प्रजातन्त्रवादी नेतृ सुकीलगायतका नेतालाई रिहा गर्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको विरोध गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको उक्त कदमले म्यानमारका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ ।

हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरुसहित लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.