राजनीति

ओली सरकारले गरेका ११ राजदूत नियुक्त खारेज

ओली सरकारले गरेका ११ राजदूत नियुक्त खारेज

राजनीति
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए। ‘११ जना राजदूतहरू नियुक्त भएका थिए, त्यो निर्णय खारेज गर्ने निर्णय भएको छ,’ उनले भने। संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको जनाएको छ । ओली सरकारले जेठ १ मा ११ देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। अघिल्लो सरकारले गत जेठ १ गते रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियाका लागि राजदूत नियुक्त गरेको थियो।...
मन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

मन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

राजनीति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहिआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले नेपालको विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरिन् । मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरु भएको भन्दै आगामी दिनमा ऊर्जा र सिंचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गरिन् । उनले भारतसँग सामाजिक र सांस्कृ...
मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक

मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक

राजनीति
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहेको बताएका छन् । सोमबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शभकामना दिएको र कोरोनाविरुद्धको लडाइँमा हातेमालो गर्दै सँगै काग गर्न इच्छुक रहेको बताएका हुन् । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् । उनले टेलिफोन वार्तामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् । उनले लेखेका छन्, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएँ । हामी कोभिड–१९ विरुद्धको लडाइँसहित भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहन्छौँ ।’...
एमाले विवाद : केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने

एमाले विवाद : केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बिहान ११ बजे बस्दै छ । एमालेमा आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । पार्टींका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने भएका छन् । नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ । नेपालनिकट केन्द्रीय सदस्य मेटमणि चौधरीले एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि आफुहरु सहभागी नहुने बताए । आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको विवाद कार्यदलमा सदस्य रहेका नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टको भनाई छ । बिष्टले भने, ‘हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गर...
बुहारी विनालाई प्रदेश अध्यक्ष बनाउदै प्रचण्ड !

बुहारी विनालाई प्रदेश अध्यक्ष बनाउदै प्रचण्ड !

राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुहारी विना मगरलाई पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने तयारी थालेको खबर छ । बुहारी विनालाई पार्टीको प्रदेश अध्यक्ष बनाउन प्रचण्डले सुदूरपश्चिमका माओवादी नेताहरुसंग छलफल थालेको एक नेताले बताए । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसललाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएपछि सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र नेतृत्वविहीन अवस्थामा छ । लेखराज भट्ट नेकपा एमालेमा गएपछि विनालाई अध्यक्ष बनाउन प्रचण्डलाई सजिलो भएको हो । उसो त प्रदेश अध्यक्षमा बैतडीका नरेन्द्र कुँवर (विजय सुन्दर) को पनि दावी रहेको छ । उनी पनि प्रदेश अध्यक्षको दावी गर्दै प्रचण्ड निवास खुमलटार धाइरहेको खबर छ । हालको अवस्थामा उनी सिनियर र सक्रिय नेता हुन । तर प्रचण्डले विनालाई नै अध्यक्ष बनाउने सोच बनाएको खुमलटार श्रोतको भनाई छ । विनालाई प्रदेश अध्यक्ष बनाउने प्रचण्ड...
भारतीय प्रधानमन्त्री मोदीद्वारा देउवालाई बधाई

भारतीय प्रधानमन्त्री मोदीद्वारा देउवालाई बधाई

राजनीति
कठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। भारतीय मोदीले प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत पाए लगत्तै बधाई दिएका हुन्। साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्धमा थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताए । यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए । Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties. — Narendra...
नयाँ सरकारको परराष्ट्र नीतिको खाका प्रधानमन्त्रीले गरे सार्वजनिक

नयाँ सरकारको परराष्ट्र नीतिको खाका प्रधानमन्त्रीले गरे सार्वजनिक

राजनीति
काठमाडौंं । प्रधानमन्त्री शेरहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध पहिलो प्राथमिकता भएको बताएका छन् । दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको देउवाले बताए । ‘नेपालको राष्ट्रिय हितका आधारमा विदेश सम्बन्ध स्थापित हुन्छ । हाम्रो छिमेक पहिलो प्राथमिकता हो ।’ देउवाले भने । प्रधानमन्त्री देउवाका अनुसार छिमेकपछि नेपालको प्राथमिकतामा रहेका मुलुकहरु अमेरिका, युरोपेली युनियन, जापान र अन्य विकास साझेदार हुन् । ‘नेपालको राष्ट्रिय हित लागि छिमेकसहित सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नुमा छ । कुनै स्थायी शत्रु र मित्र छैनन्, खाली स्थायी राष्ट्रिय हित मात्र रहेको छ।’ उनले भने । प्रधानम...
गगन थापाले भने- बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्

गगन थापाले भने- बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए। प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो। ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ। जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ।’ कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन्। ...
नेपाली जनताको जित भयो : माधव नेपाल

नेपाली जनताको जित भयो : माधव नेपाल

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् । नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ । संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुस्ट्याएको छ’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भइ निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’ साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताए । त्यस्तै जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिनेलाई कारबाहीको तयारी

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिनेलाई कारबाहीको तयारी

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका २२ सांसदलाई कारबाहीको तयारी छ । आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमाले स्थायी कमिटिको यसअघिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो ।...