राजनीति

ओली समूहको आमसभाका लागि दरबारमार्ग सडकका डिभाइडर हटाइयो

ओली समूहको आमसभाका लागि दरबारमार्ग सडकका डिभाइडर हटाइयो

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौंमा आमसभा आयोजना गरेको छ । ओली समूहको आमसभा नारायणहिटी दरबार संग्रहालय अगाडि हुने जनाईएको छ । ओली समूहको कार्यक्रकको लागि नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ । दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धारमा विधाजित छ । साथै उनीहरुले विभिन्न कार्यक्रम गर्दै आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन् ।...
विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई छाड्न सर्वोच्चको आदेश

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई छाड्न सर्वोच्चको आदेश

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बाँस्तोला (कन्चन)लाई छाड्न आदेश दिएको छ। सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बाँस्तोलालाई छाड्न आदेश दिएको हो। विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सवोच्चले अदालतका रजिष्टार र नेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको हो। बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो ।...
‘ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइयो’

‘ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइयो’

राजनीति
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइएको बताएका छन् । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालमा खटिएका यादवले मुलुकभर शान्तिपूर्णरूपमा आमहड्ताल भइरहँदा जनकपुर तनावग्रस्त बनाउन ओलीको ठाडो निर्देशन दिएको उनको दावी थियो । “हामी शान्तिपूर्णरूपमा जुलुस अगाडि बढाइरहेका थियौँ । भानुचोकमा आइपुगेका थियौँ । म त अगाडिअगाडि थिएँ,” उनले भने, “प्रहरीले हानहान भनेको सुनेँ । केपी ओलीले पहिल्यै निर्देशन दिइसकेका रहेछन् । प्रहरीले अश्रु ग्यास र हवाइ फायर एक्कासि सुरु गर्यो । हाम्रा धेरै साथी घाइते छन् ।” यादवको खुट्टामा अश्रु ग्यासको सेल लागेको र रामचन्द्र झाको टाउको फुटेको उनले बताए । झाको टाउकामा ६ टाँका लगाइएको पनि उनले बताए । केही आन्दोलनकारी प्रहरीको नियन्त्रणमा रहेको र आम...
प्रधानमन्त्री ओलीको पुतला दहन

प्रधानमन्त्री ओलीको पुतला दहन

राजनीति
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विरोधमा आज काठमाडौंमा पुतला दहन भएको छ । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आज चावहिलमा पुतला दहन गरेको हो । संसद विघटन तथा संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले पुतला दहन गरेको हो । संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेकोविरोधमा प्रचण्ड–नेपाल समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।...
संयुक्त आन्दोलन गर्न कांग्रेसको दोधारे चरित्र बाधक : बाबुराम भट्टराई

संयुक्त आन्दोलन गर्न कांग्रेसको दोधारे चरित्र बाधक : बाबुराम भट्टराई

राजनीति
संखुवासभा । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताएका छन् । संखुवासभाको खाँदबारीमा बिहीबार जसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले कांग्रेसको मूल नेतृत्वको अनिच्छाका कारण नै संयुक्त आन्दोलनमा जान नसकिएको बताए । साथै प्रतिनिधिसभा अहिले पनि जीवित रहेको उनको दाबी थियो । उनले ओलीको असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको समेत आरोप लगाए । नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन नसकेको उनको भनाइ छ ।...
प्रचण्ड–नेपाल समूहको आमहड्तालः ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर, १५७ जना पक्राउ

प्रचण्ड–नेपाल समूहको आमहड्तालः ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर, १५७ जना पक्राउ

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आमहड्तालले देशभरको जनजीवन प्रभावित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्ताल उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ । भने एउटा ट्याक्सी जलाइएको छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए । काठमाडौंसँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका १५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं भित्रिने मुख्य नाकामा भने प्रदर...
आमहड्तालविरुद्ध ओली समूहले निकाल्यो राजधानीमा प्रतिकार जुलुस

आमहड्तालविरुद्ध ओली समूहले निकाल्यो राजधानीमा प्रतिकार जुलुस

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकैबीच ओली समूहले जुलुस निकालेको हो । नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस नारायणहिटीस्थित शुक्रबार आयोजित कार्यक्रमस्थलसम्म निकालिएको हो । शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपासका साथै नाराजुलुस गरेका हुन् । उनीहरुले आज होईन भोलिलाई–१० वर्ष ओलीलाई, अघि बढ केपी बा–साथ दिन तयार छौं, केपी ओली आईलभ यू लगायतका नारा लगाएका थिए । सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए ।...
प्रचण्ड–नेपाल समूहकाे आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने

प्रचण्ड–नेपाल समूहकाे आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने

राजनीति
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्यसमेत रहेका समूहका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने जानकारी दिएका हुन् । त्यसक्रममा उनले कलंकीबाट नेताहरु अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, विजय पौडेल, अमृता थापा लगायत पक्राउ परेको जानकारी दिए । त्यसैगरी चावहिलबाट कृष्ण केसी, बागबजारबाट विद्यार्थी नेता रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको बताए। काठमाडाैं पक्राउ परेका नेता कार्यकर्तालाई महाराजगञ्जमा राखिएको छ ।...
जनकपुरमा गाेली चल्याे, पूर्वमन्त्री झा घाइते

जनकपुरमा गाेली चल्याे, पूर्वमन्त्री झा घाइते

राजनीति
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेकाे बन्दमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनकपुरमा भएकाे झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको छ । नेकपाका नेता कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता/कार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले ९ जना बन्दकर्तालाई पक्रा...
रामेछापमा आमहड्तालको नयाँशैली : बन्दकर्ताले गरे बजार सरसफाई

रामेछापमा आमहड्तालको नयाँशैली : बन्दकर्ताले गरे बजार सरसफाई

राजनीति
मन्थली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहले आमहड्ताल सफल बनाउन रामेछापकाे मन्थलीमा नयाँ शैली अपनाएका छन्। प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा आमहड्ताल सफल पार्न आग्रह गर्दै बिहीबार बिहान मन्थली बजारको सडक सफाई गरेका हुन्। प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड-नेपाल समूहले बिहीबार आमहड्तालकाे घाेषणा गरेकाे थियाे । नेकपाका रामेछाप जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवशंकर पौडेल, सह ईञ्चार्ज श्यामकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैन कुरमार मोक्तान, पूर्वसांसद तारानाराण श्रेष्ठसहितका नेता तथा कार्यकर्ताहरुले बजार सरसफाई गरेका हुन्। उनीहरुले झाडु, कुचो लिएर सडक सफाईमा लागेपछि स्थानीयले पनि सहयोग गरेका थिए। बन्दकर्ताहरुले बजार सरसफाई पश्चात सडकको बीचमा बसेर नाचगान र प्रदर्शन गरिरहेका छन्।...