राजनीति

प्रचण्ड-नेपाल समूहको आमहडताल साँझ ६ बजपछि अन्त्य हुने

प्रचण्ड-नेपाल समूहको आमहडताल साँझ ६ बजपछि अन्त्य हुने

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे अन्त्य हुने भएको छ । साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘हाम्रो आमहडतालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने । संवैधानिक आयोगमा बलजफ्ति नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार तीव्र रुपमा अघि बढेकाले त्यसकाविरुद्ध आमहडताल गरिएको त्यस समूहको प्रष्टिकरण छ । अध्यक्ष माधवकुमार नेपालले आमहड्तालका कारण जनतालाई कस्ट परेको भन्दै माफी समेत मागेका छन्। जनताले एक दिन सास्ती व्यहोर्नुपरेपनि केपी ओलीको तानाशाही प्रवृत्ति अन्त्यका लागि आमहडतालको विकल्प नभएको उनको तर्क छ ।...
मशाल जुलुसपछि मदिरा पिएर हिँडेका नेकपा नेता मृत फेला, २ जना पक्राउ

मशाल जुलुसपछि मदिरा पिएर हिँडेका नेकपा नेता मृत फेला, २ जना पक्राउ

राजनीति
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन् । उनी मृत फेला परेपछि प्रहरीले दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । बुधबार साँझ मसाल जुलुशमा सहभागी भएका वाग्लेसहित तीन जना स्थानीय विवेक होटलमा बसेर मदिरा सेवन गरेको र त्यसपछि उनी मोटरसाइकल चढेर हिँडेको थाह पाएपछि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको हो । स्थानीय विवेक होटलमा हरिश्चन्द्र महत्तो र महेन्द्र महत्तोसहित वाग्ले पनि वसेर मदिरा सेवन गरेको भन्ने थाह पाएपछि इलाका प्रहरी कार्यालय वरहथवाले दुई जनालाई नियन्त्रणमा लिएको हो । बुधबार ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले उनको मृत्यु मोटरसाइकल दूर्घटनामा भएको हुनसक्ने आशंका गरेका थिए । ...
नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदैछ। तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। २०७५ साल कात्तिक ९ गते आयोगले नेकपाको पक्षमा फैसला सुनाएकाे थियाे । त्यसपछि कट्टेलले २०७५ साल मंसिर २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेकपा फुटेर ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको बेला यो मुद्दा पेसीमा चढेको हो। निर्वाचन आयोगलाई विपक्षी बनाइ हालिएको रिटमा आज न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीका संयुक्त इजलासमा पेसी तोकिएको छ।...
धरानमा बन्दकर्ता र मजदुरबीच झडप, एक जना पक्राउ

धरानमा बन्दकर्ता र मजदुरबीच झडप, एक जना पक्राउ

राजनीति
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिहीबार देशभर आमहड्तालकाे घाेषणा गरेकाे छ । बन्द सफल पार्न देशैभर प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । यसैबीच धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ । धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताए ।...
लाेकतन्त्र रक्षाका लागि चाउचाउ र चिउरासहित सडकमा उत्रिए प्रचण्ड

लाेकतन्त्र रक्षाका लागि चाउचाउ र चिउरासहित सडकमा उत्रिए प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवैधानिक नियुक्तिको विरोधमा देशव्यापी आमहड्ताल सफल पार्न सडकमा निस्किएका छन् । प्रचण्ड-नेपाल समूहले आहृवान गरेको आमहड्ताल सफल पार्नका लागि खुमलटारबाट निस्किएर प्रचण्ड सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेर हड्तालको पक्षमा माहौल बनाइरहेका छन् । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ । सातदोवाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीकाे कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ...
संविधान रक्षाका लागि फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

संविधान रक्षाका लागि फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन सक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहले बिहीबार आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्डले सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताउँदै सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए । यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’...
अष्टलक्ष्मी पक्राउ परेपछि रामकुमारी झाँक्रीले भनिन-ओली तानाशाहको दिनगन्ती शुरु भयो

अष्टलक्ष्मी पक्राउ परेपछि रामकुमारी झाँक्रीले भनिन-ओली तानाशाहको दिनगन्ती शुरु भयो

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा मनोमानी नियुक्ती गरेपछि हड्तालमा उत्रिएका नेकपाका कार्यकर्तामाथि धरपकड शुरु भएको छ । केहीबेरअघि नेकपाका बरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यसहित दर्जनौँ नेता पक्राउ परेका छन् । उनलाई पक्राउ गरेपछि सडकमा झनै आक्रोश देखिने भएको छ । शाक्य पक्राउ परेपछि नेकपाका नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको दिनगन्ती शुरु भएको प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालमा शाक्यको तस्विरसहित उनले लेखेकी छिन्,‘खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू भएका छन् । उल्टो बाटो हिडेको तानाशाह गर्ल्याम गुर्लुम छिटै ढल्ने छ। त्यसका मतियार पनि जानेछन । भाग्नेछन् । प्रतिगमन बिरुद्द उठौँ र जागौँ, एक धक्का अरू दिऔं । लोकतन्त्रको रक्षा गर्न, संबिधानलाई सहि ट्रयाकमा ल्याउन, संसद पुनः स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्र...
आम हड्ताल सफल पार्न प्रचण्ड–माधव समूहले तोक्यो कमाण्डर, को कहाँ ?

आम हड्ताल सफल पार्न प्रचण्ड–माधव समूहले तोक्यो कमाण्डर, को कहाँ ?

Featured, राजनीति
नेपाल कम्युनस्टि पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ । आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा कमान्डरहरु तोकिएका हुन् । जसअनुसार निम्न स्थानहरुमा शीर्ष नेताहरु कमान्डरका रुपमा खटिनेछन् । कलङ्कीः युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुः बेदुराम भुसाल, सातदोबाटोः देव गुरुङ, पुल्चोकः पम्फा भुसाल, रत्‍नपार्कः प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा, कोटेश्‍वरः लीलामणि पोखरेल, चाबहिलः वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्‍जः शक्ति बस्‍नेत, गोंगबुः भीम रावल, बालाजुः रघुजी पन्त । प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ ...
बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न – “जनतालाई किन दुःख दिनुपर्‍यो ?”

बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न – “जनतालाई किन दुःख दिनुपर्‍यो ?”

Featured, राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोध्नुभएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्‍यो ?” भनी प्रश्न गर्नुभएको हो । उहाँले जनताले बन्द नभई निर्वाचन चाहेको बताउनुभयो । “बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाउनुभयो । उहाँले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृ...
गृह मन्त्रालय भन्छ: हड्ताल गर्नेलाई कारबाही गर्छौँ, व्यवसाय सञ्चालन गर्नुस्

गृह मन्त्रालय भन्छ: हड्ताल गर्नेलाई कारबाही गर्छौँ, व्यवसाय सञ्चालन गर्नुस्

राजनीति
काठमाडौं । सरकारले बिहीबार निर्धक्क र पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्‍चालन गर्न आग्रह गरेको छ । संवैधानिक निकायमा सार्वजनिक सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले भोलि आम हड्तालको घोषणा पछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन...