राष्ट्रपतिले संवैधानिक व्यवस्था विपरित काम गरेको महान्यायाधिवक्ताको आरोप

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाकोे विपरित काम गरेको आरोप लगाएका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताए । शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने उनको भनाइ थियो ।

सरकारकोे कानूनी सल्लाहकारको रूपमा राष्ट्रपति समक्ष प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने चलन रहेकामा राष्ट्रपतिले त्यसो नगरेको खातीको आरोप छ । महान्याधिवक्ता खातीले चुनौति पार गर्दै सेवाग्राहीका समस्या समाधान गरिने बताए ।