राजनीति

अर्को चुनावपछि संख्या घटेर प्रचण्डलाई मन्त्री छान्ने तनाव नरहने मुमारामको दाबी

अर्को चुनावपछि संख्या घटेर प्रचण्डलाई मन्त्री छान्ने तनाव नरहने मुमारामको दाबी

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको वताएपछि राजनीतिक विश्लेषक मुमाराम खनालले कडा प्रहार गरेका छन्। खनालले तनाव व्यवस्थापनको तरिका पनि सिकाएका छन् । खनालले ट्विटरमा लेखेका छन् , ‘प्रचण्डजी तनावमा हुनुहुन्छ रे । आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन रे । १७ महिना जसोतसो व्यवस्थापन गर्नुस कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन कुरो मिल्छ ।’ प्रचण्डले शनिवार आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि आफूलाई ठूलो तनाव भएको सार्वजनिक कार्यक्रममै बताएका थिए । प्रचण्डको यो भनाईलाई फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहेकी पूर्वमन्त्री एवं बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोंक फेरेको भन्दै ठट्...
सिरहामा पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै लाग्यो मुर्दावादको नारा

सिरहामा पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै लाग्यो मुर्दावादको नारा

राजनीति
सिरहा । राष्ट्रिय एकता अभियानले सिरहामा शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । राष्ट्रिय एकता अभियान जिल्ला कार्यसमिति सिरहाले गोलबजार नगरपालिमा अभियानका अभियन्ता काशिन्दर यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो। प्रदर्शनमा अभियानका केन्द्रीय संयोजक विनय यादव र उपाध्यक्ष सुनिता साहको पनि उपस्थिती रहेको थियो। प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए। अभियानका सिरहा जिल्ला संयोजक काशिन्दर यादवले पछिल...
नेता कार्यकर्ता जेलमा, उपेन्द्र यादव सत्ताको खेलमा

नेता कार्यकर्ता जेलमा, उपेन्द्र यादव सत्ताको खेलमा

Featured, राजनीति
काठमाडौं । मधेश आन्दोलनको झन्डै साढे १४ वर्ष बिति सकेको छ । तर अहिलेसम्म पनि सरकारले मधेशको मुद्दा सम्बोधन गरेको छैन। पछिल्लो केही वर्ष यता मधेशवादी दलका नेता उपेन्द्र यादव लगायतका नेता मधेशको मुद्दालाई बिर्सेर सरकारमा सहभागी हुँदै आइरहेका छन् । र अहिले पनि मधेशवादी दल जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष उपेन्द्र यादव शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लालायित भइरहेका छन्। उनी पटक पटक मधेशका मुद्दासँग सौदाबाजी गरिरहेका छन्। उनी मधेशी जनताको भावनासँग सत्ताको रोटी सेकी रहेका छन्। सोही क्रममा देउवा नेतृत्वको सरकारमा सहभागी हुन उनी फेरी मधेशी जनतालाई धोका दिन खोजी रहेका छन्। उपेन्द्र यादव एकातर्फ सत्ता र मन्त्रालयको खेलमा व्यस्त छन भने अर्को तर्फ मधेश आन्दोलनताका मुद्दामा उनका नेता तथा कार्यकर्ता जेलमा जान थालेका छन्। तर यस तर्फ उनको ध्यान गएको छैन। मधेशका विभिन्न मागहरु प...
जसपा पार्टी कार्यालय आगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन

जसपा पार्टी कार्यालय आगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन

राजनीति
काठमाडौं । राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । काठमाडौंको बालकुमारीमा रहेको जसपा पार्टी कार्यालय आगाडि अभियानका संयोजक विनय यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो। प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए। अभियानका संयोजक यादवले पछिल्लो समय पूर्व प्...
अमरेश सिंहलाई कारवाही नगरे मन्त्रीसहित एक दर्जन नेताद्वारा सामूहिक राजिनामाकाे चेतावनी

अमरेश सिंहलाई कारवाही नगरे मन्त्रीसहित एक दर्जन नेताद्वारा सामूहिक राजिनामाकाे चेतावनी

Featured, राजनीति
जनकपुर । प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारवाहीको माग गरेका छन् । मन्त्री सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अमरेश सिंहलाई कारवाही नगरेमा आफूहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सामूहिकरुपमा राजीनामा दिनेमा मन्त्री सिंह, प्रदेशसभा सदस्यसहित एक दर्जन काँग्रेसका नेताहरु छन् । मन्त्री वीरेन्द्र सिंहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित अमरेश सिंहलाई कारवाही गरेर तानाशाही र आतंकित पार्ने प्रवृत्तिबाट पार्टीलाई बचाउनका लागि माग समेत गरे । पार्टीभित्रै षड्यन्त्र गर्ने र विपक्षीसँग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले सर्लाहीमा पार्टी कमजोर भएको मन्त्री सिंहले अमरेशमाथि आरोप लगाए । बिहीबार प्रधानमन्त्री द...
श्रोत र सम्पर्क बिनाको समाचार सम्प्रेषण गरेकोप्रति महेश बस्नेतको आपत्ति

श्रोत र सम्पर्क बिनाको समाचार सम्प्रेषण गरेकोप्रति महेश बस्नेतको आपत्ति

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सांसद कृष्ण कुमार श्रेष्ठ 'किसान'ले मेरो योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए र पूर्वमन्त्री प्रभु शाहले आईटी आर्मी गठन गरेको विषयमा उनको नाम जोडेर केही अनलाइन सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेकोमा आपत्ति जनाएका छन्। उनले सामाजिक संजालमार्फत उक्त खबरहरू श्रोत र सम्पर्क बिनाको अनलाइनहरुका खबर रहेको भन्दै आपत्ति समेत जनाएका छ्न। पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार शीर्षकमा लेखिएको समाचारप्रति उनले आपत्ति जनाएका छन्। महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली मचेको भनी समाचारमा उल्लेख छ। बस्नेत सो समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा उनको सम्बन्ध साहसङग राम्रो रहेको र उहाँहरू मिलेर काम गर्ने स्पष्ट पारेका छन्...
बिपीले देखाएको बाटो कांग्रेसले आत्मसात गर्नुपर्छ : नेता प्रकाशमान सिंह

बिपीले देखाएको बाटो कांग्रेसले आत्मसात गर्नुपर्छ : नेता प्रकाशमान सिंह

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिपीले देखाएको प्रजातन्त्रको बाटो नेपाली कांग्रेसले आत्मसात गर्नुपर्ने बताएका छन् । बुधवार बिपी स्मृति दिवसको अवसरमा शुभकामना शन्देश दिदैँ नेता सिंहले बिपीले देश र जनतालाई सर्वोपरी ठानी संविधानवाद र प्रजातन्त्रको बाटोमा हिड्न सिकाएको भन्दै कांग्रेसले सो बाटो आत्मसात गर्नुपर्ने बताएका हुन् । ‘बिपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ ।’ उनले भने, ‘त्यसो गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुनेछ ।’ नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि बिपीले गरेको योगदान सधैं स्मरणीय रहेको उनको भनाई छ ।...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

राजनीति
वीरगञ्ज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।...
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

राजनीति
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा आज अपरान्ह ३ बजे बैठक बस्दैछ। मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशन दिएको छ। मंगलबार सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए। पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा पर्ने प्रभावबारे समेत बैठकमा छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षको भने सहभागिता थिएन ।...
प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन, झुठा मुद्दा फिर्ता र रेशम चौधरीलाई रिहा गर

प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग : संविधान संशोधन, झुठा मुद्दा फिर्ता र रेशम चौधरीलाई रिहा गर

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग लगायत विभिन्न मुद्दाको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साउन २ देखि ५ गतेसम्म बबरमहलमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारको यस्तो ध्यानाकर्षण गराएको हो। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, 'मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’ यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्...