राजनीति

माधव नेपालले सुकुमबासी समस्या समाधान गर्न दिएनन् : प्रधानमन्त्री ओली

माधव नेपालले सुकुमबासी समस्या समाधान गर्न दिएनन् : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासी समस्या समाधान गर्ने सरकारको प्रयासमा अवरोध सिर्जना भएको बताएका छन् । भूमिहीन सुकुमबासी संगठन केन्द्रीय कमिटीले बुधबार काठमाडौंमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले सुकुमबासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा अड्चन खडा गरेको दावी गरे । नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिँदै उनले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे । उनले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्दा लगाएर लच्चिएकोलच्चियै काम हुन पाएन । भूमि व्यवस्था समाधान हुन नदिने, एउटा हाजिरीजवाफ प्रतियोगिताजस्तो चलाइहालुँ । तपाईंहरूलाई म सोध्छु । सुकुमबासी समस्या समाधान हुन नदिने नेताहरू...
अनेरास्ववियुद्वारा काठमाडाैंमा राँके जुलुस

अनेरास्ववियुद्वारा काठमाडाैंमा राँके जुलुस

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको कदमको विरोध गर्दै राँके जुलुस निकालिएको अनेरास्ववियुले जनाएको छ । भोलि बन्द सफल पारौं, केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद लगायतको नारासहित उनीहरुले राँके जुलुस निकालेका थिए । नेकपा प्रचण्ड–नेपाल समूहले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको र त्यसको पूर्व सन्ध्यमा राँके जुलुस निकालिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह निरन्तर रुपमा आन्दोलनमा छ । संसद विघटन विरुद्ध परेका एक दर्जनभ...
प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको ओलीद्वारा खुलासा

प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको ओलीद्वारा खुलासा

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई वर्षका लागि प्रधानमन्त्री बन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको दावी गरेका छन् । नेपाल भुमिहिन सुकुम्बासी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूह समूहले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका हुन । सभापति देउवा र नेकपा अध्यक्ष माधवकुमार नेपालको भेटवार्ताका क्रममा अध्यक्ष नेपालले देउवालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको ओलीको दावी छ । प्रधानमन्त्री ओलीले भने– ‘अस्ति माधव नेपाल १८ गते शेरबहादुर देउवाजीकाँ गका थिए । रामका अगाडि हनुमान घुँडा टेकेर प्रणाम गर्छन् नि माधव त्यसरी नै बसेका थिए । अब दुई वर्षको प्रधामन्त्री तपाई नै हो । तपाईलाई नै दिन्छौं । दुई वर्षको प्रधानमन्त्री खानुस लेखेर दिन्छौं । सही गरेर दिन्छ...
संवैधानिक निकायको नियुक्ति तथा सपथ ग्रहणमा कांग्रेसको आपत्ति

संवैधानिक निकायको नियुक्ति तथा सपथ ग्रहणमा कांग्रेसको आपत्ति

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक निकायमा सरकारले गरेको नियुक्ति तथा सपथ ग्रहणको विरोध गरेको छ। बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शितल निवासमा सपथ ग्रहण गराइएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै भनेका छन्,'दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरूद्ध संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।' संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको थियो। कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको जनाएको छ।...
अख्तियारका आयुक्त जोशीले दिए राजीनामा 

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा 

राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । बुधबार राजीनामा दिएका जोशी आयोगबाट विदासमेत भएका छन् । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेम कुमार राईको मातहतमा बसेर काम गर्नुपर्ने भएपछि उनले राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष राजिनामा बझाएका हुन् । राई जोशीभन्दा जुनियर अधिकृत हुन् । विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । त्यसैले अहिले जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिएका स्रोतले बताएको छ ।...
अवहेलना मुद्दा : प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

अवहेलना मुद्दा : प्रचण्डलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

Featured, राजनीति
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले सोमबार सर्वोच्चमा दर्ता गराएकाे अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रचण्डविरुद्धकाे मुद्दामा मंगलबार नै सुनुवाइ हुने भनिए पनि 'हेर्न नभ्याइने' भन्दै बुधबारका लागि पेसी सरिएको थियो । निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्क...
‘ओली सरकारकाे काम हेर्दा जंगलीराजको सुरु भएको आभास भइरहेकाे छ’ 

‘ओली सरकारकाे काम हेर्दा जंगलीराजको सुरु भएको आभास भइरहेकाे छ’ 

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगलीराज सुरु गरेको बताएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलीराजको सुरु भएको आभास भएको बताएका हुन् । ‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तरपनि हामी त जनताकै घरदैलोमा थियौँ, तर आज ओली नेतृत्वको सरकारचाहिँ जंगली राजमा चलेको छ’, प्रचण्डको भनाइ छ । उनले बहिर्गमित जनमुक्ति सेनालाई ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको पनि बताए ।...
ओलीले संविधान कुल्चेलर लोकतन्त्रमाथि प्रहार गरे : भीम रावल

ओलीले संविधान कुल्चेलर लोकतन्त्रमाथि प्रहार गरे : भीम रावल

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको काम संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै भएको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा आपत्ति जनाउँदै रावलले संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार भएकाे दावी गरे । ‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो। यो निन्दनीय छ’ रावलले ट्वीटरमा लेखेका छन् ।...
प्रचण्ड–नेपाल समूहको आमहड्तालः भोलि के–के खुल्छ के–के बन्द हुन्छ?

प्रचण्ड–नेपाल समूहको आमहड्तालः भोलि के–के खुल्छ के–के बन्द हुन्छ?

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ । आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने प्रचण्ड-नेपाल समूहले प्रष्ट पारेकाे छ । संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको प्रचण्ड-नेपाल समूहले जनाएकाे छ।...
संवैधानिक नियुक्तिको बलमिच्याइँ निरंकुशताको पराकाष्टा हो– नारायणकाजी श्रेष्ठ

संवैधानिक नियुक्तिको बलमिच्याइँ निरंकुशताको पराकाष्टा हो– नारायणकाजी श्रेष्ठ

राजनीति
काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशताको पराकाष्टा भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक नियुक्ति निरंकुशताको पराकाष्टा भएको दाबी गरे । ‘भोलिको आमहड्ताल सरकारले बलमिच्याइँको रूपमा गरेको नियुक्तिको प्रतिरोधमा गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने । आम हड्तालका कारण जनतालाई पर्ने कष्टप्रति क्षमा माग्दै संविधानको रक्षाका लागि आमहड्ताल गरिएको श्रेष्ठकाे भनाइ...