रको पनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी रहेकामा जोड दिँदै उहाँले सिमसार क्षेत्र तथा तराई चुरे संरक्षणका लागि मन्त्रालयले अहं भूमिका खेलिरहेको बताउनुभयो । सिमसार तथा चुरे क्षेत्रको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको जानकारी उहाँले दिनुभयो । कार्यक्रममा वन सचिव डा विश्वकान्त ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट विभिन्...
प्रजातन्त्रवादी नेतृ सुकीलगायतका नेतालाई रिहा गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रजातन्त्रवादी नेतृ सुकीलगायतका नेतालाई रिहा गर्न राष्ट्रिय जनमोर्चाको माग

राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चाले म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको विरोध गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको उक्त कदमले म्यानमारका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरुसहित लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’...
संवैधानिक परिषदकाे बैठक स्थगित

संवैधानिक परिषदकाे बैठक स्थगित

राजनीति
काठमाडौं । संवैधानिक परिषद बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्राेतले बतायाे । यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारेर बुधबार साँझ बस्ने भनिएकाे थियाे। दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरिदिएका थिए । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा ...
विप्लव समूहका नेता भेट्न नख्खु कारागार पुगे मन्त्री थापा

विप्लव समूहका नेता भेट्न नख्खु कारागार पुगे मन्त्री थापा

राजनीति
काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए । कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे । काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् । संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने कोषिश गरेका छन् । यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् । ९ चैत २०७५ मा काभ्रेबाट पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रा।लि।को मुख्यालय अगाडि भएको विष्फोटमा संलग...