नेता कार्यकर्ता जेलमा, उपेन्द्र यादव सत्ताको खेलमा

काठमाडौं । मधेश आन्दोलनको झन्डै साढे १४ वर्ष बिति सकेको छ । तर अहिलेसम्म पनि सरकारले मधेशको मुद्दा सम्बोधन गरेको छैन। पछिल्लो केही वर्ष यता मधेशवादी दलका नेता उपेन्द्र यादव लगायतका नेता मधेशको मुद्दालाई बिर्सेर सरकारमा सहभागी हुँदै आइरहेका छन् ।

र अहिले पनि मधेशवादी दल जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष उपेन्द्र यादव शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लालायित भइरहेका छन्। उनी पटक पटक मधेशका मुद्दासँग सौदाबाजी गरिरहेका छन्। उनी मधेशी जनताको भावनासँग सत्ताको रोटी सेकी रहेका छन्।

सोही क्रममा देउवा नेतृत्वको सरकारमा सहभागी हुन उनी फेरी मधेशी जनतालाई धोका दिन खोजी रहेका छन्। उपेन्द्र यादव एकातर्फ सत्ता र मन्त्रालयको खेलमा व्यस्त छन भने अर्को तर्फ मधेश आन्दोलनताका मुद्दामा उनका नेता तथा कार्यकर्ता जेलमा जान थालेका छन्। तर यस तर्फ उनको ध्यान गएको छैन।

मधेशका विभिन्न मागहरु पूरा गराउन, नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता गर्न सहमतीका साथ देउवा सरकारलाई पार्टी फोडेरै समर्थन गर्दा समेत सरकार बनेको एक साता नहुँदै केन्द्रदेखि जिल्ला तहका नेता मुछिन थालेका छन्। बिहीबार मात्रै मधेश आन्दोलनको क्रममा सहभागी भएका दुई नेता जेल पुगेका छन्।

बिहिवार मात्रै तेश्रो मधेश आन्दोलनको क्रममा २०७४ सालमा राज्यद्वारा द्वेशपुर्ण रुपमा लगाइएको एक मुद्धामा संबिधानसभा सदस्य तथा जसपाका केन्द्रीय सदस्य बारा निवासी प्रमोद गुप्ता र जसपा बारा जिल्ला प्रवक्ता अरुण कुमार सिंह जेल पुगेका छन्। तर पनि उपेन्द्र यादवको आखा खुलेको छैन। उनी सत्ताकै खेलमा लागि रहेका छन्।

बारा जिल्ला अदालतको आदेशले जसपा नेता गुप्ता र सिंहलाई जेल पठाइएको छ। आन्दोलनको क्रममा गाडीमा आगजनी गरेको अभियोगमा अदालतले उनीहरुलाई जेल पठाएको हो। पुर्व संबिधानसभा सदस्य गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र करिब १०/१० लाख रुपयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला सुनाएको हो।

आन्दोलनको मुद्दा फिर्ता गराउनुको साटो उपेन्द्र यादव पटक-पटक मन्त्री बनिसकेका छ्न भने वर्तमान सरकारमा पनि मुद्दा र अधिकारको कुरा पैतालामा राखी सत्ताको आसनमा बस्न लालायित छ्न।

मन्त्री बन्नैका लागि उनी कहिले बालुवाटार धाइरहेका छन भने कहिले बुढानिल्कण्ठ, कोटेश्वर त कहिले खुमलटार। उपेन्द्र यादव अहिले पनि मधेशी जनतको भावनासँग खेलवाड गरिरहेका छन्।

मधेशको मुद्दा सम्बोधन गराउने बाचा गरेको उपेन्द यादव पटक पटक त्यसलाई बिर्सेर सरकारमा सहभागी हुँदै आएका छन्। मधेशको मुद्दा सम्बोधन गराउछु भन्दै नाटकीय पारामा पछिल्ला अधिकांश सरकारसँग सहमती गरेर उनी मन्त्री पद हात पार्दै आएका छन्।