राजनीति

महराको राजनीतिक सक्रियताले मुख्यमन्त्री पोखरेलको ‘रजगज’ मा बाधा पुग्ने

महराको राजनीतिक सक्रियताले मुख्यमन्त्री पोखरेलको ‘रजगज’ मा बाधा पुग्ने

राजनीति
काठमाडौं । सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित भएका छन्। आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाईं भएकाले उनीमाथि ‘नातावाद’लाई प्रश्रय दिएको आरोप लागेको हो। बहिनी मेनका पोखरेललाई लुम्बिनी प्रदेश विकास परिषद् आयोगको सदस्यमा छिन् भने केपी शर्मा ओली समूहको नेकपाको केन्द्रीय सदस्य पनि बनाइएकी छिन्। दाजु देवी पोखरेल नेकपाको घोराही उपमहानगरको इन्चार्ज तोकिएका छन्। मुख्यमन्त्री पोखरेलकी श्रीमती सुजिता शाक्य विघटित प्रतिनिधिसभा सदस्य थिइन्। ‘आफूलाई कम्युनिस्टको ठूलो नेता भन्न रुचाउने पोखरेलले राजनीतिक लाभ आफू र आफ्नालाई मात्रै दिलाएर कस्तो कम्युनिस्ट राजनीति गर्नुभएको हो ?’ नेकपा दाहाल–नेपाल समूह नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरी प्रश्न गर्छिन्। पोखरेलको यो रजगजको प्रमुख कारण उनको पद मुख्यमन्त्री नै हो।...
आज प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

आज प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

राजनीति
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको यो तेस्रो चरणको दोस्रो कार्यक्रम हो । आजको कार्यक्रम सुभेच्छुक संस्थाहरुले ७७ जिल्लाको सदरमुकाममा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले आन्दोलनका कार्यक्रममा व्यापकता सहभागिताका लागि सबैमा अपिल गरेका छन् । कांग्रेसले प्रतिनिधि सभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने बताएको छ । ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणामम...
‘फर्म’ मा आएनन् बादल, ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको ?

‘फर्म’ मा आएनन् बादल, ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको ?

Featured, राजनीति
काठमाडौँ । अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापा बादललाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या प्रचण्डमध्ये कसको कित्ता लिने हो भन्ने स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । उन त उनी प्रचण्डसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न सक्थे । तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे । थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन । उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराइ ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे । थापाको यही अलमल देखेर एकपटक प्रचण्डले भनेका थिए–उहाँ त्यता उभिनु भएको छ, भाषण हाम्रो गर्नुहुन्छ ।’ त्यससता कयौँ मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको, छुट्याउनै मुस्किल हुने गरेको कान्तिपुर दैनिकमा खबर छ । समाचारमा भनिएको छ–शुक्रबारको जनसभामा ओलीपछिको दोस...
शान्तिपूर्ण आन्दोलन गर्नका लागि सबै दललाई कांग्रेसको अपिल

शान्तिपूर्ण आन्दोलन गर्नका लागि सबै दललाई कांग्रेसको अपिल

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, 'जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं ।' संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउँदा जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न शर्माको आग्रह छ । संसद विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई काँग्रेसको उक्त अपिल छ ।...
दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

राजनीति
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन् । समता फाउण्डेशनले आज जनकपुरधाममा गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको बताए। मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५/१० वर्षपछि समाजले अनूभूति गर्ने बताए । संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै आएको बताएका थिए ।...
संवैधानिक नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे सभामुख सापकोटा

संवैधानिक नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे सभामुख सापकोटा

Featured, राजनीति
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । केही बेरअघि सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पनि पेस गरेका छन् । सभामुख सापकोटाले पेस गरेको रिट निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले रिटमा माग गरेका छन् । नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका स‌ंवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।...
चितवनमा १८ मतदान केन्द्र थप गर्न सिफारिस

चितवनमा १८ मतदान केन्द्र थप गर्न सिफारिस

राजनीति
चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो । कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो । जिल्लामा मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको उहाँले बताउनुभयो । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता रहेका थिए भने गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका तीन लाख ६८ हजार ७४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको उहाँले बताउनुभयो । अद्यावधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबारसम्म अद्यावधिक गरेर नामावली क...
ओलीको तमासा हेरेर बस्दैनौँ : माधव नेपाल

ओलीको तमासा हेरेर बस्दैनौँ : माधव नेपाल

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सरकारका गलत कदमविरुद्ध सडक संघर्ष जारी राख्ने बताएका छन् । प्रचण्ड–नेपाल समूहले शुक्रबार सानेपामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताए । प्रधानमन्त्री ओलीको गलत कदमविरुद्ध चुप लागेर नबस्ने बताए । ‘‘केपी ओलीले जे–जे गर्छन्, तमासा हेरेर बस्नेवाला छैनौँ,’’ उनले भने, ‘हामी उनको असंवैधानिक कदमका विरुद्धमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर सडक आन्दोलनमा छौँ ।’’ उनले आफूहरुले यही माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी दिए ।...
नेकपा विवादबारे स्वेतपत्र जारी गर्ने प्रचण्ड-नेपाल समूहकाे घाेषणा

नेकपा विवादबारे स्वेतपत्र जारी गर्ने प्रचण्ड-नेपाल समूहकाे घाेषणा

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहका अध्यक्ष 'प्रचण्ड'ले पार्टीको विवादबारे स्वेतपत्र जारी गर्न लागेको बताएका छन्। शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताए। 'यो पार्टीभित्रको मात्रै विवाद होइन। यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं,' प्रचण्डले भने, 'अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्? उनीहरू कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्‍यालीजस्तै भएको बताए। '२०४६ सालको आसपासमा लाखौं सडकमा आएर समेत पञ्च र्‍याली भएका थिए। त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर...
मैले एमसीसीको समर्थन गरेको छैन, दशथरी नारा नलगाऔँ मात्रै भनेको हुँ: प्रचण्ड

मैले एमसीसीको समर्थन गरेको छैन, दशथरी नारा नलगाऔँ मात्रै भनेको हुँ: प्रचण्ड

राजनीति
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमसीसीको समर्थनमा पुगकाे भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्। उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको बताए। शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’ बिहीबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी भएपछि प्रचण्डले रोकेका थिए। उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए। ‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भने। उनले भने, ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौँ भनेको हो । एमसीसीबारे पार्टीले औपचारिक निर्णय ...