राजनीति

आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुग्याे प्रचण्ड–नेपाल समूह

आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुग्याे प्रचण्ड–नेपाल समूह

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । नेपाल प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।...
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेपछि संवैधानिक परिषदको बैठक बस्न लागेकाे हाे । प्रधानमन्त्री ओलीले मंगलबार साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका र बैठकमा विविध विषयमा छलफल हुने बालुवाटार स्रोतले बतायो । सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो । संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा...
निर्वाचन आयोगले कानुन सचिव र पूर्वसचिवलाई छलफलका लागि बाेलायाे

निर्वाचन आयोगले कानुन सचिव र पूर्वसचिवलाई छलफलका लागि बाेलायाे

राजनीति
काठमाडाैं । निर्वाचन आयोगले चुनावका विषयमा छलफल गर्न कानुन सचिव र पूर्वसचिवलाई बोलाएको छ । निर्वाचनको विधि, प्रक्रिया र चुनौतिका विषयमा आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषिराज भण्डारी र पूर्व कानुन सचिवहरूसँग छलफल गर्न मंगलबार दिउँसो आयोग कार्यालय बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार आगामी चुनावी प्रक्रियाका विषयमा विज्ञहरूको राय सुझाव लिने क्रममा कानुन मन्त्रालयका सचिव र पूर्वसचिवसँग पनि छलफल गर्न लागिएको हो । यसअघि सोमबार आयोगले आयोगका पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको थियो । सरकारले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेको छ ।...
‘प्रदेश र स्थानीय तह सरकारकै अङ्ग’

‘प्रदेश र स्थानीय तह सरकारकै अङ्ग’

राजनीति
काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अङ्ग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सरकारका नवनियुक्त उपसचिवका लागि आयोजना गरेको एकहप्ते अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उहाँले सङ्घीय नीति, ऐन, कानूनअन्तर्गत नै प्रदेश र स्थानीय तहका नीति, ऐन, कानून निर्माण हुने भएकाले सोहीअनुसार काम गर्नुपर्नेमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो । समृद्ध नेपाल निर्माणका लागि काम गर्न निर्देशन दिँदै कानूनी पालनामा ध्यान दिन आग्रह गर्नुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले निजामती प्रसाशन सञ्चालनका लागि कर्मचारीहरुमा ज्ञानको अभाव नरहे पनि त्यसको प्रयोगका सन्दर्भमा देखिएका खाडललाई चिरेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नु...
प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले दर्ता गरेको रिटमा आज सुनुवाइ हुने भएको हो । अधिवक्ता हायूले प्रचण्डले पटक-पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ । सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराध...
प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जाँदै

प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जाँदै

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।...
प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा. कोइराला

प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : डा. कोइराला

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले  कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे । कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै  अन्तिम विकल्प भएको जिकिर गरे । सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए ।...
पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री ढकाल

पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउन अपुग भएकाले ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री ढकाल

राजनीति
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग ५० करोड रकम अपुग भएकाले ३० करोड रुपैयाँ सरकारले दिन लागेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसार नै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए । मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट गरे । उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने बताए ।...
पार्टी एकता राष्ट्रिय अभियान बर्दियामा घोषणा: ‘कम्युनिष्ट पार्टीहरु मिलेर जानु बाहेक विकल्प छैन’

पार्टी एकता राष्ट्रिय अभियान बर्दियामा घोषणा: ‘कम्युनिष्ट पार्टीहरु मिलेर जानु बाहेक विकल्प छैन’

राजनीति
मुरली गोडिया/बर्दिया नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रमका सहभागीहरुले पार्टी एकतामा लाग्नु पर्ने बताएका छन । आइतबार बर्दियाको गुलरियामा अयोजना गरिएको पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिले कम्युनिष्ट पार्टीहरु एक जुटको विकल्प नभएको बताएका हुन । प्रधानमन्त्रि केपी ओली र माधव दहाल छुट्टा छ्ट्टै आफना् कार्यक्रम संचालन गरि रहेको अवस्थामा नेकपाका नेता बामदेव गौतामले संचालन गरेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान संचालन गरेका छन । सोही कार्यक्रमको घोषणा कार्यक्रम बर्दियामा पनि गरिएको छ । कार्यक्रममा बोल्दै (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान बर्दियाका जिल्ला इन्चार्ज पुर्ण शर्माले कमरेडहरुको चरित्र केटाकेटीको खेल जस्तै भएको बताएका छन । प्रधानमन्त्रिको एउटा गुट र माधव दहालको गुटले एक अर...
सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्री पौडेलको निर्देशन

सुकुम्बासी जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्री पौडेलको निर्देशन

राजनीति
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेकाले तत्काल पूर्णता दिन आग्रह गरे । उनले वास्तविक भूमिहीनको लगत सङ्कलन सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ । “स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौंँ” अर्थमन्त्री पौडेलले भने, “काम र परिणाम पनि त्यहीअनुसार आउने गरी काम गर्नुहोस् ।” सो अवसरमा आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरिएको जानकारी दिँदै आफूहरुले १८ घण्टा खटेर काम गर्ने बताए । उनले आयोगका पदाधिकारीले अहिलेसम्म...