राजनीति

प्रचण्ड ‘तनावमुक्त’ होलान् त ?

प्रचण्ड ‘तनावमुक्त’ होलान् त ?

Featured, राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र यतिबेला मन्त्री छान्न नसकेर सकसमा परेको छ। हुन त मन्त्री छान्ने सकस सबै पार्टीमा उस्तै नै छ। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन नसक्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला संकटमा परेका छन्। केही समय अघि पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल आफंैले सार्वजनिक कार्यक्रममै माओवादीका ४८ जनै सांसदले मन्त्री बन्न खोजेको भन्दै आफू तनावमा परेको बताएका थिए। दाहालले साउन ९ गते सरकार बिस्तारलाई लिएर आफू चिन्तामा रहेको बताएका थिए। पार्टी प्रवक्ता नेता नारायणकाजी श्रेष्ठ पनि मन्त्रीको दौडमा कुदेपछि प्रचण्ड अप्ठ्यारोमा परेको बताइएको छ। सरकारमा सहभागी मन्त्रीहरुको टुंगो लगाउने मुख्य एजेण्डासहित माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी कार...
लुम्बिनीमा बढ्यो चलखेल : सांसद विमला माओवादीको सम्पर्कमा आइनन्, एमालेमा प्रवेश गरेको आशंका

लुम्बिनीमा बढ्यो चलखेल : सांसद विमला माओवादीको सम्पर्कमा आइनन्, एमालेमा प्रवेश गरेको आशंका

Featured, राजनीति
बुटवल । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको बताइएको छ। प्रदेश सांसद वली ३ दिनदेखि सम्पर्कमा नआएको माओवादी केन्द्रले जानकारी दिएको छ। पार्टीको शनिबार बस्ने भनिएको संसदीय दलको बैठकमा बोलाउन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताएका छन्। माओवादीको सम्पर्कमा नआएपछि उनी एमाले प्रवेश गरेको आशंका गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला उनी शंस्कास्पद तरिकाले सम्पर्कविहीन हुनुले वलीले एमाले रोजेको हुन सक्ने बताइएको छ। माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए। जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि...
माओवादीले कारबाही गरेका लुम्बिनीका २ पूर्वसांसद सर्वोच्चमा

माओवादीले कारबाही गरेका लुम्बिनीका २ पूर्वसांसद सर्वोच्चमा

Featured, राजनीति
बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनी प्रदेशका २ जना पूर्वसांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादीबाट उम्मेदवार भई सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारबाही गरेको थियो। आफूहरूलाई संविधान र माओवादीको संसदीय दलको विधानविपरीत हटाइएको दाबीसहित उनीहरू साउन ७ मा सर्वोच्च अदालत पुगेका थिए। आफूहरू गत चुनावमा माओवादी र एमालेको संयुक्त घोषणा पत्रका आधारमा निर्वाचन लडेको जिकीरसमेत उनीहरूले गरेका छन्। ‘जनताले चुनेका जनप्रतिनिधिलाई कानुनविपरीत हटाइयो। हटाउने पार्टीले पार्टी त्याग गरेको प्रमाणसमेत नपुर्‍याई हटाएका हुन्,’ न्यौपानेले भने, ‘जनताले चुनेका जनप्रतिनिधिलाई हटाउन मिल्दैन।’ गत फागुन २३ मा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादीलाई फेरि अस्तित्वमा ल्य...
सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै

Featured, राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान ८ :३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण पाउन सकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कु...
बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै

राजनीति
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारी गरेका छन्। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान ९ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने बताए। मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्। जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ। गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए। एमालेका २२ जना सांस...
जनकपुरमा लालबाबु राउत र इमरान खानको पुतला दहन

जनकपुरमा लालबाबु राउत र इमरान खानको पुतला दहन

राजनीति
काठमाडौँ । राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरिएको हो। अभियानले जनकपुरको रामानन्द चोकबाट र्‍याली निकाली भानु चोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतला दहन गरेको हो। अभियानले प्रदर्शनको क्रममा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध चर्को नाराबाजी लगाएको थियो । अभियानका केन्द्रीय अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु ...
जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोग जाँदै

जसपा विवाद : रेशम चौधरी निर्वाचन आयोग जाँदै

Featured, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए । उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो । हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।...
साइबर सेना लगाएर खगेन्द्र संग्रौलालाई तह लगाउने महेश बस्नेतको धम्की

साइबर सेना लगाएर खगेन्द्र संग्रौलालाई तह लगाउने महेश बस्नेतको धम्की

Featured, राजनीति
काठमाडौं । वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफुलाई तह लगाउने धम्कि दिएको बताएका छन्। लेखक संग्रौलाले सामाजिक संजाल ट्विटरमार्फत बस्नेतले आफुलाई साइबर सेना लगाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्। संग्रौलाले बस्नेतको धम्की एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश अनुसार आएको आशंका समेत व्यक्त गरेका छन्। आफुलाई विगतमा संकटकालको बेलामा मण्डले र निरंकुशता पक्षधर शाही सेनाले परोक्ष धम्की दिने गरेको स्मरण गर्दै आहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्। ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए,’ उनले लेखेका छन्, ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त...
जसपाको आधिकारिकताबारे आज छिनोफानो, उपेन्द्र यादव समर्थक रातभर रिसोर्टमा

जसपाको आधिकारिकताबारे आज छिनोफानो, उपेन्द्र यादव समर्थक रातभर रिसोर्टमा

Featured, राजनीति
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ । यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई आइतबारदेखि नै रिसोर्टमा रा...
महेश बस्नेतद्वारा माधव पक्षलाई भौतिक आक्रमणको चेतावनी

महेश बस्नेतद्वारा माधव पक्षलाई भौतिक आक्रमणको चेतावनी

Featured, राजनीति
काठमाडौँ। पार्टीभित्रको बिबाद मिलाउन दुबै पक्षका नेताहरु वार्तामा सक्रिय रहेको बेला महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई भौतिक आक्रमणको चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा युथ फोर्सको घोषणा क्रार्यक्रममा युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘आममाफी’ दिने घोषणा गर्दै पार्टी एकतामा आउन आह्वान गर्दा पनि नेता नेपालले उल्टै अध्यक्षलाई कटाक्ष गरेको भन्दै सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगोडाले पनि सम्झाउनुपर्ने’ स्थिति आउन सक्ने भन्दै आक्रमणको चेतावनी दिएका हुन्। ‘प्रचण्डको पुच्छर बनेर, शेरबहादुर देउवाको वैशाखी बनेर कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको विरुद्ध यो (युथ फोर्स) लाग्दैन, माधव प्रवृत्तिको विरुद्ध यो लाग्छ,’ नेता बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रिया...