राजनीति

प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै: को-को बन्दैछन् मन्त्री?

प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै: को-को बन्दैछन् मन्त्री?

राजनीति
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले जानकारी दिए । स्रोतका अनुसार माओवादीबाट मन्त्री बन्न लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् । प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै स...
कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने बताउनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको केन्द्रीय निर्वाचन समिति, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललाई निर्वाचन निर्देशिकामा रहेका अप्ठ्यारा सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको छ । क्रियाशील सदस्यतामा केही विवाद देखिए प...
राष्ट्रपतिले संवैधानिक व्यवस्था विपरित काम गरेको महान्यायाधिवक्ताको आरोप

राष्ट्रपतिले संवैधानिक व्यवस्था विपरित काम गरेको महान्यायाधिवक्ताको आरोप

Featured, राजनीति
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाकोे विपरित काम गरेको आरोप लगाएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताए । शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने उनको भनाइ थियो । सरकारकोे कानूनी सल्लाहकारको रूपमा राष्ट्रपति समक्ष प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने चलन रहेकामा राष्ट्रपतिले त्यसो नगरेको खातीको आरोप छ । महान्याधिवक्ता खातीले चुनौति पार गर्दै सेवाग्राहीका समस्या समाधान गरिने बताए ।...
प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,’ स्रोतले भन्यो । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।...
कर्णालीले अध्यादेशमार्फत बजेट ल्यायो

कर्णालीले अध्यादेशमार्फत बजेट ल्यायो

Featured, राजनीति
सुर्खेत । कर्णाली प्रदेशले प्रदेश सभाबाट पारित हुन नसकेपछि अध्यादेशमार्फत बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीवार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधान धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएका दुई अध्यादेश प्रदेश प्रमुखद्वारा जारी गरिएको उल्लेख छ । गत असार १ गते सरकारले बजेट प्रस्तुत गरेयता प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण प्रदेश सभा बैठक सञ्चालन हुन सकेको थिएन । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सीता नेपालीले प्रतिप...
ललिता निवास प्रकरण : अदालतमा हाजिर भएका गच्छदारसँग १० लाख धरौटी माग

ललिता निवास प्रकरण : अदालतमा हाजिर भएका गच्छदारसँग १० लाख धरौटी माग

राजनीति
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग विशेष अदालतले धराैटी माग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट विशेष अदालतमा हाजिर भएका गच्छदारसँग विशेष अदालतले १० लाख रूपैयाँ धराैटी माग गरेको हो। यसअघि ‘फरार रहेको भनिएका’ उपसभापति गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए। अदालतमा भएको उनको बयान र थुनछेक बहसपछि धराैटी माग्ने निर्णय भएको अदालतले जनाएको छ । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। तर, यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।...
प्रधानमन्त्री देउवालाई भारतीय राजदूतद्वारा बधाई

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतद्वारा बधाई

राजनीति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उनलाई धन्यवाद दिए । कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका थिए।...
ओलीले घोषणा गरेको निर्वाचन रद्द, बालकोट नपुग्दै आयोगले जारी गर्‍यो अर्को विज्ञप्ति

ओलीले घोषणा गरेको निर्वाचन रद्द, बालकोट नपुग्दै आयोगले जारी गर्‍यो अर्को विज्ञप्ति

राजनीति
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । गत सोमबारको सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचनको कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा बिघटन गर्दै सो मितिमा चुनावको घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो । ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न पर...
ओलीले भने-माधव नेपाल गद्दार हुन्

ओलीले भने-माधव नेपाल गद्दार हुन्

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । त्यसको अगुवाइ गरेको भन्दै उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे। ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले अघि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’ निवर्तमान प्रधानमन्त्र...
गृहमन्त्रीले गरे पदभार ग्रहण, प्रहरी बढुवा प्रक्रिया छिटो बढाउने अपेक्षा

गृहमन्त्रीले गरे पदभार ग्रहण, प्रहरी बढुवा प्रक्रिया छिटो बढाउने अपेक्षा

राजनीति
काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् । बुधबार गृह मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । गृहमन्त्री भएलगत्तै प्रहरीको प्रशासनिक कामको दबाबमा रहेका मन्त्री खाँणले प्रहरीका बढुवा प्रकृया छिटो बढाउने अपेक्षा गरिएको बताइएको छ। प्रहरीका बढुवा असारभित्र नभए कात्तिकमा मात्र हुने प्रावधान छ । यसबारे मन्त्री खाँणलाई गृहसचिव महेश्वर न्यौपानेले ब्रिफिङ गरिसकेको स्रोतको दाबी छ । हाल नेपाल प्रहरीमा डिआइजीका दुई पद र एसएसपीमा पनि तीन भन्दा बढी पद रिक्त रहेका छन्। सशस्त्र प्रहरीमा एसएसपी बढुवाको प्रक्रिया सुरु भइसकेको छ ।...