राजनीति

कांग्रेसमा मन्त्री बन्न दौडधुप : को-को छन् लाइनमा ?

कांग्रेसमा मन्त्री बन्न दौडधुप : को-को छन् लाइनमा ?

पत्रपत्रिका, राजनीति
काठमाडौं । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति देउवालाई मिल्यो। देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न सक्रिय भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्। सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन्। कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्काला...
ओलीका ८ सांसद देउवातिर, माधवका ८ तटस्थ

ओलीका ८ सांसद देउवातिर, माधवका ८ तटस्थ

राजनीति
काठमाडौं । नेकपा एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि सभामा मतदान दिँदा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन्। त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन् । सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे । सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपनि मत दिएनन् । उता, केपी ओली पक्षका आठ सांसदले देउवाको पक्षमा मत दिएका छन् । देउवाको पक्षमा म...
के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?

के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छेदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा बैठकमा सहभागी हुन नमिल्ने वरिष्ठ अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए । २०७६ माघ २२ गते गच्छदार विरुद्ध विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता भएको थियो । गत असार ३० गते विषेश अदालतमा उपस्थित भएका उनलाई १० लाख धरौटीमा छाडिएको थियो । संविधानको धारा १ सय ३ को उपधारा ६ अनुसार कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न यस उप धाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ भन्ने व्यवस्था गरिएको छ ।...
चिनियाँ राजदूत फेरि राजनीतिक दौडधुपमा सक्रिय

चिनियाँ राजदूत फेरि राजनीतिक दौडधुपमा सक्रिय

राजनीति
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि राजनीतिक दौडधुपमा सक्रिय भएकी छिन्। उनले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गर्दै राजनीतिक दौडधुपमा लागेकी हुन्। उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग गरेकी थिइन्। स्रोतका अनुसार चिनियाँ राजदूतको यस्तो राजनीतिक दौडधुपले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने भन्ने आशंका उब्जिएको छ। स्रोतले भन्यो,‘ चीनले कोरोनाविरुद्धको खोपको सहायताको नाममा फेरि नेपालको राजनीतिमा हस्तक्षेप गर्ने योजना बनाएको छ।' प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने जानकारी गराइन् भने देउवाले आफू चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको...
ओली सरकारले गरेको ११ राजदूत नियुक्ति रद्द

ओली सरकारले गरेको ११ राजदूत नियुक्ति रद्द

Featured, राजनीति
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले केपी शर्मा ओली सरकारद्धारा सिफारिस गरिएका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो। शेरबहादुर देउवा सरकारले गरेको यो पहिलो महत्वपूर्ण निर्णय हो। नेकपा एमालेको एक खेमा र परराष्ट्र मन्त्रालयमा असन्तुष्टी चर्किने गरी ओली सरकारको मन्त्रिपरिषदले गत जेठमा ११ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो। ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार...
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बालुवाटार स्राेतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक...
आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

राजनीति
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ । संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो । आदेश अनुसार संसदको बैठक बस्न लागेको हो । संसदको यही अधिवेशनमा नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने छन् । विश्वासको मत नपाएको अवस्थामा संसद विघटन भइ देश चुनावमा जाने छ । संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचिअन...
ओली र नेपाल पक्षका नेताहरुको बैठक बस्दै

ओली र नेपाल पक्षका नेताहरुको बैठक बस्दै

राजनीति
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ । शनिबार बस्ने बैठकमा पार्टी एकताको विषयमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने भएको छ । वरिष्ठ नेता नेपाल पक्षधर एक नेतलो भने, ‘हामी कार्यदलका साथीहरू अनौपचारिक रुपमा छलफल गर्दैछौं । एकताका लागि हाम्रो प्रयास जारी रहन्छ ।’ दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन । एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो । स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए । ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका...
कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितका सदस्य घिमरेमाथि आक्रमण

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितका सदस्य घिमरेमाथि आक्रमण

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमरेमाथि आक्रमण भएको छ । नेपाली कांग्रेसका अनुसार पार्टी केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि सदस्यता छानबिन स्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको हो । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता रहेको बताइएको छ । सांगठनिक काममै खटिएकोबेला कार्यस्थमै आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यसरकी आक्रमणमा उत्रिने व्यक्ति कांग्रेसको अनुशासित कार्यकर्ता हुन नसक्ने बताएका छन् । बिज्ञप्तिमा यो घटनालाई पार्टी पदाधिकारीको शुक्रबार बसेको बैठकले गम्भीर रुपमा लिएको उल्लेख गरिएको छ । ‘क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक...
प्रदेश २ : संचार मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा दिँदै

प्रदेश २ : संचार मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा दिँदै

राजनीति
प्रदेश नम्बर २ सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिँदैछन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिने आन्तरिक तयारीमा लागेका छन् । नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउनका लागि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनअनुसार उनीहरुले राजीनामा दिन लागेका हुन् । ती दुवै मन्त्रीले आज केहि बेरमै मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाउने छन् । राजीनामा दिएपछि आजै दिउसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि मार्गप्रशस्त गर्न लागेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । मुख्यमन्त्री राउतले आज माओवादी केन्द्रलाई एक मन्त्रालय र एक राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन...