राजनीति

संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको होः पन्त

संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको होः पन्त

राजनीति
काडमाडाैं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको सुनुवाइमा प्रधानमन्त्रीका तर्फबाट आज पनि बहस गर्दै उहाँले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटन भएको जिकिर गर्नुभयो । उहाँले नेपालको संविधानको धारा ७४ ले विघटन अधिकार दिएको र त्यसका लागि धारा ८५ पर्याप्त भएको धारणा राख्नुभयो । विसं २०५१ मा गिरिजाप्रसाद कोइराला, २०५२ मा मनमोहन अधिकारीले गरे जस्तै अहिले २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन संसदीय अभ्यासअनुसार नै भएको जिकिर उहाँले गर्नुभयो । उहाँले नेपालको संसदीय व्यवस्था ‘सुधारिएको’ र ‘हाइब्रिड’ दुवै भएको समेत इजलासको प्रश्नको जवाफमा बताउनुभयो ।आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकार...
सिन्धुलीमा ७ मतदानस्थल थप्न सिफारिस

सिन्धुलीमा ७ मतदानस्थल थप्न सिफारिस

राजनीति
सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो । कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालिकाको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ । नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयोगलाई सिफारिस गरिएको उहाँको भनाइ छ । निर्वाचन कार्यालयले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारीअनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ । आयोगमा कार्यालयले कार्यतालिकाअन...
रामकुमारी झाँकीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

रामकुमारी झाँकीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाइएकाे छ। नेकपा केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएकाे हाे । बुधबार गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाहि गर्न माग गरेको हो । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु-याउने नियतले आपत्तिजनक...
भोलि आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहकाे घोषणा

भोलि आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहकाे घोषणा

राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार आम हड्ताल घोषणा गरेको हाे । नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबारे आधिकारीक जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।...
अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् । प्रमुख आयुक्त राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।...
कांग्रेसका १३ भातृ संगठनकाे देशभर विराेध प्रदर्शन गर्ने

कांग्रेसका १३ भातृ संगठनकाे देशभर विराेध प्रदर्शन गर्ने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध विराेध र्याली निकालेका छन्। साेमबार निकालिएकाे विराेध र्याली काँग्रेसका सम्पुर्ण भातृ संगठनहरूका सदस्य सहभागी भएका थिए। संसद विघटनकाे असंवैधानिक कदम, सर्वसत्तावाद र भ्रष्टाचारका विरूद्दमा, लाेकतान्त्रिक संविधान रक्षााका पक्षमा विराेध र्याली निकालिएकाे हाे। विराेध र्यालीमा सहभागीहरूले नेपाली काँग्रेस जिन्दावाद, संसद विघटन गर्न पाइदैन लगायतकाे नारा लगाएका थिए। कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिएकाे हाे।...
प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । आज दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि नेकपा प्रचण्ड–नेपाल समूहले आजको पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।...
संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा सभामुख पनि गएनन् 

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा सभामुख पनि गएनन् 

राजनीति
काठमाडाैं । सभामुख अग्नि प्रसाद सापकोटा संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बुधबार बिहान ३२ जना पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट तथा सदस्यहरुलाई सम्बन्धित आयोगको प्रमुखबाट शपथ गराइएको हो । संविधान मिचेर पदाधिकारी नियुक्त गरेको भन्दै सभामुख कार्यक्रममा नगएको उनी निकटहरुको भनाइ छ।...
अख्तियारबाट राजिनामा दिंदै कार्यवाहक अध्यक्ष जोशी, यस्ताे छ कारण

अख्तियारबाट राजिनामा दिंदै कार्यवाहक अध्यक्ष जोशी, यस्ताे छ कारण

राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक अध्यक्ष डा. गणेशराज जोशीले राजिनामा दिने भएका छन् । आयोगकाे प्रमुखमा पूर्व गृहसचिव प्रेमकुमार राईको नियुक्ति भएसँगै उनले कार्यवाहक अध्यक्षबाट राजिनामा दिन लागेका स्राेतकाे दावी छ । अख्तियार स्राेतका अनुसार आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका राईको मातहतमा बसेर आफुले काम गर्न नसक्ने कारण देखाउँदै उनले आजै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने तयारी गरेका हुन् । राई, जोशीभन्दा जुनियर अधिकृत हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । त्यसैले अहिले जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिन लागेका हुन् । जोशी बुधबार कार्यालय गएका छैनन् । जोशी सँगै आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले पनि राजिनामा दिने सम्भावना रहेको स्रोतको दावी छ । अख्तियारमा नियुक्त भएका प्रमुख आयुक्त प्रेम...
उपराष्ट्रपति पुनद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार

उपराष्ट्रपति पुनद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार

राजनीति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार विहान आयोजित शपथग्रहण कार्यक्रममा पुन सहभागी भएनन्। पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका पुन नेकपाको विवादले दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा देखिएका हुन्। केहीदिन अघिमात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका केन्द्रीय परिषद संयोजक बाबुराम भट्टराई र पुनले उनकै निवासमा भेटवार्ता गरेका थिए।...